• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विप्लव प्रतीक काठमाडाैं
२०७६ जेठ ३२ शनिबार ०७:१०:००
इतिहास

लार्जर द्यान लाइफ

यार

२०७६ जेठ ३२ शनिबार ०७:१०:००
विप्लव प्रतीक काठमाडाैं

सुनील थापा भन्नेबित्तिकै ‘एक दुजे के लिए’ भन्ने हिन्दुस्तानी सिनेमाको सम्झना आइहाल्छ । सन् ८२/८३ तिर हेरेको होला मैले । एकजना नेपालीले पनि खेलेको छ भनेर बजार पिटिएको थियो त्यतिखेर । फलतः काठमाडौंमा त्यस सिनेमाले राम्रो व्यापार ग-यो– सिनेमा राम्रो हुनु एउटा कारण, सुनील थापाको नाउँ अर्को कारण । उतिवेला नेपालमा यशस्वी अर्थात् सेलेब्रिटीहरूको बडो कमी भएको अवस्था थियो । फिल्म बन्दैनथे अहिलेजसरी नेपालमा । सङ्गीत, कला, साहित्य, खेलकुदको अवस्था अहिलेको जस्तो थिँदै थिएन । त्यसैले नेपाली थरसँग मिल्ने कोही मानिस हिन्दुस्तानमा चर्चित भयो भने ‘हाम्रै नेपाली हो नि’ भनेर चियागफ गर्ने गफीहरू उपत्यकामा भेटिन्थे ।

जगजित सिंहलाई गणेशमान सिंहको भाइ, पंकज उदासलाई असनको तुलाधर, अनुराधा पोडवाललाई डिल्लीबजारकी पौडेल्नी भनेर गर्व गर्ने समाजमा सुनील थापा अछुतो रहने कुरै भएन । उनलाई राजनीतिज्ञ सूर्यबहादुर थापाको छोरा सुनीलकुमार थापा भन्ने पनि निस्किए । तर, सुनीलकुमार थापालाई गीतकारका रूपमा चिन्नेले भने उक्त गफ पत्याएनन् । 
यसरी सुरुवात भएको थियो मेरो राजाचिनाइ सुनील थापासँग । कुनै दिन भेट हुने कुरा कल्पनाभन्दा धेरै परको थियो । तर, संयोग भनेको संयोग नै हुँदोरहेछ । ‘एक दुजे के लिए’ हेरेको चार वर्षपछि टेबहालमा ऊसँग सशरीर भेट हुन पुग्यो । सिनेमामा देखेको मानिस आफ्नै टोलजस्तो ठाउँमा भेट्दा दंग नपर्ने कुरै थिएन । बडो दंग परेँ । लभ एट फस्र्ट साइट भनेजस्तै पहिलो भेटमै हामी वर्षौँ पुराना साथी बन्न पुग्यौँ । 

अर्को संयोग फेरि । मैले किशोरवयमा पढ्ने ‘जेएस्’ (जुनियर स्टेट्सम्यान) ऊ पनि पढेर हुर्किएको रहेछ । जेएसमा छापिएका डेसमन्ड डुइग र डब्बी भगतका चर्चित लेखहरू मनको दराजमै थिए, ताजै थिए । तर, त्यसबारे धारणा राख्न, छलफल गर्न वर्षौँसम्म जुरेको थिएन । अनि त्यसबारे कुरा गर्नका लागि साथी, संयोगले मिलेको थियो । देवआनन्दको फ्यान थिएँ म । देवसाहबले उसलाई पहिलो भेटमै साइन गरेका थिए, ‘एक था राजा’ भन्ने सिनेमामा । भलै त्यो बन्न पाएन । तर, देवसाहबको त ऊ पनि फ्यान थियो । चेस खेल्न ऊ सिपालु, म पनि कम थिइनँ । ऊ क्रिकेट भनेपछि हुरुक्क, म पनि फिदा । ऊ बातैपिच्छे हँसाउने, मलाई पनि त्यसो गर्न मन पर्ने ।

सुनील बहुआयामिक कलाकार हो, तर सिनेमामा अधिकांश कलाकारको सही उपयोग हुन पाउँदैन । यस्ता नियतिका थुप्रै उदाहरण जति खोज्दै गयो, उति भेटिँदै जान्छन् । ऊ पनि अछुतो रहेन, ‘संयोग’मा पनि ऊ भिलेनमै छानियो ।

बडो मिलनसार ऊ, म पनि छिट्टै घुलमिल हुने । संयोगै संयोग ।  यिनै संयोगहरूबीच अर्को संयोग– ‘संयोग’ भन्ने सिनेमा पाकिस्तानी टिमसँग मिलेर बन्दै थियो । बाखर रिज्भी पाकिस्तानका तर्फबाट र म नेपालको तर्फबाट सिनेमाको निर्देशक थियौँ । सिनेमा नेपालीमै बन्दै थियो । र, संवाद पनि मैले नै लेख्दै थिएँ । बाखरसाहेब मसँग साह्रै मिल्थे, मलाई माया गर्थे । उनीसँग परिचय गराउनेचाहिँ ऊ बखतका चर्चित कलाकार गौतमरत्न तुलाधर थिए । कलाकार छान्ने क्रममा मैले अर्जुनजङ्ग शाही, करिश्मा मानन्धर, पुरन जोशी, भुवन चन्द, सानु ताम्राकार र सुनील थापाका तस्बिरहरू बाखरसाहेबलाई देखाएँ । हामीले दुवैले दोहो-याएर सोच्नै परेन, सब कलाकारहरू विविध पात्रका लागि सहजै अनुबन्धित भए ।  

सुनील बहुआयामिक कलाकार हो, तर सिनेमामा अधिकांश कलाकारहरूको सही उपयोग हुन पाउँदैन । यस्ता नियतिका थुप्रै उदाहरण जति खोज्दै गयो, उति भेटिँदै जान्छन् । ऊ पनि अछुतो रहेन, ‘संयोग’मा पनि ऊ भिलेनमै छानियो । ऊ त्यसमा नाखुस देखिएन । ऊ कामप्रति समर्पित थियो । जस्तो पात्र ऊसको भागमा आयो, त्यसमा शतप्रतिशत बाँच्ने ऊसको दर्शन थियो । हामीले त्यतिखेर जसरी काम ग-यौँ, समयलाई सँगसँगै भोग्यौँ त्यसका सम्झनाहरू बडा प्रिय छन्, मनका करिब छन् । जे सम्झियो त्यही आनन्ददायी । र, अहिले बुझ्दै छु– कोही दुईबीचका केही सम्झनाहरू यस्ता हुन्छन् त्यो दुईबीच मात्रै बाँड्न सकिने रहेछ, सबैसँग होइन । हामीलाई आनन्द लाग्ने सम्झना अरूका लागि मात्र जानकारी हुने रहेछ, यस्तो जानकारी, जुन जानकारीमा आनन्दको रस रहँदैन । 

सिनेमाको क्लाइमेक्स लाहोरमा गर्ने निधो थियो । नेपालमा सुटिङ सिद्धिएपछि हामी एक दर्जन कलाकार पाकिस्तान गयौँ । उताको सुटिङ र डबिङ सिध्याएर सबै कलाकार बिदा भए । सुनील र म केही समय सँगै बस्यौँ– लक्ष्मी चोकमा, जसलाई अब सायद -वायल पार्क भन्लान् । एउटै होटेल, एउटै कोठा । त्यहाँका पनि केही स्वर्णिम र अनमोल सम्झना छन् हाम्रा, जो हामीसँगै जानेछन् । 

नेपाल फर्किएपछि ऊसले बिहे ग-यो । म नै थिएँ ऊसको बेस्ट म्यान अर्थात् दुलाहाको करिबी साथी । घरजम गरेपछि ऊ धोबीचौरतिर कतै बस्न थाल्यो । म पुल्चोकस्थित डेरामा बस्थेँ । हाम्रो भेटघाट कम हुन थाल्यो । ऊ कलाकार थियो, सिनेमा खेल्ने प्रस्ताव आइरहन्थ्यो, र व्यस्त रहन्थ्यो । म निर्देशकका रूपमा स्थापित हुन संघर्ष गरिरहेथेँ, निर्माताको घरघर फन्को मारिरहन्थेँ र व्यस्त थिएँ । भेट कम हुनु यस अवस्थामा भने कुनै संयोग थिएन, हामी दुवैको मित्रताको नियति थियो ।

तर, जब–जब ऊसले अवसर पाउँथ्यो, मलाई टेलिफोन गथ्र्यो । हामी कहिलेकाहीँ त्यतिखेरको पुल्चोकस्थित नामी होटेल नारायणीमा जान्थ्यौँ । सुनील पौडी खेल्थ्यो, फर्केर आउँथ्यो, टेबलमा चेसको बोर्ड हुन्थ्यो । छेउमा कहिले बियर र चिप्स हुन्थ्यो, कहिले कागतीको स्लाइस र आइसक्युब डुबेको क्याम्पारी हुन्थ्यो । सिनेमामा देखिने लोभलाग्दो दृश्य हामी साक्षात् बाँच्थ्यौँ । यस्ता अनेकन यादहरू छन् । हामी कहिले जीवन दर्शनका कुरा गथ्र्यौँ, कहिले सपना बुन्थ्यौँ, कहिले अतीतको सन्दुकमा जतनसँग राखिएका सम्झनाका बुट्टेदार वस्त्रहरू झिक्थ्यौँ, एक–आपसबीच जोडिएको अदृश्य डोरीमा सुकाउँथ्यौँ र फेरि जतनले टक्टक्याएर थन्क्याउँथ्यौँ । 

हामी कहिले जीवनदर्शनका कुरा गथ्र्यौँ, कहिले सपना बुन्थ्यौँ, कहिले अतीतको सन्दुकमा जतनसँग राखिएका सम्झनाका बुट्टेदार वस्त्रहरू झिक्थ्यौँ, एक–आपसबीच जोडिएको अदृश्य डोरीमा सुकाउँथ्यौँ र फेरि जतनले टकटक्याएर थन्क्याउँथ्यौँ ।

ती दिनहरूका कुरा हुन्– कतै रमाइलो जमघट भयो, ऊ मलाई सम्झिहाल्थ्यो । कतै कुनै त्यस्ता अवसर आए म पनि उसलाई सम्झिन्थेँ । हामी जिस्किन्थ्यौँ, जिस्क्याउँथ्यौँ । हाँस्थ्यौँ, हँसाउथ्यौँ, अभरमा ऊसलाई म त्यान्द्रोको सहारा दिन्थेँ, उसलाई त्यो ठूलो भर हुन्थ्यो । निराशामा ऊसले मलाई ढाड सुस्तरी थपथपाइदिन्थ्यो, म उत्रिन्थेँ पिरको पोखरीबाट । ऊ मसँग कहिल्यै रिसाएको छैन, जिस्केरबाहेक– मलाई ‘लेग पुल’ गर्न उसलाई मजा आउँछ । तर, कसैको लहैलहैमा बरु मै ऊसँग एकपल्ट जाइलागेको छु । त्यतिवेला उसले मलाई आश्चर्यचकित भएर हेरेको आँखा मैले आजसम्म ऊसले खेलेको कुनै सिनेमामा देखेको छैन । माफी माग्ने हिम्मत पनि मसँग नभएको होइन । तर, ऊसले त्यो क्षण उत्निखेरै बिर्सिसकेको रहेछ । आफूलाई ग्लानि हुने काम नगर्न मैले उसैबाट सिकेको हुँ । 

नेपाली सिनेमामा तीन दशकभन्दा बढी समय बिताइसकेको छ ऊसले । नाम छ, नहुने कुरै भएन । तर दाम ? हुँदो हो त घर बनाउँथ्यो । गाडी किन्थ्यो । तर, अहँ छैन ऊसको केही । ती आउने जाने कुराको मोहबाट दिमाग वञ्चित रहेर जिन्दगीको उत्सव मनाउन कुन पानी पिउनुपर्ने रहेछ, कुन हावामा सास फेर्नुपर्ने रहेछ, मलाई थाहा छैन । तर, यो थाहा छ, ती कुराको कल्पना र सपनामा पलहरू खेर फ्याल्ने ऊसँग समय छैन । ऊ मस्त छ । ऊसका हरेक आज टरिरहेका छन्, ऊसले चाहेअनुरूप । माग्नुपरेको छैन, शिर निहुराउनु परेको छैन । छाती फुकाएर बाँच्न पाइरहेको छ, त्यतिमै रमाइरहेको छ । के यो मान्छे ऋषि हो ?

ऊसको सपना छैन त भनेँ, तर मैले कुरा लुकाउन मिल्दैन । त्यसैले भन्छु– ऊसको एउटा सपना छ र थियो, मसँग अक्सर दोहो-याइरहन्थ्यो । घर बनाउने या गाडी किन्नेचाहिँ होइन, पक्का हो । ऊसले वैभवको बेग्लै सपना देखेको छ– नेपाली सिनेमा अस्करमा पुगेको हेर्ने, पुरस्कृत भएको हेर्ने । सपना देख्नुपर्छ सपना पुग्न । नेपाली सिनेमामा जीवन उत्सर्ग गर्नेहरूले सपना नदेखेका भए अहिलेको अवस्थामा कहाँ पुग्थ्यो होला र नेपाली सिनेमा ? पुगोस् ऊसको सपना । 

कुरा अन्तै मोडियो कि क्या हो ? अँ, म हाम्रो कुरा गर्दै थिएँ । समय बित्दै गयो । ऊ सिनेमामै अडियो । म सिनेमाको दुनियाँमा अनेकौँ हन्डर खाएपछि पत्रकारितामा गएँ । दुई दशकपछि पत्रकारिताको यात्रालाई पनि मैले बिसाइदिएँ । तर, ऊ सिनेमाको सफरमा हिँड्यो, दौड्यो र अडिनैरह्यो । हाम्रो भेटघाटलाई जीवनका आरोहअवरोहले नियन्त्रण ग¥यो । ऊ आफ्नै दुनियाँमा मस्त, म मेरै संसारमा व्यस्त । तर, हाम्रो मित्रताको तकदीरलाई धन्यवाद भन्न मन छ । आक्कलझुक्कलै सही हाम्रो भेटको क्रम टुटिहाल्नचाहिँ सकेन । एउटा न एउटा मोडमा हाम्रो भेट भइरह्यो, र हाम्रो मित्रताको भित्तामा समयले लिउन लगाइरह्यो । 

आज सोच्दा म के भएँ मलाई थाहा छैन, थाहा पाउने लालसा पनि छैन । तर, सुनील एउटा नाम भएको छ– ह्विच इज लार्जर द्यान लाइफ । तर, यतिमै मेरो चित्त बुझेको छैन । ऊसको अभिनय शिल्पको जति प्रदर्शन हुनुपर्ने हो भएकै छैन । ऊ ज्युँदै छँदा ऊसमा भएका प्रतिभा दुनियाँले हेर्ने अवसरै पाएको छैन । कठिन से कठिन चरित्र निर्वाह गर्न पाउनुपर्छ ऊसले जस्तो लाग्छ मलाई । तर, हामी कसैको वशमा छैन रहेछ, चाहेको पुग्न । त्यसैले जे मिलिरहेको छ त्यो नै लाख मान्न जान्नुपर्ने रहेछ । हो, सुनीलले जे भेट्यो मार्गमा त्यसैलाई भाग्य ठान्यो, पाउँदा मुसुक्क हाँसेर अनुगृहित भयो । जे गुमे, अल्पिए र हराए– त्यसको कल्पनामा अल्झिएन ऊ । सुनीललाई यस्ता कुरासँग सरोकारै रहेन । 

सुनील बहुआयामिक कलाकार हो, तर सिनेमामा अधिकांश कलाकारको सही उपयोग हुन पाउँदैन । यस्ता नियतिका थुप्रै उदाहरण जति खोज्दै गयो, उति भेटिँदै जान्छन् । ऊ पनि अछुतो रहेन, ‘संयोग’मा पनि ऊ भिलेनमै छानियो ।

मैले जिन्दगीको रस पिउन अलिकता पनि जानेको रहेछु भने त्यसमा मैले जो–जो साथीहरूको सङ्गत गरेँ तिनको पनि हात छ । बडो गुणी र आत्मीय छन् मेरा साथीहरू । ती धेरैमध्ये सुनील पनि एक हो, जसको सङ्गतले मैले जीवनरस ज्युँदै छँदा प्युने चरित्र निर्माण गरेको छु । मलाई लक्ष्य भेट्ने चासो छैन, म त यात्राको अमृत पिउन मन पराउँछु । यो चेत मलाई मन पर्छ । र, चेत दिने पनि त सुनीलकै सङ्गत हो ।

सन् २०१७ मा मेरो उपन्यास ‘अविजित’ भाइ भूपेन्द्र खड्काले छापे । विमोचन थियो क्लब डेजाभूमा । सुनील नआउने कुरै भएन । हूलमूलमा कतिखेर को–को आए हेक्का राख्न गाह्रो हुन्छ । तर, सुनील आएको मलाई सम्झना छ । तर, ऊसले के बोल्यो त्यो भने दिमाग व्यस्त भएको वेला यादै रहेन । पछि युट्युबमा भाइ विशारद बस्नेतले राखेको भिडियो क्लिपमा सुनीलले बोलेको सुन्दा म भावुक बन्न पुगेँ । ऊसले भनेको थियो, ‘इट्स ग्रेट अनर टु बी ह्यर, विप्लव प्रतीकको बुक रिलिजमा ।’ सबैले दोहो-याइरहने वाक्य हो त्यो । तर, त्यो ऊसको आत्माबाट आएको अभिव्यक्ति हो भनेर महसुस गर्न मलाई आधा पल पनि लागेन । र, भनेको थियो, ‘मैले विप्लवको बुकको मार्केटिङ गर्नु कुनै जरुरी छैन, यु अल लभ हिम एन्ड विल बाई दि बुक ।’

तपाईँहरू सबै विप्लवलाई एक्नलेज गर्नुहुन्छ र आई एम भेरी प्राउड टु बी हिज फ्रेन्ड पनि भनेको थियो । ऊसको हृदयको आवाज थियो त्यो । मेरोअगाडि कहिले नबोल्ने कुरा त्यतिखेर अतिथिहरूलाई सुनाएको थियो उसले । एउटा कुरा भन्न मन लाग्यो– अहिले हाम्रो समाजमा एक–अर्काको ढाड कन्याइदिने नयाँ विधि आएको छ । त्यो विधि राम्रो वा नराम्रो भनेर सोच्न मलाई फुर्सद छैन । तर, यतिचाहिँ अवश्य भन्न सक्छु हामी दुई एक–अर्काका क्रिटिक हौँ, आ–आफ्नो कामबारे एक–अर्कासँग छलफल गर्छौँ, बहस गर्छौँ, बिमति राख्छौँ, सहमत हुन्छौँ, तर आ–आफ्नो ढाड भने आङ बङ्ग्याउँदै सही, आफैँ कन्याउँछौँ । 

ऊबारे म निकै लामो लेख्न सक्छु, लिपपोत नगरी, रङरोगन नगरी, पूरा इमानदारीका साथ र सत्य घटनामा आधारित । ऊसले जीवनमा कति असह्य दर्द झेल्यो मलाई थाहा छ । कति अकल्पनीय प्रहार सह्यो, म वाकिफ छु । रमाइलो कुरा, रमाइलो मात्र होइन– मलाई प्रेरणा दिने कुरा– ऊसले प्रहार छलेन, ऊसले दर्द छलेन, झेल्यो र सह्यो । अर्को गजबको कुरा झेलिसकेपछि, सहिसकेपछि फेरि मुस्कुरायो । ऊसले आफ्ना व्यथा रोएर सुनाएन मलाई । आफ्नो लडाइँ फत्ते गर्न सहारा पनि मागेन । आफ्नो युद्ध आफैँ लड्ने ऊसको जीवनदर्शन भएकाले होला । यी सबै सम्झिँदा मलाई बडो आनन्द लाग्छ । त्यसले मलाई अन्धकारमा रोशनी देखाउँछ । तर, सबलाई सुनाउन सक्दिनँ, किनभने अरूका लागि त्यो फगत् जानकारी मात्र हुनेछ । त्यसमा भएको रस त हामीले पिइसकेका हुनेछौँ । 


कहिलेकाहीँ एकान्तमा के–के सम्झिँदा मलाई मेरा आत्मीय साथीहरूको याद आउँछ । तीमध्ये सुनीलको सम्झना आएको अवसरमा भने हिन्दुस्तानी कवि इन्दरराज आनन्दका यी पङ्क्ति सम्झिन्छु, जो सुनील आफैँले मलाई कुनै दिन सुनाएको थियो, अनि सस्वर वाचन गर्छुः
बू–ए–गुल*, गुल** में रहके भी रह ना सकी
हम कांटो पे रहे, पर परेशां ना हुए ।
         ––
* बू–ए-गुलः सुगन्ध
** गुलः फूल