• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ २९ शनिबार ०३:१५:००
सम्झना

बल्झिरहने अतीतहरू

उराठलाग्दो शून्यतामा पुराना सम्झनाहरू झनै बल्झिएर आउँदा रहेछन्

२०७८ जेठ २९ शनिबार ०३:१५:००

 

- सुकन्या वाइबा

 

‘आँसु हो अभिव्यक्ति महसुसको,’ चर्चित निबन्धकार कुमारी लामाका यी चार शब्दको विश्लेषण मलाई कस्तो लाग्यो भने उर्दु सायरको मुटु छुने पंक्तिले दिने मिठासजस्तो, व्ही शान्तारामको सौन्दर्य रसको पाराकाष्ठाजस्तो, रामकृष्ण परमहंशले साँझपख खेतमा उडिरहेका चराहरू देख्दा बेहोस नै हुने गरी प्राप्त गरेको उल्लासजस्तो । हो, आँसु हो अभिव्यक्ति महसुसको, मैले मनैमन थपेँ, हो माध्यम सञ्चारको । आँसु अभिव्यक्ति हो पीडाको र हो अभिव्यक्ति हर्षोल्लासको । तर, सीमातीत पीडाको परिणति कहिलेकाहीँ मृत्यु पनि हुने गर्दोरहेछ, आत्महत्याको छद्म भेषमा । अत्यधिक पीडाले पलायनतिर उन्मुख गराउँछ र पलायनलाई उन्मुक्तिको मार्ग ठानी क्रियाशील गराउने तŒव हो आवेग, हो त आवेग ? के म ठिक छु ? आवेग चाहे ईष्र्याले, चाहे क्रोधले, चाहे पीडाले प्रादुर्भाव गरेको होस् घातक नै हुन्छ– कि त पात्रले आत्महत्या गर्छ कि हत्या ।

 

क्षमायाचना । अहिले त मेरो हृदयमा ‘आत्महत्या’ भन्ने शब्द पानी उम्लेको जस्तो उम्लिरहेछ । यही परिवेशमा दुई प्रिय पात्र मेरैसामु उभिरहेको भान भइरहेछ– साहित्यकारद्वय भैरव अर्याल र नकुल सिलवाल । उनीहरूसँग परिचय गर्ने माध्यम तिमी नै त हौ, अपराजिता । उनीहरूलाई कमभन्दा कम मेरो हातको चिया पिलाउने सौभाग्य प्राप्त गरेकी छु । आप्mनो तरिकाले, मान्छेको नाताले बुभ्mने मौका पाएकी छु । उनीहरूको साहित्यिक गतिविधि तथा योगदानमा डुब्ने काम त तिम्रो हो, मेरो होइन ।

 

सुन, प्रतीक घिमिरे लिखित भैरवको आत्महत्या पनि व्यंग्य साहित्य (नयाँ पत्रिका, झन् नयाँ २८ असार २०७६) मैले पढेँ, दोहो¥याएर पढेँ । कति गहन ! तिमीलाई सबै बेलीविस्तार त लाउन सक्तिनँ, तर केही पंक्तिहरू यहाँ उद्घृत गर्न मुनासिब ठान्छु । ‘लक्ष्मी प्रसादमाथि पहिलो विद्यावारिधि गर्ने डा. कुमारबहादुर जोशी पे्रतात्माहरूसँग कुराकानी गर्दा रहेछन् । उनले आप्mनो पुस्तक ‘कुराकानी ः प्रेतात्मासँगको र अरूसितको पनि’मा लेखेका छन् । प्लान्चेट (पे्रतात्मासँग कुराकानी गर्ने एक किसिमको पद्धति)मार्पmत जोशी जैनेन्द्र जीवनसँग मिलेर महाकवि देवकोटा साथै भैरव अर्याललगायतसँग पनि संवाद गरेका रहेछन् ।’

 

‘तपाईं यसरी हामीलाई छाडेर जानुहोलाजस्तो लागेको थिएन, तर गइहाल्नुभयो । वास्तवमा तपाईंले आत्महत्या गर्नुको मूल कारण ?’

 

मेन्टल डिजिज (मानसिक रोग)

 

मानसिक रोगको नयाँ शब्दावली सायद डिप्रेसन ।

 

अर्को प्रसंंग रोचकलाई पत्र ।

 

‘एक शब्दमा म अहिले मसितै युद्घ गर्दै छु । चीन र भारतकै सीमा झगडाभैmँ म र मेरो अन्तरका बीच घमासान शीतयुद्घ र गरमयुद्घ चलिरहेका छन् । यति सम्झ विजय, मैले पाइनँ भने पराजय मेरो मृत्यु हुनेछ । पाएँ भने जीवनको दोस्रो सुनौलो अध्याय मैले प्रारम्भ गर्नेछु । अनि आउला तिम्रो भैरव गडगडाएर । (पृष्ठ ७५) लाग्यो, विजयी भएर गडगडाएर आएका भए हुन्थ्यो, तर विपरीत, कस्तो दुःखद !

 

अर्को पत्र रोचकजीलाई नै, प्रिय साथी, जीवनमा मैले तिमीजस्ता सहृदयी साथीहरू पनि पाए्ँ, जसले हर क्षेत्रमा मेरो उन्नयन भएको हेर्न चाह्यो । तर, सबै असफल । आज मेरो स्वास्थ्यको गति उपचारको बाहिर पुगेको देख्दा ऊ झन् कति खिन्न होला । सम्भव छ यो चिठी पुगुन्जेल म फर्किसकुँ, जताबाट आएथ्यो उतै फर्किसकुँ, तै पनि यी अन्तिम पंक्तिहरू आफ्ना साथीहरूसँग बिदाइ लिनको लालसामा कोरिँदै छन् । (पृ.–३३)

 

उक्त पंक्तिहरू सार्दा मेरा औँलाहरू थर्थराइरहेका थिए । आँखाहरू रसाएका थिए र मन भारी थियो । अब उप्रान्त सक्दिनँ, लेख्न बन्द गरुँ कि जस्तो लाग्यो । साँच्चै तिमीलाई सम्भेmँ, अपराजिता । तिमीले पनि अतिशय शारीरिक पीडामा मृत्युको चाहना नगरेकी होइनौ । मृत्युलाई एउटा मीठो छुटकारा मानेकी थियौ । धन्य, यतिमै सीमित रह्यो । तर, भैरवजीले छुटकारा नै रोज्नुभयो ।

 

हाम्रो ऐतिहासिक ‘पुतली सडकको डेरा’ जहाँ उही पुराना छाँटका मेचनुमा झ्यालमा बसेर कुनै दिन थाहा दर्शनका प्रतिपादक रूपचन्द्र विष्टले, सेतो सुट र टाइमा, ‘शिरीषको पूmल’ छापिएलगत्तै ठाउँ–ठाउँका गत्थीहरूउपर तिमीसँग सिलसिलेबार विश्लेषण गरेका थिए र प्रश्नहरू सोधेका थिए, भूपी शेरचनले आप्mनालगायत मजाजका सायरीहरू पाठ गरेका थिए, ध्रुवचन्द्र गौतमले आफ्ना कृतिलगायत मीठो आवाजमा रफिका गानाहरू सुनाएका थिए र त्यही मेचनुमा झ्यालमा बसेर व्यंग्य साहित्यकार भैरव अर्यालले आफ्ना कृतिहरू सुनाएका थिए । कसरी बिर्सुं, बिर्सुं कसरी ? अहिलेको कारोना भाइरसको सन्त्रासले सिर्जना गरेको उराठलाग्दो शू्न्यतामा पुराना सम्झनाहरू झनै बल्झिएर आउँदारहेछन् ।

 

त्यही मेचनुमा झ्यालमा बसेर मुसुमुसु मुस्कुराउँदै गफिरहेका भैरव अर्याल अहिले मेरो मनको मञ्चमा उत्रेका छन् । उहाँ त्यसवेला गोरखापत्र संस्थानमा कार्यरत हुनुहुन्थ्यो । सिंहदरबार आउने क्रममा तिमीसँग भेट्न आइरहनुहुन्थ्यो । व्यंग्यात्मक लेखनका शीर्ष हस्तीका रूपमा परिचित उनको ‘जय भँुडी’ नामक कृतिको चर्चा पनि मैले त्यसै बखत सुनेकी हुँ । मैले उहाँलाई जहिले पनि दौरा–सुरुवाल र ढाकाटोपीमा मात्र देखेँ । कहिलेकाहीँ कुममा मफलर हुन्थ्यो । तर, उहाँको आवाज पुरुषको जस्तो थिएन, बेग्लै कस्तो–कस्तो । तिमी भन्ने गथ्र्यौ, उहाँको घाँटीको समस्याले गर्दा त्यस्तो भएको हो । हामी त्यही आवाजसँग आदि भइसकेका थियौँ ।

 

एक दिनको घटना– म नयाँ सडकबाट धरहराको बाटो हुँदै डेरातिर फर्कँदै थिएँ । एक्कासि पछिल्तिरबाट पुरुष आवाजमा ‘सुकन्याजी’ भनेर बोलाएको सुनेँ । फर्केर हेर्दा भैरवजी मुसुमुसु हाँसिरहेको मुद्रामा । आश्चर्यचकित भएर विस्फारित नेत्रले मैले उहाँलाई हेरेँ मात्र, बोलिनँ । मेरो जिज्ञासाको मूक अभिव्यक्ति सायद उहाँले बुझ्नुभयो र आपैmँ बोल्नुभयो, पाकिस्तान गएको थिएँ, त्यहीँ घाँटीको अपरेसन गराएर आवाज ठिक भयो ।’ हुन त ‘सुनलाई खोल चाहिँदैन’ भनिन्छ । उहाँको विद्वत्ता नै उहाँको पहिचान । तथापि रोगलाई जितेर आफ्नो प्राकृतिक आवाजमा फर्किनु ज्यादै खुसीको विषय थियो । तिमीलाई यो खुसीको समाचार कहिले सुनाऊँ भन्ने हतारोमा डेरा पुगेको पत्तै भएन ।

 

 

निकै पछि, सायद म्हेपी बसाइँ सराइपछि हुन सक्छ– साहित्य जगत् र शुभचिन्तकहरूलाई मर्माहत गर्ने समाचार सुन्नमा आयो, ‘साहित्यकार भैरव अर्यालको निधन अर्थात् आत्महत्या ।’ आत्महत्याको कारणलाई लिएर विभिन्न अफवाह अथवा अड्कलबाजी सुन्नमा आए । तर, सत्य–तथ्य उहाँको आफ्नै मानसिक पीडा भएको थाहा भयो । सुसाइड नोट छाडेका रहेछन् । सुनियो उहाँले पहिले पनि आत्महत्या गर्ने प्रयास गरेका रे, यसो भनौँ आत्महत्या गर्ने योजना नै बनाएका रहेछन् । उहाँको पारिवारिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक समस्या कसरी सम्बोधन हुन सकेनछ ? जिज्ञासाकै विषय रह्यो । जे होस्, नेपाली साहित्य जगत्ले एक प्रखर हास्यव्यंग्यकार असमयमै गुमाएको निश्चय हो, त्यही पनि उक्त विधामा खडेरी पर्ने गरेर । त्यस विधामा कलम चलाउने सफल उहाँ एकल खेलाडी थिए कि ? मेरो समझ । उहाँपूर्व मैले केशवराज पिडालीको ‘शूरवीरहरूको नर्क यात्रा’ भन्ने निबन्ध लेखककै मुखारविन्दबाट सुन्ने मौका पाएकी हुँ । कहाँ ? अहिले सम्झन सक्तिनँ । बाइरोडको बाटो (पृथ्वी राजमार्ग) बनेपछि सुरुसुरुमा धेरै दुर्घटना हुने गरेकाले धेरैले ज्यान गुमाएका थिए । ज्यान हथेलीमा राखेर यात्रा गर्नुपथ्र्यो त्यसबखत त्यस बाटोमा । त्यही विषयलाई लिएर उहाँको कृति जन्मेको थियो– भारतको सहयोगमा निर्मित, सडकवरिपरिको दृश्यले मोहित पार्नलाई हो अथवा कुनै निहित स्वार्थले हो, अति घुमाउरो सडकमा पिडालीज्यूका सहोदर भाइबुहारीले पनि आफ्ना जीवन बलिदान गरेका थिए । उहाँका भाइ पुष्पप्रकाश पिडाली एक सफल गायक हुनुहन्थ्यो । रात्रि कलेजको कुनै एउटा कार्यक्रममा उहाँले गाउनुभएको जोसिलो गीत, ‘छात्र हामी लड्नुपर्छ, भिड्नुपर्छ, जुरुजुरु मुर्दा उठ्नु खोज्छ’, अहिले पनि मेरो कानमा गुन्जिरहन्छ ।  व्यंग्यको कुचीले मार्मिकता रंंगिएको निबन्ध हो शूरवीरहरूको नर्क यात्रा । भैरव अर्यालको सन्दर्भमा मैले उहाँलाई उहाँले रोजेको विधाजस्तै सधैँ हँसमुख देखँे, तर उहाँ त हृदयमा पीडाको सागर लिएर हिंड्नुहुँदो रहेछ– कस्तो अपार क्षमता ! कस्तो अभूतपूर्ण आइरोनी ! मानिसको मनको आँधीले ल्याएको रोक्नै नसकिने वेग ! दोष कसलाई दिने ? व्यक्तिलाई ? सामाजिक संरचनालाई ? व्यक्तिको प्रतिभा नबुझ्ने स्वार्थी ब्युरोक्रेसीलाई ? भैरवजी, आज शून्यताले भरिएको यस मनको महासागरमा तपाईं तैरिरहनुभएको भान भइरहेछ ।

 

नकुल सिलवाल– म ‘बगर’ पत्रिकाका पर्यायवाचक नकुल सिलवाललाई साहित्यिक स्वयंसेवक ठान्छु, मोहन दुवालजस्तै । काममा व्यस्त र धेरैजसो हतारोमा । मझौला कदका, केही श्यामवर्णका नकुल सिलवाल यस म्हेपीको घरमा समय–समयमा आइरहेको सम्झना छ । ‘बगर’का सम्पादक नकुल सिलवाल– उहाँको जीवनकालभरि ‘बगर’ अनवरत प्रकाशित भइरह्यो । अवशानपश्चात् के–कसो छ, थाहा छैन । तिमीले छाडेर गएपछि साहित्यकारहरूको आउने क्रम पातलियो, स्वाभाविक थियो किनकि तिमी थिइनौ । तर, नकुल भाइको ‘बगर’ले बाटो बिराएन । दाहिने ढल्किएको उहाँका मसिना अक्षरहरूमा,‘आदरणीय दिज्यू सुकन्यामा समर्पित,’ भनेर लेखिएको हुन्थ्यो । डिको नदिएको अति मसिना अक्षरहरूलाई देख्दा अझ पनि भन्न मन लाग्छ, ‘भाइ, डिको दिएको अलि ठूलो अक्षर लेख्नुहोस् न, पढ्नै गाह्रो भो ।’ ‘बगर’ पु¥याउन उहाँ आपैmँ आउनुहुन्थ्यो । तर, मेरो भागमा आएको अंक आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी तथा पारिजात विशेषांक मैले उहाँको हातबाट प्राप्त गरिनँ । ‘बगर’कै संयोजक विमल अधिकारीबाट २०७३ माघ २४ गते प्राप्त गरेकी थिएँ । त्यसअघि अर्थात् जेठ १२ गते २०७३ मा उहँको निधन भइसकेको थियो ।

 

हाम्रो बुक¥याकमा माथि उल्लिखितसहित जम्मा ९ प्रति ‘बगर’ भेट्टाएँ । ‘बगर’, २०४९ भदौ—कार्तिक, वर्ष ११, पूर्णांक ३६, जसमा उहाँका डिको नभएका मसिना अक्षरहरूमा लेखिएको छ, ‘साहित्यले जीवनको गहिराइलाई बुझ्छ र दुनियाँलाई बुझाउँछ सरल सहज र मीठो पाराले ...।’ यो प्रति तिमीलाई नै प्रदान गरिएको हो । अंक ६७ सर्वश्रेष्ठ दश, जसमा कविता, कथा, निबन्ध र समालोचन खण्ड समावेश छन् । अंक ७८, लेख, कथा, कविता, अन्तर्वार्ता र उहाँको आफ्नै लामो कडा सम्पादकीयले भरिभराउ । अंक ७९, जनआन्दोलनदेखि गणतन्त्रसम्म, आफ्नै लेखहरूसमेत, अंक ८३, पोखरा विशेष । अंक ८५, महाकवि देवकोटा जन्मशताब्दी अंक २, लगायत कविता, गजल, कथा । त्यसबाहेक युयुत्सु आरडी शर्मा र नकुल सिलवालद्वारा सम्पादित ‘बगर’, ‘अ म्यागेजिन अफ कन्टेम्पोरेरी राइटिङ एसियन पोएट्री’ पनि छ, जसमा तिम्रा तीनवटा अंग्रेजीमा अनुवादित कविताहरू छन् । पुराना, नयाँ, बिर्सिएका, सम्झिएका साहित्यकारहरू समावेश गरिएका यी अंकहरू मेरो लागि त नेपाली विश्वकोशजस्तै साबित भयो ।

 

भेटमा विमल अधिकारीले यस्तै उहाँको विषयमा दुःखदायी कुरा गर्नुभो । मलाई लाग्यो, यत्रो साहित्य सेवापश्चात् पनि उहाँको कदर नभएको हो त ? सायद त्यसैले पनि मन टुटेको हुनुपर्छ । विमल अधिकारीसँग कुरा गर्न मन लाग्यो, तर अमेरिका उडिसकेका रहेछन् । उनकै परिवारसँग सोभैm कुरा किन नगरूँ भन्ने लागेर पत्नी सुनिता सिलवाललाई फोन लगाएँ । अति शिष्ट र सुसंस्कृत भाषामा जुन जानकारी प्राप्त भयो हृदय बहलाउने खाल्का थिए ।

 

आफ्नी पत्नीलाई असाध्यै माया गर्नुहुने नकुल सिलवालको मृत्युको मूल कारण डिप्रेसन अथवा मानसिक रोग नै भएको पत्ता लाग्यो । उहाँलाई कुनै विशेष संस्थामा कार्यरत गराउने आश्वासन मिलेको थियो, जुन पूरा हुन सकेन अथवा पूरा गरिदिएनन् । यस आघातले व्यवहारमा परिवर्तन आउन स्वाभाविक थियो । मनको छटपटीले गर्दा उहाँमा जिद्दीपना देखियो । तर मनोचिकित्सकको सल्लाहमुताबिक हरतरहको प्रयासले सहज वातावरण अर्थात् मनलाई नियन्त्रणमा राख्न सक्ने वातावरण, सिर्जना गरिदिने परिवारको अथक प्रयासले गर्दा उहाँ ठिक हुनुभयो । सुनिताजी भन्नुहुन्छ, ‘म त उहाँलाई हरबखत जिस्काइरहन्थेँ, खुसी राख्नका निमित्त । उहाँले जे भने पनि हामी सहिदिन्थ्यौँ ।’ स्वास्थ्य ठिक । घरपरिवारको रूपरंंग नै फेरियो । सुनिताजी अझ थप्नुहुन्छ, ‘उहाँलाई बुद्वत्व प्राप्त भएको भान भयो, नियमित योगासन, घरमा तामसिक खानाको प्रतिबन्ध, सात्विक खानाको आगमन, एक किसिमले नयाँ जीवन पाउनुभयो उहाँले ।’

 

घरपरिवारमा सबै पहिलेजस्तै सहज र सामान्य भइसकेपछि, घरपरिवारकै सल्लाहले कान्छो छोरो भेट्न अमेरिका प्रस्थान गर्नुभो । एयरपोर्टमा पतिको रमाइलो, सहमतिसहितको मीठो बिदाइ सुनिताजी अझ सम्झनुहुन्छ । चारैतिरबाट ढुक्क । तीन महिना अमेरिका रहँदा पनि फोनमा कुराकानी र सन्चो सुविधै भएको खबरले उहाँ निश्चिन्त । जेठ ४ गते २०७३ मा स्वदेश फर्केर आउँदा पनि आपूmले छाडेर गएकै माहोल भेट्दा उहाँको खुसीको सीमा नै रहेन । तर, नियतिले अर्कै बाटो मोड््यो । जेठ १२, २०७३ विहान ८, डाक्टर कहाँ जाने तयारी गरिरहेको वेला छोराको चित्कारले अशुभ सूचना दियो, बुबाले यस संसारबाट बिदा लिइसक्नुभएछ । अस्पताल लगियो तर ....। घट्ना अप्रत्याशित थियो ।

 

कति हतारो नकुल सिलवाल भाइलाई ! मलाई पनि पटक्क
चित्त बुझेन ।
केही समयअघि मैले सुनिताजीलाई प्रश्न राखेकी थिएँ ।
‘बगर पत्रिका ?’
‘बन्द छ ।’
‘अनि साथीभाइहरूको आगमन ?’
‘मिल्ने साथी पे्ररणा अमेरिकामा ।’
‘बगर पत्रिकाको संयोजक, विमल अधिकारी ?’
‘डिभी परेर अमेरिकामै ।’
‘अहिले तपाईँलाई कस्तो छ ?’
‘कहिल्यै बिर्सन नसकिने एउटै पीर छ, म किन अमेरिका गइछु ।’

 

भो अब यहाँदेखि अघि बढ्न सक्तिनँ । कलम राख्छु । छाती भारी भएर आयो । बिदा ।