• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
दुर्गालाल श्रेष्ठ
२०७७ पौष १८ शनिबार ०७:३७:००
साहित्य

स्वनाम साथीको निधन

कविता

२०७७ पौष १८ शनिबार ०७:३७:००
दुर्गालाल श्रेष्ठ

तिम्रो जानु
मलाई लाग्यो—
आएर गयो यौटा !
मानौँ यो मृत–
बस्तीलाई
छोएर गयो द्यौता !

 

विश्वास त हो
छैन तरै पनि
कड्की मेघ अपर्झट्
पानी परे
नमानूँ कसरी
त्यो द्यौताको सत् ?