• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
राधा पौडेल 
२०७८ जेठ २२ शनिबार ०८:४९:००
समाज

महिनावारी विभेदको सामाजिकीकरण

२०७८ जेठ २२ शनिबार ०८:४९:००
राधा पौडेल 

बालबालिकालाई मर्यादित हुर्काउन घरमा कुनै पनि किसिमको महिनावारी बारिनु हँुदैनकाठमाडौंमा सरकारी जागिर खाने, राष्ट्रिय पत्रिकामा निरन्तर लेख्ने एकजना पुरुष मित्रले महिनावारीका बारेमा कुरा गर्दागर्दै भन्नुभयो, ‘मेरी छोरी तीन वर्षकी भइन् । उनलाई उनकी आमा नछुनी भएको थाहा छ । तर, मैले उनकी आमालाई यो कुनै संस्कार होइन भनेर मनाउन सकेको छैन ।’ यो प्रतिनिधि घटना मात्र हो । सुन्दा यो जति सामान्य लाग्छ त्यति सामान्य बिलकुलै छैन । अधिकांश शिक्षित महिला, अभियानमा लागेकाहरूमा देखिने यो साझा अभ्यास हो । उनीहरूलाई लाग्छ– यो संस्कार हो, आराम हुन्छ । आदि आदि...।

 

सामान्यया बच्चाहरूले सिक्ने भनेको उनीहरूको वरपरजस्तो घटना घटिरहेका छन् त्यसैबाट हो । आफ्नो शरीर, आफ्नो इच्छा, आफ्नो परिवार, घर आदिसँग जोडिएका तर्कवितर्क आदिका ती घटना परिघटनाहरू सम्झने, बिर्सने, चित्त दुख्ने, रमाइलो लाग्ने, आत्मविश्वास जगाउने, आफ्नो शरीर, आफ्नो परिवार, घर आदिसँग जोडिएका तर्कवितर्क आदिका आधारमा घटनाहरूले मस्तिष्कमा वास गर्छन् । घटनाहरू दोहोरिँदै गएपछि बानी पर्छ अर्थात् एडिक्सन हुन्छ । माथि भनिएको छोरीको उमेरमा उनकी आमालाई राखेर हेर्दा यदि करिब १३ वर्षमा पहिलोपटक महिनावारी भएको भए, लगातार अर्थात् १० वर्षमा आमा, हजुरआमा, सानिमा, दिदी, फुपू, छिमेकका आमा, दिदी, फुपूहरू आदिबाट निम्नलिखित कुराहरू अनौपचारिक रूपमा थाहा हुन्छ जस्तो– महिनावारी भएपछि भान्सामा नजाने, सँगै बसेर नखाने, दूध–दही खान नहुने, अमिलो फल, खानेकुरा खान नदिने, घरका सदस्यलाई नछुनी, झुक्किएर छोइएमा सुनपानी छर्कने, छुइने व्यक्तिले नुहाउनुपर्ने वा जनै फेर्ने, फलपूललको बिरुवा नछुने, बिउबिजन नछुने, पूजा नगर्ने, पूजाआजामा नजाने, प्रसाद नखाने, बाहिरको काम गर्ने, आपूmले प्रयोग गरेका लुगा भाडा छुट्टै राख्ने, रातिराति उठेर नुहाउने, लुगा धुने, लुगाहरू छुट्टै सुकाउने, छुट्टै सुत्ने, कम्तीमा पनि चार दिनमा आपूmले प्रयोग गरेका सबै लुगा धुने, सुतेको ठाउँ पोत्ने, पोत्न नमिल्ने भए सुनपानी छर्ने, गहुँत छर्ने आदि ।

 

यसका अतिरिक्त घरमा पूजाआजा भएका वेला कुनै पनि महिनावारी भएकी महिलाहरू नआउने वा कसैकोमा पनि नजाने, कसैको बिहे रहेछ भने टाढाबाट लुकेर हेर्न लगाउने, घरमा ठिक्क पारेको श्रद्धजस्ता पूजा सार्ने, कोही जन्मेको वा मरेको ठाउँमा जान वा देखिन नपाउने आदि पनि देखिरहेका हुन्छन् । उमेर बढ्दै गएपछि कतिपय अवस्थामा उनलाई नै समान वा खानेकुरा ओसारपसार गर्न पनि लगाइन्छ । छरछिमेकमा कोही न कोही महिनावारी भइरहने हुनाले यस्ता देख्न, सुन्न, पाइरहने हुन्छ । अझ गाउँमा कोही पहिलोपटक महिनावारी भएको रहेछ, कुनै छिमेकीकोमा बसेको रहेछ भने महिनावारीको रगत अशुद्ध हो, फोहोरो हो त्यसैले के–के गर्न हुन्छ के–के गर्न हुँदैन, किन गरिँदैन वा गर्न हुँदैन भनी कुरा सुन्नमा आइरहन्छ । वेलावेला छेडपेच गरेर तिमीलाई पनि यस्तै हुन्छ, जति नै मायाले हुर्काए पनि त्यही हो । नछुने नै हो भनेको सुन्न पाइन्छ । अलिक उमेर पुगेपछि अब यसको पालो वा तेरो पालो हो हाम्लेझैँ गर्नुपर्छ, छोरी भएर जन्मेपछि... भनेर सिकाइन्छ । चाडपर्वहरू वर्षैभरि आउँछन्, कोही न कोही मर्ने–जन्मने पनि भइरहन्छ । त्यहाँ जाने नजाने, जान हुने नहुने अवस्थाका कुरा आइरहँदा महिनावारीको रगत पनि घरीघरी आइरहन्छ । अझै ऋषिपञ्चमी त महिनावारीको पाप पखाल्नका लागि हरेक वर्ष आइरहन्छ । ऋषिपञ्चमी त एक दिन आउँछ, तर त्यो दिनमा चोखिनका लागि प्रयोग हुने दतिवन त घर–आँगन वा बगैँचामा वर्षभरि ढलपल गर्दै हुर्किरहन्छ र छोरीहरूलाई खबरदारी गरिरहन्छ ।

 

ऋषिपञ्चमी त एक दिन आउँछ,तर त्यो दिनमा चोखिनका लागि प्रयोग हुने दतिवन त घर–आँगन वा बगैँचामा वर्षभरि ढलपल गर्दै हुर्किरहन्छ र छोरीहरूलाई खबरदारी गरिरहन्छ ।

 

घरमा आमा–हजुरआमाहरू कुराकानी गर्दा पनि अब यो फुट्छे, पड्किन्छे वा महिनावारी हुन्छे, छोरीको जात न हो भनेर कुरा गरेका वेलावेला सुनिन्छ । कहिले उनीहरूको शरीरको विकासलाई लिएर पुनः महिनावारी हुनुपर्छ, हुन्छे, के–के गर्नुपर्छ भन्दै गर्दा जान्ने भएदेखि वा आमाले महिनावारी भएर भान्सामा नगएदेखिका कुराहरू पुनर्ताजगी भइरहन्छन् । महिनावारी हुनुपर्ने र बार्नुपर्ने छोरीहरूका लागि अनिवार्य सर्त स्थापित भइरहन्छ ।

 

स्कुल जान थालेदेखि महिनावारी हुनुअघिसम्म महिनावारी बार्ने चलनको कुरा विभिन्न बहानामा आइरहन्छन्, तर कसैले पनि यो असत्य हो, हामीले यस्तो चलन हटाउनुपर्छ भन्न सक्दैन । आपूmसँगै पढ्ने तर महिनावारी हुने वा आफूभन्दा ठूलो कक्षा पढ्ने दिदीहरूले पनि महिनावारीका वेला खस्याकखुसुक मात्रै गर्छन् । सकेसम्म कसैलाई थाहै दिँदैनन् । महिनावारी भयो भनेर नै भनिँदैन । भनिन्छ त लेडिज प्रोबलम वा हेडेक यस्तै नाममा लुकाइन्छ । स्कुलको कुनै पनि अतिरिक्त क्रियाकलापमा महिनावारीको बहस हुँदैन । भित्तोमा टाँगिने वा पोतिने जानकारीमा महिनावारीसम्बन्धी केही कुरा लेखिएको वा झुन्ड्याइएको हुँदैन । शिक्षिकाहरू महिनावारी भएका वेला कि आपैmँ स्कुल आउँदैनन् आए भने छुट्टै बसेर खाने–बस्ने गर्छन् ।

 

पल्लो घरका काकाले काकीलाई भनेको सुन्छन्, जोखना देखाउँदा महिनावारी भएका वेला छुइछाइ भएर बिरामी परेको रे । पण्डितबा बाटामा भेट्दा पनि कहिले सम्झाएझैँ कहिले तर्साएझैँ भन्छन् ‘आजकाल महिनावारी नबारेर यिनीहरूले सबै नाश गरे छुडुलीहरू ।’ 

 

ती नानीकी आमा आफू बच्चा हुँदा महिनावारी अशुद्ध, फोहोरी रगत हो भनेर सुन्दासुन्दा त्यही सिकेर आएकी हुन्छिन् । उनले महिनावारी बारेन भने आपूmलाई, आफ्नो परिवारको सदस्यलाई हानि हुन्छ, त्यसैले बार्नुपर्छ भन्ने सोचको विकास हुन्छ । घर वा कुलको सम्पत्ति वा प्रतिष्ठा जान्छ त्यसैले विनासर्त बार्नुपर्छ । यदि नबारेर हुने भए हाम्रो धर्मग्रन्थ, हाम्रा पण्डित, हाम्रा बा, हाम्रा पुरुष शिक्षक, हाम्रा पुरुष पत्रकार, हाम्रो नेता, हाम्रा प्रधानमन्त्री र हाम्रो राष्ट्रपति किन यसलाई प्राथमिकता दिँदैनन् वा किन कुरा गर्दैनन् ? त्यसैले बार्नुपर्छ । म पनि बार्छु । यही सोच समाजमा हाबी छ । 

 

महिनावारी हुनुपूर्व नै उनलाई के–के गर्ने, के–के नगर्ने, किन नगर्ने सबैकुरा थाहा मात्र हैन कि आत्मसात् नै गरिसकेको हुन्छिन् । कतिपय अबस्थामा यसरी हुर्किएकी उनलाई महिनावारी भएको दिन सुरुमा नराम्रो, नरमाइलो, दिक्क लागे पनि, रुन मन लागे पनि, रोए पनि कसैले नभनीकनै खुरुखुरु बार्नुपर्ने कुराहरू बार्दाबार्दै जान्छिन् । 

 

यी माथि उल्लेखित घटना परिघटना एउटा जीवन थोरै इतिहास हो । तिनी छोरीको मनोवैज्ञानिक वा भावनात्मक विकासमा प्रभाव पार्न थालिसकेको हुन्छ जसको असर जीवनभर रहन्छ । कहिलेकाही यसको प्रभाव उनको शरीरलाई हेर्ने दृष्टिकोण, शरीरको आकार र कानसम्ममा पुग्ने गर्छ । यहाँ सामाजिक संरचना, घरपरिवार वा समाजको अन्तत्र्रिmया, घर–समाजले गरेको अपेक्षा र दौतरीहरूले भूमिका खेलेको हुन्छ । अझै महŒवपूर्ण कुरा के हो भने उनीहरूले पनि पुरुषलाई ‘पवित्र’ वा आपूmभन्दा ‘माथि’को मानकको रूपमा स्थापित गरिसकेका हुन्छन् । 

 

छोरीहरूको यो करिब सात वर्षको उमेर वा महिनावारी हुनुपूर्वको उमेर उनीहरूको आत्मसम्मान, आत्मबल, बार्गेनिङ क्षमता, कुनै तनावग्रस्त अवस्थाको व्यवस्थापन गर्नका लागि महŒवपूर्ण उमेर हो । यो समय उनीहरूका लागि आफ्नो जन्म घर, परिवार वा प्रकृति एक अद्भुत उपहार हो । उनीहरू मर्यादापूर्वक बाँच्न सक्छन् अन्यथा उनीहरूलाई यो वा त्यो बहानामा महिनावारी विभेद (निषेध गर्ने, लाज मान्ने, बार्ने, हिंसा) आफैँले निरन्तर गर्छन् मात्र हैन कि यसको उपजको रूपमा अन्य हिंसाहरूमा पर्दै जान्छन् । सहँदै वा चुपचाप रहँदै जान्छन् । महिनावारी विभेद हिंसाको कारण र प्रतिउत्पादन दुवै हो । घर, परिवार र समाजको नियम चुस्तदुरुस्त राख्न उनीहरूकै जिम्मा लिएका हुन्छन् । कसैले हेप्यो, यौनदुव्यबहार गर्यो भने पनि आफ्नै दोष देख्न थाल्छन् । आफैले नै सहनु पर्ने वा आहुति दिनुपर्ने अनुभूतिले उनीहरूलाई प्रोत्साहन गरिरहन्छ र जस्तोसुकै असहज परिस्थितिमा पनि सहेको अभिनय गर्न थाल्छन् । हँुदाहँुदा उनीहरू अन्तर्मुखी हुने, एकलकाटे बन्ने हुँदै उदासीपन, आत्महत्याको सिकार पनि बन्छन् । 

 

बालकले यो महिनावारीका कारण ऊ जन्मिएको र यो संसारको गति चलायमान भएकोे थाहा पाउनेबित्तिकै उसले कुनै पनि महिलालाई हेप्न सक्दैन । बालिकाले महिलासँग भएको यो दिव्यशक्ति थाहा पाउनेबित्तिकै हीनभावना बोकेर बाँच्दैन । 

 

मस्तिष्कको विकास गर्भभित्र र बाहिर हुन्छ, तर त्यसलाई कसरी फ्रेमिङ गर्ने, कस्तो सामाजिकीकरण गर्ने भन्ने कुरा अत्यन्तै जरुरी छ । उनीहरूको मस्तिष्कमा कसरी स्वतन्त्र, स्वनिर्णय गर्न सक्ने सोच, व्यवहारको सामाजिकीकरण गर्ने, प्रश्न गर्न सक्ने, आलोचक चेत कसरी भर्ने भन्ने महŒवपूर्ण हुन्छ । यहाँनेर बाबुआमा, स्कुल र बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले सोच्नुपर्ने देखिन्छ । यहाँनेर सरकार वा कसैलाई ठुल्ठूलो स्वरले धाराप्रवाह बोल्न सक्ने बालबालिकालाई राम्रो मान्नु आलोचक चेतको मानक नहुन पनि सक्छ ।

 

आजको समाजमा मर्यादा विकास गर्ने थुप्रै अवयव छन् । कति त सूचनामा ल्याउन पनि सक्ने अवस्था छैन । तथापि चाहे बालक होस् वा बालिका हामी (अभिभावक, स्कुल, सरोकारवाला, र राज्य) यो विषयमा गम्भीर हुनैपर्छ । बालकले यो महिनावारीका कारण ऊ जन्मिएको र यो संसारको गति चलायमान भएकोे थाहा पाउनेबित्तिकै उसले कुनै पनि महिलालाई हेप्न सक्दैन । बालिकाले महिलासँग भएको यो दिव्यशक्ति थाहा पाउनेबित्तिकै हीनभावना बोकेर बाँच्दैन । 

 

बालबालिकालाई मर्यादित रूपमा हुर्काउन घरमा कुनै पनि किसिमको महिनावारी बारिनु हुँदैन । एउटा बार्दा दिने अन्तर्निहित सन्देश र दर्जनाैँ बार्दा दिने सन्देश एकै हो, फोहोरी वा अशुद्ध । फोहोरसँग जोडिनेबित्तिकै आफूले आफूलाई सीमित घेरामा राख्न थाल्छन् चाहे त्यो बालक होस् वा बालिका । घरमा सिनेमा, किताब वा कुनै सामग्रीको सहयोगमा महिनावारीको कुरा सकेसम्म पुरुषले सुरु गर्ने र महिलाले थप्ने गर्‍यो भने झन् सहज हुन्छ । यो क्रम चलाइरहनुपर्छ वा एकपटक भनेर हुने होइन । त्यसैगरी स्कुलले पनि त्यससम्बन्धी सामग्रीको देखिने गरी प्रयोग गर्दै अतिरिक्त क्रियाकलापमा समावेश गर्नुपर्छ । अझै मानसिक र शारीरिक रूपमा तयारी गर्न कम्तीमा पनि तीन कक्षाबाट मर्यादित महिनावारीका बारेमा छलफल गराउँदै ६ कक्षामा सिकाइ सक्नुुपर्छ । किन कि त्यो कक्षामा पुग्दा अधिकांश महिनावारी भइसकेका हुन्छन् र उनीहरू सामाजिक भूमिकामा पनि आउन थालिसकेका हुन्छन् । 

 

महिनावारी प्राकृतिक भए तापनि यससँग जोडिएको विभेद जटिल, बहुमुखी र जन्मदेखि मृत्युसम्म छ । घरबाटै, बालबालिका तहदेखि नै मर्यादित महिनावारीका बारेमा बहस गर्नु भनेको यौन दुव्र्यवहार कम गर्न, चाँडो विवाह कम गर्न, प्रजनन स्वास्थ्य सुधार गरी लैंगिक समानता र सम्पूर्ण मानवअधिकारको प्रवद्र्धन गर्नु हो । महिनावारीको सघन बहसले समाजमा जकडिएको जातीय व्यवस्थालाई खुकुलो बनाउँछ । महिनावारीको दृष्टिकोणले जात जम्मा दुई हुन्छन् महिनावारी हुने र नहुने । महिनावारी हुने भन्नाले किशोरी, महिला, ट्रान्सम्यान, क्विर बुझाउँछ भने मर्यादित महिनावारीले जीवनचक्रभर नै महिनावारी हुनेहरूको मर्यादा वा मानवअधिकारको दाबी गर्छ । तसर्थ, मर्यादित महिनावारीको बहस गर्न ढिलो नगरौँ ।