• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवनपानी
२०७६ श्रावण १८ शनिबार १३:०४:००
सम्झना

ऐनामा ब्राजाकीको चेहरा

साइत : ब्राजाकी जन्म

२०७६ श्रावण १८ शनिबार १३:०४:००
जीवनपानी

जिज्ञासा र संवेदनशीलताका बुद्घिमान् र सक्रिय विद्यार्थी हुन् मनु ब्राजाकी । आगो नछोएसम्म आगोले पोल्छ भनेर विश्वास गर्दैनथे उनी । सप्रमाण ज्ञान प्राप्तिका यस्तै हुटहुटीले देख्नेका नजरमा उनलाई बहुलठ्ठी, झल्लो र घुमन्ते देखायो । एक कचौरा ज्ञानले उनको अपरिमित जिज्ञासा र संवेदनशीलताको प्यास मेटिँदैनथ्यो ।

१५–१६ को उमेर । भर्खरै बनारसमा कक्षा ६ मा पढ्दै थिए । यो उमेर सानो हो । तर, उनका जिज्ञासा निकै पाका र अनुभवी थिए । त्यतिवेलादेखि नै उनका यिनै जिज्ञासाले उनलाई बनारसका पुस्तकालयहरूसँग परिचित गरायो । त्यसैले त्यहाँको जनजीवन र हिन्दी साहित्यको अध्ययन गरायो ।

अध्ययनको यही मलजल र उपयुक्त मौसमले उनको जिज्ञासामा करिब २ वर्षपछि एउटा नयाँ पालुवा पलायो– ‘यदि जनजीवनमा बोलिने स्थानीय भाषाको ज्ञान हुने हो भने योस्तरको साहित्य नेपाली भाषामा पनि लेख्न सकिन्छ ।’ जिज्ञासाको यही मधुरात्रि थियो– उनीभित्र नेपाली साहित्यले गर्भधारण गरेको । यो भ्रूणको मलिलो विकासका लागि उनी नेपाल आउनुपथ्र्यो ।

काशीवास जान लागेका हजुरबुबाले आठ वर्षका उनलाई संस्कृत पढाउन बनारस लगेका थिए । नातिले संस्कृतमा सके शास्त्री, नसके उत्तरमध्यमासम्म भए पनि गरोस् भन्ने उनको चाहना थियो । यो पढाइ नसकी उनीसँग नेपाल आउने अनुमति लिन सजिलो थिएन । यसका लागि उनले हजुरबुबाका अगाडि विभिन्न कलात्मक निहुँहरू सजाउन थाले ।

अन्तत ः कक्षा ९ र १० पढ्न उनले हजुरबुबाबाट नेपाल आउने अनुमति पाए । अनि, विसं. २०१७ तिर पहिलोपटक जहाज चढेर उनी पोखरास्थित आफ्नो पुख्र्यौली थलो लामाचौरमा आइपुगे । त्यहाँ उनी आफ्ना स्वर्गीय माइलाबुबाको घरमा उनका परिवारसँग बस्न थाले र पोखरा टुँडिखेलस्थित ‘मल्टिपर्पस नेसनल हाइस्कुल’ मा कक्षा ९ मा भर्ना भए ।

स्कुलबाट नजिकै ‘बगर’ भन्ने ठाउँमा उनकी फुपूको घर थियो । उनी आस्तिक थिइन् । तन्त्रमन्त्रमा विश्वास गर्थिन् । भदाहाको डुलुवा बानी उनलाई कत्ति मन परेको थिएन । एक दिन तिनै फुपूले उनलाई लिएर तान्त्रिकबाबाकहाँ पुगिन् । उनको डुलुवा बानीको तान्त्रिक विधिबाट नियन्त्रणका लागि बाबासँग आग्रह गरिन् ।

उनको जिज्ञासालाई ‘के खोज्छस् कानो ? आँखो !’ भइहाल्यो । उनलाई तन्त्रमन्त्र जान्ने हतारो भयो । यसका लागि उनले तान्त्रिकबाबासँग संगत गर्न थाले । स्कुलबाट फर्किँदा बारम्बार बाबालाई भेट्न थाले । बाबाको संगतबाट तान्त्रिक ज्ञान ‘हातमा लाग्यो शून्य’ भए पनि बाबाले आँखा चिम्लिन लगाएर आमाको स्मरण गराउँदै सिनित्त पार्न लगाएको भगवतीको प्रसाद (मदिरा) भने उनलाई गज्जब लाग्यो । यसरी तान्त्रिकबाबाको झुपडीबाट विसं. २०१७ मा साइत गरेको उनको मदिरायात्राले विसं. २०७४ मंसिर २३ मा आएर सदाका लागि आराम लियो । किन्तु उनको यो मदिरायात्रा, उनको लेखनयात्रामा लेख्नेले लेखेजस्तो र भन्नेले भनेजस्तो कहिल्यै तगारो बनेन । दुवै हातेमालो गर्दै एक–अर्काको परिपूरक र उत्प्रेरक बन्दै समान गतिमा अगाडि बढिरहे ।

ब्राजाकी वेश्यालय जान्थे । तथाकथित सभ्य भनिएको समाजलाई बुझ्न वेश्याहरूसँग संगत गर्थे । तर, वेश्यागमन गर्दैनथे ।

विसं. २०७४ माघ १९ गते शुक्रबार । कलमको पहारिलो न्यानो हामीमाझ छाडेर उनको जिन्दगीको घाम अस्तायो । उनी आपूmलाई ईश्वरवादी होइन भन्थे । उनले भने पनि उनको कला, विचार र विवेकपूर्ण लेखन र समाजमा त्यसको उपयोगिता बुझ्न सामथ्र्यवान् सुधीपाठकहरूले उनलाई आ–आफ्नो हृदयको मन्दिरमा ईश्वरको आसन दिएका छन् । उनीहरूको कामना हो– ‘उनी चिरायु रहून् । उनको चुरोट र मदिरा सेवनको लत हटोस् । उनका सिर्जनाले नेपाली साहित्यको जरामा सिँचाइ गरोस् । उनले फलाएका सिर्जनाका फलपूmलले पाठकहरूको मनमस्तिष्क स्वस्थ भइरहोस् ।’

 मनुले सम्पूर्ण जीवन पढाइलेखाइमै बिताए । उनी पढ्न र लेख्नकै लागि जन्मेका हुन् भन्दा तथ्य र कारणबाट ज्यामितिका साध्यलाई प्रमाणित गरेजस्तै न्याय हुन्छ । उनले जीवन पढे, ‘लेख्नका लागि’ र जीवन लेखे, ‘पढ्नका लागि’ । लेखन निकै जिम्मेवारीपूर्ण काम हो । उनले कहिल्यै ससेवन लेखेनन् । अमेरिकी कथाकार ओ हेनरी ब्राजाकीलाई निकै मन पर्ने कथाकार हुन् । स्कच ह्विस्की र चुरोटविना उनी लेखनमा केन्द्रित हुनै सक्दैनथे ।

त्यसैगरी ब्राजाकीलाई पनि लेख्नुपूर्व चिन्तन–मननमा संकेन्द्रित हुन अभ्यासरत दुई कुराको जरुरत हुन थाल्यो– निरुद्देश्य भौँतारिनु वा मदिरासेवन गर्नु । यसर्थ पाठकहरूको दीर्घायुको कामना उनको मदिरासेवनको विकल्प बन्न सकेन । चुरोट र कवितासँगको उनको जस्तै परिपूरक यात्रा महाकवि लक्ष्मीप्रसाद देवकोटामा पनि थियो । कविता लेखनका वेला उनी आफ्नै पाण्डुुलिपि जलाएर चुरोट सल्काएको चालै पाउँदैनथे । त्यस्तै, गाँजा र गायनसँगको सहयात्रा स्वरसम्राट् नारायणगोपालले पनि गरेका थिए । चार पैसाको पूmलमार चुरोटमा गाँजा भरेर मजाले तान्नु उनलाई गायनजत्तिकै प्रिय लाग्थ्यो । 

मनुको मदिरासेवन भनेको ज्ञान प्राप्तिको जिज्ञासा हो । अरूले हिँडेको बाटोमा नहिँड्ने, परम्पराको प्रिय नहुने र प्रचलित कुराहरूको विकल्प खोज्ने बानी हो । मदिराका विषयमा उनलाई धेरै प्रश्नहरू सोधिए । जवाफमा उनी ‘मदिरा खानु र नशाले अभिभूत हुनु कुनै ठूलो कुरा होइन । म मदिरासेवन गर्छु । मदिरासेवन गरेर सडकमा सुतेको छैन । कसैसँग शत्रुभावापन्न वार्तालाप गरेको छैन । बरू मैले तँ भन्नेलाई तपाईं भने हुँला, तपाईं भन्नेलाई तँ कहिल्यै भनिनँ । त्यसैले म पियक्कड साहित्यकारहरूको अग्रणीमा राखिएको हुँला’ भन्थे । 
 मान्छे रुचिको दास हो । जसको जेमा रुचि हुन्छ, ऊ त्यसैको अधीनमा हुन्छ । ब्राजाकीको व्यक्तित्वमा समानान्तर दुइटा पाटा थिए– मदिरासेवन र लेखन । उनको मदिरासेवनमा रुचि राख्नेले रुचिका सुप्पोमा मदिराका कैफियत निफन्थे भने लेखनमा रुचि राख्नेले उनका लेखनका कैफियतहरू निफन्ने गर्थे । त्यसो त मदिरासेवन गरेर उनलाई न टोलको दादा बन्नु थियो न त कसैको रुचि परिवर्तन गर्ने अध्यापक नै ।

मदिराप्रेमी वरिष्ठ सहकर्मी इष्टहरूले उनको लेखनीमा आजसम्म मरुभूमिको तातो बालुवा र त्यहाँ देखिने मृगतृष्णाबाहेक अरू फरक देख्नै सकेनन् । उनका विषयमा उनीहरूको बुझाइको आपतित किरण जहिले पनि मदिराबाट मदिरातिरै पूर्ण आन्तरिक परावर्तन भइरह्यो । उनको लेखनको शक्तितर्फ त्यसको आवर्तन हुनै सकेन । उनीहरूका चिन्तन जहिले पनि मनुका घरभित्रका र भट्टीभित्रका क्रियाकलापमा सीमित रहे । 

जस्तै– मनुले के खान्छ ? के लगाउँछ ? कसरी लगाउँछ ? बेलुका कति बजे सुत्छ ? बिहान कति बजे उठ्छ ? हप्तामा कतिचोटि नुहाउँछ ? दिनमा कतिवटा चुरोट खान्छ ? कुन चुरोट खान्छ ? रक्सी कति खान्छ ? कुन रक्सी खान्छ ? किन खान्छ ? इत्यादि कुरामा केन्द्रित हुन्थे । अनि, यस्तै संकलनमा उनका संस्मरण छपाउँथे । अझै पनि छपाउन अभ्यस्त छन् । मनुले के लेख्यो ? कस्तो लेख्यो ? किन लेख्यो ? केका लागि लेख्यो ? समाजमा यसको के उपयोगिता छ ? यस विषयमा उनीहरूको कुरै हुँदैनथ्यो ।

कागहरू कराउँदै गरे, पिना सुक्दै रह्यो । कान लग्यो भन्दैमा कागको पछि उनी कहिल्यै दौडिएनन् । उनले यस्ता झिनामसिना टीका–टिप्पणीमा वास्तै गरेनन् । सम्झिनेहरूले त रक्सीचुरोटमा उनलाई कति सम्झिए कति ? अभैm सम्झिरहेछन् । तर, उनीहरूको सम्झनाले मनुलाई कहिल्यै बाडुल्की लागेन । उनका खुट्टा तान्नेहरू वर्षातका जुकाभैmँ सलबलाइरहे । ‘खुट्टा तान्नेले खुट्टै छुनुपर्छ, त्यस्ताले शिर छुन सक्दैन’ भन्दै खुट्टा तान्नेको बद्ख्वाइँ गर्ने इच्छा उनमा कहिल्यै जागेन ।

व्यर्थैका यस्ता कुरामा टाउको दुखाएर उनले सिटामोलमा एक पैसा खर्च गरेनन् । उनका कथालाई नांगो यौनकथाको दर्जामा पुर्‍याएर हुन्छ वा रक्सी र चुरोटको पासोमा पारेर हुन्छ, केही सिकारी समीक्षकहरू उनलाई सिकार बनाउन चाहन्थे । उनले एउटा कुरामा लेख्थे, चर्चा अर्कै कुरामा हुन्थ्यो । चियागफमा समालोचकका यस्तै बौद्धिक दरिद्रता सुनाउँदै उनी आँखा छोपिने गरी गाला उचालेर खुब हाँस्थे ।

सम्झिनेहरूले त रक्सीचुरोटमा उनलाई कति सम्झिए कति ? अभैm सम्झिरहेछन् । तर, उनीहरूको सम्झनाले मनुलाई कहिल्यै बाडुल्की लागेन । उनका खुट्टा तान्नेहरू वर्षात्का जुकाझैँ सलबलाइरहे ।

लेखनको अमरताका लागि उनी स्वतन्त्र लेखनको महत्व र अस्तित्वमा विश्वास गर्थे । उनी भन्थे, ‘जीवन र साहित्यको सम्यक् र सटीक परिभाषा छैन । धर्मोपदेशकहरूको निर्देशनानुसार जीवन हिँड्दैन । समालोचकहरूले बनाएको परिभाषाअनुसार साहित्य लेखिँदैन । उनीहरूको टिप्पणी र विश्लेषणले कुनै पनि लेखक जीवित हुनुहुँदैन । रचनाको अन्तिम निक्र्यौल त पाठकले नै गर्छन् ।’

‘झिनामसिना कुराहरूको अन्त्य छैन, ती घटिरहन्छन् र मानिसहरू यस्तै झिनामसिना कुराहरूमा अलमलिइरहन्छन् । उनीहरूले कुन बाटो गन्तव्यमा पुग्छ, थाहै पाउँदैनन् । त्यसैले उनीहरू ईश्वरसम्म पुग्ने बाटो जान्दैनन् । प्रायः मानिसहरू तुच्छ कुरामा नै अलमलिएका हुन्छन् ।’ म्याक्सिम गोर्कीको यो बुझाइलाई ब्राजाकीले आफ्ना समालोचकहरूको बौद्धिक दरिद्रताबाट बुझेका थिए । र त, तिनीहरूका स–साना टिप्पणीमा उनी दुवै कानमा तेल चुहाएर बसिदिन्थे ।

परन्तु ‘मनु ब्राजाकी तराईको अश्लील कुरा र यौन तथा रक्सीबाहेक केही लेख्दैन र लेख्न पनि सक्दैन’ भन्ने ईश्वर बरालको टिप्पणीमा अन्तर्वार्ताकारलाई भने उनले यस्तो प्रतिक्रिया दिएका थिए, ‘उहाँजस्तो पवित्रतावादी र शुचितासम्पन्न ठूलाबडाबाट मेरो लेखनबारे यत्रो टिप्पणी हुनु नेपाली साहित्य जगत्को सटीक सौभाग्य हो । आत्मा भन्ने कुराको कतै अस्तित्व छ भने उहाँको आत्माले शान्ति पाओस् ।’ त्यसो त कुरा काट्नेको खाँचो कुनै युगमा पनि कमी थिएन । यो त अझै कलियुग ।

 ब्राजाकी वेश्यालयमा जान्थे । तथाकथित सभ्य भनिएको समाजलाई बुझ्न वेश्याहरूसँग संगत गर्थे । तर, वेश्यागमन गर्दैनथे । त्यहाँका घटनालाई कथामा दुरुस्तै उतार्थे । साहित्य समाजको ऐना हो भन्ने, तर समाजको वास्तविकता साहित्यमा उतार्न डराउनेहरूको ठूलो भिडमा उनी एक्लो बृहस्पति भएर डटिरहे । जरुर, ब्राजाकी चुरोट तान्थे । मदिरासेवन गर्थे । अध्ययनार्थ जहीँतहीँ भौँतारिन्थे । किन्तु, उनले तानेको चुरोटको धुवाँले तिनै छुल्याहाहरूको फोक्सो खराब हुँदै जान्थ्यो । नशाले अश्लीलतासम्म पुग्ने गरी तिनै मात्तिन्थे र उनलाई डुलुवा भन्दै आफैँ बरालिन्थे । अनि तिनैलाई मनुले आफ्ना कथाका प्रमुख पात्र बनाउँथे । यसरी मनुलाई कमजोर बनाउँछु भन्नेहरू स्वयं थलिँदै जान थाले । उनको लेखकीय व्यक्तित्वलाई अवमूल्यन गर्दै जाँदा आफैँ मूल्यहीन भएको पत्तै पाएनन् उनीहरूले ।

 सतहबाट हेरेर समुद्रको पिँधमा रहेको मोती देखिँदैन । समाज पनि यस्तै हो । दृश्य समाज भनेको पानीमा तैरिएको बरफजस्तै हो । मुस्किलले यसको दश प्रतिशत पानीबाहिर हुन्छ भने बाँकी नब्बे प्रतिशत पानीभित्र हुन्छ । यसैले अधिकांश क्षेत्रफल ओगटेको अदृश्य समाजको मन्थन नगरी दृश्य समाजबाट प्रशस्त र शुद्घ नौनीको आशा गर्नु कोइलीको अन्डालाई कागले आफ्नो अन्डा भन्दै ओथारो बस्नुजस्तै हो । 

यो वास्तविकतालाई मनुका जिज्ञासा र संवेदनशीलताले प्रमाणित गरिसकेका थिए । यसर्थ जहाँ दुर्योधन र दुःशासनजस्ता नरगर्दभहरूबाट अबला द्रौपदीहरूको चीरहरण हुन्छ र पाण्डवजस्ता नैतिक नीतिका न्यायाधीशहरूका मुख सिलाइन्छ र उनीहरूमाथि निर्मम कोर्रा लगाइन्छ त्यस्ता अँध्यारा ठाउँमा पुग्नुलाई उनले आफ्नो तीर्थाटन सम्झिन्थे भने त्यहाँका कारुणिक पाश्र्वगानलाई आफ्ना शब्दमा छायांकन गर्नुलाई महाकविले भनेभैmँ ‘उद्देश्य के लिनू ? उडी छुनु चन्द्र एक’ ठान्थे । 

 यसैले त उनका कथाहरू अदृश्य समाजमा छायांकन गरिएका शब्दसिनेमा जस्ता लाग्छन् र उनी शब्दसिनेमाका कुशल निर्माताझैँ । यिनै शब्दसिनेमाका लागि कच्चा सामग्री संकलन गर्न उनी तिनै चमेरे गुफाजस्ता कहालीलाग्दा लुकेका समाजमा पुग्थे, र फर्किन्थे सभ्य भनिएको समाजका बादशाहहरूको अन्तव्र्यापारको दुरुस्त तस्बिर खिचेर ।

‘उक्लिनु भिरबाट झर्नु पनि हो । शिखर सदैव आकाशमा हुँदैन, आफ्नो गतिलाई प्रगति मान्ने प्रचलन प्राचीन हो ।’ ब्राजाकीको यो भनाइ उनको उत्कट जिज्ञासा र अत्यन्त संवेदनशीलताको निष्कर्ष हो । उनले जीवनभर गरेका हरेक फरक कर्महरूको तस्बिर हो र मेरो ऐनामा सर्वदा प्रतिबिम्बित हुने उनको आकर्षक चेहरा हो ।