• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शक्तिकुमार वंशकार
२०७९ असार ११ शनिबार ०७:४६:००
समाज

रोकौँ ‘इस्लामोफोबिया’

मुस्लिम समुदाय त केवल सीमान्तीकरणबाट बाहिर निस्कन र आफ्नो अस्तित्व जोगाउन चाहन्छ

२०७९ असार ११ शनिबार ०७:४६:००
शक्तिकुमार वंशकार

एक मित्रलाई म दशकौंदेखि असल व्यक्तिका रूपमा चिन्थेँ । तर, केही दिनअघि उनले मलाई भने, ‘हिन्दूहरू संगठित हुन्छन् र मुस्लिमलाई तह लगाउँछन् । यदि मुस्लिमहरूलाई समयमै रोकेनौँ भने चारैतिर फैलिएर सबै कुरा बिगार्छन् ।’ उनको भनाइअनुसार सबै मुस्लिम खराब छन् । मुस्लिमलाई सुधार्न ‘जुन हदसम्म पुग्नु परे पनि’ र ‘जे गर्नु परे पनि’ उनी तत्पर छन् । त्यो ‘जे गर्नु परे पनि’ भित्र हिंसाको बाटो पनि सामेल हुने आशय स्पष्ट थियो ।


मुस्लिमहरू ५–६ जनाको समूह बनाई मुस्लिमहरूकै दुकान तथा घरघरमा गई इस्लाम शिक्षा सिकाइरहेको उनलाई मन पर्दैन । मुस्लिमहरूलाई इस्लाम शिक्षातर्फ फर्काउन विभिन्न अभियान चालिएका छन् । यस्ता अभियानमा मुस्लिमहरूलाई चोरी, बेइमानी, झुट, हिंसा आदिजस्ता इस्लामले मनाही गरेका कुरा परित्याग गरी एउटा असल मुस्लिम बनेर सात्विक जीवन बाँच्न आह्वान गरिन्छ । यिनै अभियानअन्तर्गत मुस्लिम ५–६ जनाको समूह बनाई मुस्लिमको घर तथा दुकानमा पुग्छन् । एकातिर मेरा साथी मुस्लिम बिग्रिएका छन् र उनीहरूलाई सुधार्नुपर्छ भन्ने कुरा गर्छन्, अर्कोतिर मुस्लिमहरूलाई सुधारेर एउटा असल मानिसको जीवन बाँच्न आह्वान गर्ने समूहलाई उनले डर, आशंका र घृणाको नजरले हेर्छन् । अतिवादी समूहको रूपमा देख्छन् । मानिसभित्र लुकेको ‘इस्लामोफोबिया’ (इस्लाम र मुस्लिमप्रति घृणा र पूर्वाग्रह)ले एउटा सरल मानिसको निरीक्षण गर्ने क्षमतालाई कसरी प्रभावित पार्दोरहेछ तथा उनको नजरमा एउटा सुन्दर कुरा पनि कसरी घृणित बन्दोरहेछ भन्ने जिउँदो उदाहरण हो यो ।


एउटा संवैधानिक आयोगको कार्यक्रममा केही मानिसहरूले यस्तै किसिमका कुरा गरे । उनीहरूका अनुसार मुस्लिम आयोगको अस्तित्व हुनुहुँदैन । मुस्लिम आयोग भए हिन्दू आयोग पनि हुनुपर्छ । मुस्लिमप्रतिको घृणा र पूर्वाग्रहबाट प्रभावित उनको मस्तिष्कले मुस्लिम नेपालको सबैभन्दा पिछडिएको समुदाय हो भन्ने तथ्य स्वीकार गर्न अक्षम देखियो । संसारभरिकै चलनअनुसार पिछडिएको समुदायको समस्या सम्बोधनका लागि आयोगको निर्माण हुन्छ । तसर्थ, नेपालका अरू पिछडिएका समुदायसरह मुस्लिमहरूलाई पनि आयोगको आवश्यकता परेको हो भन्ने कुरा उनीहरूले बुझ्दैनन् । देशको कुनै समुदाय कमजोर हुनु भनेको देश कमजोर हुनु हो । नेपालको सबैभन्दा पिछडिएको एउटा धार्मिक अल्पसंख्यक समुदायलाई माथि उकास्नुपर्छ भन्ने तथ्य उनीहरूले स्वीकार गर्दैनन् । यसको ठ्याक्कै उल्टो मुस्लिमले आफ्नो अधिकारका लागि उठाएको आवाजलाई उनीहरूले षड्यन्त्र देख्छन् । यसबाट त्रसित हुन्छन् । उनीहरू आफ्नो अस्तित्वमाथि संकट पर्न गएको ठान्छन् । अल्पसंख्यक मुस्लिमबारे भ्रम फैलाएर बहुसंख्यक अन्य समुदायको मनमा कृत्रिम डर उत्पन्न गरिएको छ । बहुसंख्यकलाई डर देखाइन्छ कि मुस्लिमहरूको जनसंख्या बढ्दै गएर एकदिन सबैलाई पछाडि पार्नेछन् र हरेक कुरा उनीहरूले कब्जा गर्नेछन् । त्यसपछि उनीहरूले अरू समुदायमाथि अत्याचार गर्नेछन् । यो एकदमै भ्रामक र असत्य अफवाह हो ।


जनसंख्याको तथ्यांकमाथि निष्पक्ष विचार गर्दा बहुसंख्यकहरूले पूर्ण रूपले सन्तान जन्माउन बन्द गरे पनि र मुस्लिमहरूले आफ्नो प्रजननदरलाई कायमै राखे पनि मुस्लिमहरू नेपालको बहुसंख्यक बन्ने कुनै सम्भावना नै छैन । मुस्लिमले कब्जा गरेर अत्याचार गर्ने कुनै नियत छैन र कहिल्यै थिएन पनि । मुस्लिम समुदाय त केवल सीमान्तीकरणबाट बाहिर निस्कन र आफ्नो अस्तित्व जोगाउन चाहन्छन् । 


यसै डरलाई मलजल गर्न समय–समयमा मुस्लिमविरुद्ध नानाथरीका कुरा उठ्छन् र मुस्लिमलाई बिच्क्याउने प्रयास गरिन्छ । मुस्लिमको आस्थाका केन्द्रमाथि कहिले झुट त कहिले अर्धसत्यका आधारमा आक्रमण गरिन्छ । मुस्लिमहरू आफ्नो धर्मप्रति धेरै नै संवेदनशील छन् । आफ्नो धर्मग्रन्थ कुरानलाई उनीहरूले यति सम्मान गर्छन् कि शारीरिक रूपले पवित्र नभएसम्म त्यसलाई छुँदैनन् । तर, यसै कुरानलाई जलाउने, च्यात्नेजस्ता धृष्टता गरिन्छ । मुस्लिमहरूले अल्लाहका अन्तिम दूत मुहम्मदलाई आफ्नो आमाबुबाभन्दा बढी माया गर्छन् । मुहम्मदको नाम लिनासाथ ‘सल्लल्लाहु अलैहि वसल्लम’ (उहाँलाई शान्ति मिलोस्) भन्ने वाक्यांश थपेर बोल्छन् । उनै अल्लाहको अन्तिम संदेष्टाका बारेमा अभद्र, अश्लील, टिप्पणी गरिन्छ । झुटो इल्जाम लगाइन्छ । 

आजभन्दा १४ सय वर्षअगाडिको समाज कस्तो थियो, कस्ता चलन थिए र ती चलन कुन कारणले चलेका थिए त्यसको परिवेश बुझ्न जरुरी छ । १४ सय वर्षअघि संसारका अन्य विकसित भनिएका मुलुकमा महिलाको कुनै हैसियत थिएन । तर, त्यसवेला अन्य समुदायले भन्दा इस्लामले महिलालाई अधिकार र सम्मान दिएको थियो । इस्लामले अरबमा व्याप्त नगरबधूको परम्परालाई अन्त्य गरेको थियो ।


अहिलेको समयमा बहुविवाह र बालविवाह महिला अधिकारका अहम मुद्दा हुन् । महिलालाई हिंसाबाट जोगाउन तथा उनीहरूलाई सम्मानित जीवन प्रदान गर्न यी मुद्दा उठान गरिएका हुन् । तर, आजभन्दा १४०० वर्षअगाडिको समाज कस्तो थियो, कस्ता चलन थिए र ती चलन कुन कारणले चलेका थिए त्यसको परिवेश बुझ्न जरुरी छ । १४०० वर्ष अघि संसारका अन्य विकसित भनिएका मुलुकहरूमा महिलाको कुनै हैसियत थिएन । तर, त्यसवेला अन्य समुदायमा भन्दा इस्लामले महिलालाई अधिकार र सम्मान दिएको थियो । इस्लामले अरबमा व्याप्त नगरबधूको परम्परालाई अन्त्य गरेको थियो । नगरबधूको परम्परा भनेको अहिलेको रेडलाइट एरियाको कन्सेप्ट थियो । केही वर्षअघि एकजना कथित बुद्धिजीवीले रेडलाइट एरियाको प्रतिरक्षा गर्दै यसले समाजलाई बलात्कारबाट जोगाउँछ भन्ने तर्क अघि सारे । सायद उनलाई ती रेडलाइट एरियामा बेचिएका र नारकीय जीवन भोगिरहेका चेलीबेटीको दुःखको बोध थिएन । मैले प्रतिप्रश्न गरेँ,‘के तपाईं आफ्नो चेलीबेटी त्यो स्थानमा भएको कल्पना गर्न सक्नुहुन्छ ?’


इस्लामले महिलालाई १४०० वर्षअघि नै सम्पत्ति आर्जन गर्ने र बेच्ने अधिकार दिएको थियो । पारपाचुके भएको महिला र विधवा महिलाको पुनर्विवाहलाई मान्यता दिएको थियो । आयसाबाहेक अल्लाहका संदेष्टाले विवाह गरेका सबै श्रीमतीहरू पारपाचुके पाएका तथा विधवा महिलाहरू थिए । आयशाको उमेरलाई मुद्दा बनाएर अहिले पनि विवाद सिर्जना गरिन्छ । तर, त्यसवेला संसारका विभिन्न विकसित समुदायमा आफ्नो नस्ललाई शुद्ध राख्न महिनावारी हुनेबित्तिकै छोरीलाई वयस्क मान्ने चलन थियो । त्यसैले इस्लामका कट्टर शत्रुहरूले त्यसवेला यो कुराको विरोध गरेनन् । आयसाका बारेमा बहस हुँदा यो पक्ष कतै भनिँदैन । 


यस्ता कुरा अगाडि सार्नुको मुख्य उद्देश्य मुस्लिमहरूलाई भावनात्मक चोट पु¥याएर आक्रोशित पार्नु हो । पछि त्यही आक्रोश र प्रतिक्रियालाई आधार बनाएर मुस्लिमहरूलाई अतिवादी तथा हिंस्रक समुदायका रूपमा चित्रण गरिन्छ । मुस्लिमहरू पनि बारम्बार यस्तो षड्यन्त्रमा फस्ने गरेका छन् । भावनामा ठेस पुग्ने कुरा गरिन्छ । मुस्लिमहरू आक्रोशित हुन्छन् । त्यही प्रतिक्रियालाई आधार बनाई मुस्लिम समुदायविरुद्ध घृणाको शृंखला तयार गरिन्छ भन्ने कुरा स्वयम मुस्लिमले पनि मेसो पाउँदैन ।

इस्लामले महिलालाई १४ सय वर्षअघि नै सम्पत्ति आर्जन गर्ने र बेच्ने अधिकार दिएको थियो । पारपाचुके भएकी महिला र विधवा महिलाको पुनर्विवाहलाई मान्यता दिएको थियो ।

 

उदाहरणका लागि नर्वेको घटनालाई लिन सकिन्छ । त्यहाँ कुरान जलाइएपछि मुस्लिमले विरोध गरे । त्यही विरोधलाई आधार बनाई मुस्लिमहरू हिंस्रक हुन्छन्, अरू समुदायसित मिलेर बस्न सक्दैनन् भन्ने प्रचार गरियो । नेपालगन्जको एउटा कार्यक्रममा खुल्लमखुल्ला लाउडस्पिकरमार्फत मुस्लिमहरूलाई अपशब्द बोलेर बहस गर्न च्यालेन्ज गरियो । जब मुस्लिम मौलाना बहस गर्न कार्यक्रमस्थल पुगे, कार्यक्रम नै समापन भयो भनियो । पछि त्यसैको भिडियो युट्युबमा हालेर मुस्लिमले हिन्दूको कार्यक्रम बिथोल्यो भनेर प्रचार गरियो । 


सबै मुस्लिम ‘अतिवादी’ भएको भन्दै उनीहरूलाई तह लगाउन जुनसुकै हदसम्म जान तयार हुनेहरू, गुजरात दंगामा बुबाकै सामुन्ने १३ वर्षकी छोरीको सामूहिक बलात्कार गर्नेहरू, गर्भवती मुस्लिम महिलाको तरबारले भ्रूणहत्या गर्नेहरू र यस्ता अमानवीय घृणित कामलाई सही साबित गर्दै प्रश्रय दिनेहरू नै मानसिक रूपमा आतंकवादी भइसकेका छन् । स्वयं आफू नै आतंककारी भएको मेसो उनीहरूले पाइरहेका छैनन् । त्यस्ता व्यक्तिहरूलाई समयमा सद्बुद्धि प्राप्त होस् ।