• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ११ शनिबार ०९:०७:००
साहित्य

यस्ता छन् लेखकलाई भिएस नइपलको ७ टिप्स

२०७६ जेठ ११ शनिबार ०९:०७:००
नयाँ पत्रिका काठमाडाैं

-लामा वाक्य लेख्न हुन्न । एक वाक्यमा १२ शब्दभन्दा धेरै हुनुहुँदैन ।

-हरेक वाक्यले स्पष्ट अभिव्यक्ति दिनुपर्छ । अगाडिको अभिव्यक्तिलाई पछिल्लोसँग जोड्नुपर्छ । स्पष्ट र अन्योन्याश्रित अभिव्यक्ति नै राम्रो अनुच्छेदका पूर्वसर्त हुन् ।

-लामा शब्द प्रयोग गर्नुहुन्न । लेख्दा पाँच अक्षरभन्दा बढीका शब्द धेरै प्रयोग छन् भने बुझ्नु, पक्कै केही गडबड भएको छ । छोटा शब्दको अर्थ खुट्याउन सजिलो हुन्छ । जटिल विचारलाई पनि छोटा शब्दको प्रयोगले सजिलै प्रस्ट्याउन सकिन्छ । 

-आफैँलाई अर्थ थाहा नभएका शब्दहरू कहिल्यै प्रयोग गर्नुहुँदैन । यो नियम नमान्नेले लेख्न छोडे हुन्छ, अरू कुनै पेसा रोजेको राम्रो ।  

-सिकारुले विशेषण कमभन्दा कम प्रयोग गर्नु उचित हुन्छ । रङ, आकार र संख्याबाहेक अरू सन्दर्भमा विशेषणको प्रयोगमा लोभ नगर्दा हुन्छ ।

-अर्मूत लेखाइलाई निरुत्साहित गर्नुपर्छ । स्पष्ट र ठोस लेख्ने अभ्यास बढाउनुपर्छ ।

-कम्तीमा ६ महिनासम्म हरेक दिन यसैगरी लेख्ने अभ्यास गर्नुपर्छ–छोटा शब्द र स्पष्ट वाक्य । अनुसरण गर्न असहज लाग्ला, तर भाषाको प्रयोगबारेको आधारभूत तालिम नै ठहरिनेछन् यी सुझाब । विश्वविद्यालयमा सिकेका गलत भाषा अभ्यासबाट मुक्त रहनसमेत सहयोग मिल्नेछ यसबाट । राम्ररी बुझेपछि र अभ्यासबाट पारंगत भएपछि त यी नियमभित्र जकडी बस्नु किन प¥यो र ?       

अनुवाद : गणेश खनियाँ 
(स्रोत :  https://writerswrite.co.za/v-s-naipauls-7-rules-for-beginner-writers/)