• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज १५ शनिबार ०९:१३:००
समाज

दसैँको रौनक

२०७९ असोज १५ शनिबार ०९:१३:००

उसै त व्यस्त राजधानी, त्यसमाथि दसैँको रौनक थपिएपछि हिजोआज सहरका गल्ली, चोक र पसलहरू भरिभराउ छन् । लुगा पसलदेखि खसी पसलसम्म, ग्याजेट पसलदेखि घरायसी सामान पाउने पसलसम्म सबैतिर भिड बढेको छ । बजार निकै व्यस्त देखिन्छ ।

काठमाडौंको असन बजारमा किनमेल गर्नेको भीड


सहरका भौतिक संरचनाले चंगा उडाउनेठाउँ साघुँरिँदै गए पनि युवा, किशोरकिशोरी र बालबालिकाले चंगा उडाउन छाडेका छैनन् । उनीहरू घरका छत वा खुला पार्कमा गई चंगा उडाइरहेका छन् । केही दिनअघिसम्म मनसुन जारी रहे पनि घटस्थापनापछि भने कम भयो । मनसुन कम भएपछि राजधानीको निलो आकाशमा चंगा उडेको देख्न सकिन्छ ।

काठमाडौंस्थित टेकुमा चंगा उडाउँदै बालक

विभिन्न कामको सिलसिलामा उपत्यकामा बसिरहेका मानिसहरू दसैँ मान्न राजधानी छाड्ने क्रम जारी छ । विमानस्थलसहित राजधानीका विभिन्न नाकामा उपत्यका छाड्ने यात्रुहरू बाक्लै देख्न सकिन्छ । यसपटक पनि यात्रुहरूले सहज रूपमा सवारीसाधन नपाएको गुनासो गरेको सुनियो ।

घर फर्कन काठमाडौं नयाँ बसपार्कमा बस कुर्दै यात्रु
भक्तपुरको लोकन्थलीबाट गन्तव्यतिर जाँदै यात्रुहरु

हिन्दू धार्मिक परम्पराअनुसार दसैँलाई देवी दुर्गाको पूजा आराधाना गर्ने समयको रूपमा लिइन्छ । अरू वेला खासै व्यस्त नदेखिने मूर्ति बनाउने पसलहरूमा समेत व्यस्तता देखिन्छ । ‘भगवान्’लाई रंगरोगन गरी चम्काइरहेका मान्छेहरू मूर्ति पसलमा भेटिन्छन् । 


ललितपुरस्थित कुपन्डोलमा दुर्गाको मूर्ति सिंगार्दै कालिगढ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका आफन्तलाई भेट्दै परिवार