• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अरुण गुप्तो काठमाडाैं
२०७५ चैत ३० शनिबार १०:५०:००
इतिहास

मरुभूमि र समुद्रकी देवी

२०७५ चैत ३० शनिबार १०:५०:००
अरुण गुप्तो काठमाडाैं

प्रोफेसर अरुण गुप्तोले आफ्नो किताब ‘गडेसेज अफ काठमान्डु भ्यालीः ग्रेस, रेज, नलेज’मा देवी स्थापना परम्परालाई पारिस्थितिक तथा नारीवादी दृष्टिकोणबाट केलाएका छन् । पारिस्थितिक र नारीवादी चेतनाबाट समाजले देवीलाई हेर्ने दृष्टिकोणमा के–कस्ता प्रत्यक्ष–परोक्ष प्रभाव पर्छ भन्ने विषयमा पुस्तककेन्द्रित छ । यहाँ अरुण गुप्तोले देवी परम्परालाई विश्वका अन्य स्थानमा कसरी हेरिन्छ भन्ने विषयमा पाठकसँग संवाद गरेका छन् :

थुप्रै अनुयायी भएका दुई भिन्न समय र स्थानका देवीबारे कुरा गरौ“ । इस्तार मध्यपूर्वी क्षेत्रमा परापूर्वकालमा अत्यधिक पुजिने देवी हुन् भने माजु अहिलेको समयमा चिनियाँ क्षेत्रकी सुप्रसिद्ध देवी हुन् । मरुभूमिले ठूलो भू–भाग ओगटेको मध्यपूर्वी क्षेत्रकी इस्तार तथा चीन वरपरका समुद्र र महासागरनजिकका भू-भागमा पुजिने माजुका आ–आफ्ना स्थानमा ठूलो महत्व छ । 

प्राचीन मेसोपोटामियन सभ्यताअनुसार इनाना प्रेम, सौन्दर्य, यौन, प्रजनन शक्ति, युद्ध, न्याय तथा राजनीतिक शक्तिकी देवी हुन् । उक्त सभ्यताअन्तर्गत पर्ने केही राज्यमा उनी इस्तार अर्थात् ‘स्वर्गकी रानी’का नामले पनि चिनिन्छिन् । 

त्यस्तै, माजु पनि आपूm पुजिने क्षेत्रमा ‘स्वर्गकी रानी’ नै भनी चिनिन्छिन् । चीन र ताइवानलगायत दक्षिणपूर्वी एसियाका भियतनाम, लाओ, कम्बोडिया, थाइल्यान्ड, म्यानमारजस्ता देशमा विशाल जलपिण्ड वरपर बस्ने आप्mना अनुयायीका सुरक्षामा पहिलेदेखि नै सक्रिय रहेका किंवदन्ती प्रचलित छन् । परलौकिक तत्वसम्बन्धी यस्ता कथाले ती क्षेत्रका सांस्कृतिक प्रतिनिधित्व गर्छन् । तिनका समय र स्थानविशेषमा ती कसरी सम्मानित छन् भन्ने कुराको सम्बोधन यस्ता प्रसंगमा भेट्न सकिन्छ । 

मरुभूमि र समुद्री तटका यी देवीबीच धेरै समानता पाइए पनि अध्ययन गर्दै जाने क्रममा केही भिन्नता पनि पाइन्छ । इस्तारको प्रवृत्ति आक्रामक देखिन्छ । उनलाई युद्धकी देवी भनी चित्रण गरिएको छ, तर उनी प्रेमकी देवी पनि हुन् । माजुको तुलना आमा र हजुरआमासँग गरेको पाइन्छ । इस्तार मिथमा मात्र सीमित छिन् भने माजुको उपस्थिति प्राकृतिक रहेको केही अध्ययनले देखाएका छन् । आप्mनो छोटो जीवनकालमा तन्त्रविद्या, आयुर्वेद तथा प्राकृतिक चिकित्सामा पारंगत लिन्मोन याङले यस क्षेत्रमा पु-याएका अतुलनीय योगदानको कदरस्वरूप यस क्षेत्रमा उनको देवत्वकरण भएको मान्यता रहँदै आएको छ । समग्रमा भन्नु पर्दा ईस्तार मिथ हुन् भने माजु वास्तविकता ।

संसारका धेरैजसो बहुप्रचलित प्राचीन तथा आधुनिक सभ्यतामा प्रजनन क्षमतामाथि बृहत् अध्ययन भएका छन् । मिश्रको सभ्यता नै हेर्ने हो भने पनि प्रजनन देवता अन्यभन्दा व्यापक सम्मानित देखिन्छन् । ह्याथोर र आइसिसलगायतका मिश्रका देवी प्रजनन शक्तिको प्रतिनिधित्व गर्ने देवी हुन् । सुमेरियन संस्कृतिमा यसै प्रयोजनविशेषका लागि गाटुमडाग नामकी देवीलाई सम्झिइने गरेको छ । मोहन्जोदारोको सभ्यता पनि यस तथ्यबाट अछुतो छैन । तिनका छुट्टै देवी छन् । 

यी सबमध्ये सर्वाधिक चर्चा भएको इस्तारकै हो । फिनिसा र मेसोपोटामिया मात्र नभएर टर्की र सिरियाका विभिन्न क्षेत्रमा उनको आराधना हुने गरेको छ । यी क्षेत्रमा उनका परापूर्वकालीन मन्दिरका अवशेष त्यहाँका पुरातत्व विभागले उत्खनन गरी निकालेका पनि छन् । 

प्राचीन मेसोपोटामियामा सिर्जित काव्य ‘द एपिक अफ गिल्गामेस’मा इस्तारको विस्तृत चर्चा गरेको पाउन सकिन्छ । सुमेरियन सहर उरुकका शक्तिशाली राजा तथा परमपूज्य पात्र गिल्गामेसतर्फ इस्तार आकर्षित थिइन् । आफ्नो आकर्षणलाई प्रेमको स्वरूप दिन उनी राजासामु प्रस्ताव राख्छिन्, तर राजा स्विकार्दैनन् । ‘द एपिक अफ गिल्गामेस’को एक अध्यायमा इस्तारले गिल्गामेसलाई राखेको प्रेम प्रस्तावबारे चर्चा गरिएको छ जसको सार यस्तो छः
‘आऊ गिल्गामेस,
एक अर्काका पूरक बनौ“ ।
म तिमीलाई लिन आउनेछु
लापिस लाजुलाई र सुनले 
बनेको रथमा ।
रथका पांग्रा पनि सुनकै हुनेछन्
जसको अग्र भाग इलेक्ट्रमले 
बनेको हुनेछ ।
सिंहले तान्नेछन् हाम्रा ती रथ
अनि लग्नेछन् हाम्रो निवास
जहाँ देवदारको सुगन्ध प्रचुर हुनेछ ।’

यस काव्यांशले एक व्यक्तिको अर्का व्यक्तिप्रतिको आकर्षण मात्र देखाएको छैन, त्यस समयमा केही उपकरणका निर्माणार्थ लापिस, लाजुली र इलेक्ट्रमजस्ता खनिज प्रयोगमा आउने कुरामाथि पनि प्रकाश पारेको छ । 

गिल्गामेसलाई इस्तारको प्रस्ताव स्वीकार्य हुँदैन । प्रतिशोधस्वरूप गिल्गामेसमाथि आक्रमण गर्न इस्तार ‘बुल अफ हेबेन’ नाम गरेको पारलौकिक चौपाया पठाउँछिन् । विजय गिल्गामेसको हुन्छ । इस्तारबाट प्रस्ताव आउनुपूर्व सिन्दुरी नाम गरेकी एक पात्रले गिल्गामेसलाई उनी मानव भएको र उनीस“ग भविष्यमा सम्बन्धित हुन जाने सबै व्यक्ति मानव नै हुनुपर्ने कुरामा सचेत गराएकी हुन्छिन् । गिल्गामेसका अभिन्न मित्र एन्किडु परालौकिक प्राणी भए पनि देह व्यापार गर्ने एक युवतीको सानिध्य पाएपछि उनी मानव भएको प्रसंग यस काव्यकृतिमा उल्लेख गरिएको छ । गिल्गामेसले इस्तारको प्रस्ताव स्वीकार गरेका भए उनी पातालमा पूज्य हुने थिए । तर, उनी स्वयं त्यो चाहँदैनथे । 

प्रस्ताव अस्वीकार गर्न गिल्गामेस इस्तारलाई उनका पापकर्म सम्झाउँछन् । इस्तारले कहिले चरामाथि आक्रमण गरेको त कहिले घोडालाई यातना दिएका किस्सा उनैलाई सम्झाई पन्छाउन खोजेका गिल्गामेसमाथि इस्तारले प्रतिशोध साँध्न खोज्नुलाई धेरैले स्वाभाविक नै मान्ने गरेका छन् । गिल्गामेसमा पारलौकिक तत्वप्रतिको आशक्ति हुँदाहुँदै पनि सदैव मानव नै भएर बा“च्नुपछाडि उनले देखेको सार्थकता नै यी कथाका विशेषता हुन् । यी कथामा इस्तारलाई अलौकिक चेतका रूपमा लिए पनि सिदुरीलाई सांस्कृतिक चेतका रूपमा चित्रण गर्नु आवश्यक छ । यही सांस्कृतिक चेतकै कारण सुमेरियन सभ्यतामा सिदुरीको स्थान इस्तारका भन्दा माथि भएको हुन सक्छ । 

यस काव्यकृतिको रचना भइरहेको समयमा सुमेर क्षेत्र स–साना राज्यमा टुक्रने क्रममा थियो । त्यसैले यसमा प्रयोग भएका पात्रका चरित्र र घटनाक्रम त्यस समयको परिस्थितिसँग धेरै हदसम्म मेल खान गएको पाइन्छ ।

पुरातन सभ्यतामा देवी संस्कृतिको महत्व अलौकिक गुणको रहेको भनी विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन् । तुलना नै गरेर हेर्ने हो भने लौकिक गुणको चित्रण पारलौकिकभन्दा निकै कम भएको देख्न सकिन्छ । 

समुद्र वरपरका क्षेत्रलाई नै आप्mनो कार्यक्षेत्र बनाएका माझीलगायतका व्यक्तिका लागि माजु आराध्यदेवी हुन् । चीन र दक्षिणपूर्वी एसियाका देशमा यिनका थुप्रै मन्दिर निर्माण गरिएका छन् । क्याथलिक समुदायले भर्जिन मेरीलाई जुन रूपमा सम्मान गर्छ, चिनिया“ समुदायले पनि माजुलाई त्यही रूपमा पुज्ने गरेको छ । चीनको मेझु द्वीपमा अवस्थित माजुदेवीको मन्दिर त्यहाँको अत्यधिक चर्चित पर्यटकीय स्थलमा पर्छ । ताइवानी पर्यटक त्यस द्वीपमा जानु परेका खण्डमा हङकङ वा मकाउको बाटो हुँदै पुग्नुपथ्र्यो । सन् २००० को दशकमा ताइवानकै पहलमा सोझो पथको अवधारणा कार्यान्वयन भयो । 

माजुलाई चिनियाँ मिथमा मित्रताकी देवीका रूपमा पनि चित्रित गरिएको छ । एक कथाअनुसार माजुसँग विवाह गर्न दुई दानवबीच झगडा पर्छ । दुवैलाई आफूसँग युद्ध गर्न आमन्त्रित गरी माजुले विजयी हुनेसँग नै विवाह बन्धनमा बाँधिने प्रस्ताव अघि सार्छिन् ।

मेफेयर मेहुई याङले आप्mना अनुसन्धानमा लेखेका छन्, ‘लोकल आराध्यदेवीका रूपमा पुजिने माजुको छवि ठूलो क्षेत्रमा विस्तारित हुन खासै समय लागेन । उनले बोक्ने गरेका भनिएका हातहतियारलाई समेत यस क्षेत्रमा पूजा गरिने गरेको छ ।’

यिनै माजुलाई चिनियाँ मिथमा मित्रताकी देवीका रूपमा पनि चित्रित गरिएको छ । एक कथाअनुसार माजुस“ग विवाह गर्न दुई दानवबीच झगडा पर्छ । दुवैलाई आपूmसँग युद्ध गर्न आमन्त्रित गरी माजुले विजयी हुनेस“ग नै विवाह बन्धनमा बाँधिने प्रस्ताव अघि सार्छिन् । मार्सल आर्टमा पोख्त माजुलाई दुवै दानवले पराजित गर्न सक्दैनन् । दुवैलाई परास्त पारिसकेपछि विना कुनै अहंकार माजुले तिनका सामु मित्रताका हात अघि सार्छिन् । 

स्थानीय टेलिभिजनमा प्रसारण गरिने गरी माजुमाथि बनाइएको टेलिचलचित्र केही समयअघिसम्म चीनमा औधी रुचाइन्थ्यो । प्रख्यात टेलिभिजन कलाकार लिउ ताओले त्यसमा माजुको भूमिका निर्वाह गरेका थिए । ताइवानमा माजुमाथि थुप्रै गीत पनि बनेका छन् । माजुका नाममा विभिन्न चाड मनाइन्छन् । ताइचुङ सिटी माजु अन्तर्राष्ट्रिय महोत्सवमा माजुसँग सम्बन्धित विभिन्न झाँकी प्रस्तुत गरिन्छ । 

दुई भिन्न समयका यी दुई देवी इस्तार र माजु दुई भिन्न समयका संस्कृति तथा परिवेश बुभ्mन सहयोग पु¥याउँछन् । यौनदेखि सुरक्षासम्मका चाहना यी दुईका अवधारणाले सम्बोधन गर्ने गरेको पाइन्छ । 
कुराकानी : विभु लुइटेल