• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
संजित परियार
२०७९ भदौ १८ शनिबार ०८:३०:००
समाज

दुर्गन्धित फलफूल बजार

स्वास्थ्यका लागि अमृतसमान मानिएको यस्ता फलफूल खाएर मानिस स्वस्थ भइरहेका होलान् कि झन् रोगी ?

२०७९ भदौ १८ शनिबार ०८:३०:००
संजित परियार

 

काठमाडौंको कुलेश्वरमा देशबाहिरबाट आएका र नेपालभित्रै उत्पादन भएका फलफूल जम्मा गरिन्छन् । यहीँबाट उपत्यकाभरि फलफूल वितरण हुन्छ । तर, फलफूल वितरण हुने त्यो ठाउँ हेर्दा फलफूल खान त के छुनसमेत मन नलाग्ने हुन्छ । फलफूल राखिएको ठाउँ यति अव्यवस्थित र फोहोर छ कि झट्ट हेर्दा फलफूल राख्ने ठाउँ होइन, फोहोर फाल्ने ठाउँजस्तो देखिन्छ ।


यहाँ कतै फोहोरको डंगुर छ, कतै कुहिएका फलफूल । कतै पानी जमेको खाल्टो, कतै हिलो । कतै हिलोमा फालिएका फलफूल । बागमतीबाट आइरहेको दुर्गन्ध उस्तै । गाईबस्तुको गोबरदेखि झिँगा भन्केको उस्तै । फलफूल बजारबाट सुगन्ध होइन, कुहिएका फलफूलको दुर्गन्ध आइरहन्छ । 


फलफूल उत्पादन गर्न विषादी प्रयोग गरिएको त छ नै । ती फलफूलमा कति प्रतिशत विषादी मिसिएका छन् यसको अलग अध्ययन आवश्यक छ । भित्र त विषको मात्रा छ नै, बाहिर देखिने गरी पनि फलफूल प्रदूषित बनाइएको छ । यस्तो फोहोर ठाउँबाट वितरण गरिएको फलफूल उपत्यकावासीले दिनहुँ खाइरहेका छन् । स्वास्थ्यका लागि अमृतसमान मानिएका यस्ता फलफूल खाएर मानिस स्वस्थ्य भइरहेका होलान् कि झन् रोगी ? यसबारे सम्बन्धित निकाय जिम्मेवार हुनुपर्छ । सम्बन्धित निकाय जिम्मेवार नभए उपभोक्ताहरूले आवाज उठाउन जरुरी छ ।