• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यादव खरेल
२०७७ जेठ ३ शनिबार ०८:११:००
साहित्य

स्वाधीनता बेच्दैनौँ 

२०७७ जेठ ३ शनिबार ०८:११:००
यादव खरेल

 

‘स्वाधीनता बेच्दैनौँ’ नारा लगाऊ,
नेपाली हो सबले बल लगाउँदै 
‘बन्दकीमा राख्लान् देश’
दक्षिणबाट नेता फर्के पुच्छर हल्लाउँदै  

 

घरको झगडा विदेशमा लानेदेखि होसियार 
बिन्तीपत्र बोकी पारि जानेदेखि होसियार 
विदेशीलाई नागरिकता बेच्नेदेखि होसियार 
तराई–पहाड एकताको छिन्न नदिऊँ तार 
‘राष्ट्रियता’ मार्लान् हाम्रो, 
सत्ताको कुर्सी पाउन कूटनीतिक छल लाउँदै
‘स्वाधीनता बेच्दैनौँ’ नारा लगाऊ
नेपाली हो सबले बल लगाउँदै 

 

हाम्रो भूमि सिमानामा मिच्नेदेखि होसियार 
सानो ठानी छिमेकीलाई थिच्नेदेखि होसियार 
संसारको सन्धि, कानुन नाघ्नेदेखि होसियार 
एकाधिकार जलस्रोतमा माग्नेदेखि होसियार 
लिम्पियाधुरा हराउला, 
नेपाली भूमिमा छिमेकीको भल लाउँदै 
स्वाधीनता बेच्दैनौँ नारा लगाऊ 
नेपाली हो सबले बल लाउँदै 

 

सोझासाझा नेपालीलाई ढाँट्नेदेखि होसियार 
नेपाललाई टुक्र्याउन आँट्नेदेखि होसियार 
देशभित्रै को–को छन् चिनिराख मतियार 
नुन खाने विदेशीको सबैदेखि होसियार 
‘सार्वभौम’ जग हाम्रो पल्टाउने हुन् कि क्या हो 
विदेशीको गल लाउँदै 
स्वाधीनता बेच्दैनौँ, नारा लगाऊ