• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पाटनस्थित बहादुर शाह बैठक भवन
दीपेन्द्र ढुंगाना
२०७८ चैत १२ शनिबार ०७:५०:००
रिपाेर्ट

‘काठमाडौं ट्रिएनाले’मा ४० देश, १३० कलाकार र तीन सय कलाकृति

२०७८ चैत १२ शनिबार ०७:५०:००
दीपेन्द्र ढुंगाना

यतिवेला उपत्यकाका मुख्य ग्यालरीहरू ४० देशका कलाकृतिहरूले भरिभराउ छन् । ‘काठमाडौं ट्रिएनाले–२०७७’ नाम दिइएको कलाप्रदर्शनीमा १३० जनाभन्दा धेरै कलाकारका तीन सयभन्दा धेरै कलाकृति राखिएका छन् । कलाकृतिहरू विशेषतः आदिवासी समुदाय, जलवायु परिवर्तन, लैंगिकतालगायतका विषयमा केन्द्रत छन् ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिल

 
कलाकृतिहरू उपत्यकाका पाँच स्थानका ग्यालरीमा राखिएका छन्, जसमा, पाटन संग्रहालय, बहादुर शाह बैठक, सिद्धार्थ आर्ट ग्यालरी, नेपाल आर्ट काउन्सिल र तारागाउँ संग्रहालय छन् । हरेक ग्यालरीका चित्रकलाले छुट्टाछुट्टै सन्देश दिन्छ । सिद्धार्थ आर्ट ग्यालरीमा प्राकृतिक विपत्ति र त्यसले निम्त्याउने मानवीय जोखिमका बारेमा कलाकृति राखिएका छन् ।

पाटन संग्रहालय

नेपाल आर्ट काउन्सिलमा आदिवासी र लैंगिक मुद्दामा केन्द्रित चित्रकला राखिएका छन् । त्यस्तै, तारागाउँ संग्रहालयमा पर्यावरण र जलवायु परिवर्तनसँग सम्बन्धित चित्रकला राखिएका छन् । पाटन संग्रहालयमा परम्परागत चित्रकलासँगै हस्तकला र मूर्तिकला हेर्न पाइन्छ । बहादुर शाह बैठकमा आध्यात्मिक र आदिवासीसँग सम्बन्धित चित्रकला हेर्न पाइन्छ ।

पाटनस्थित बहादुर शाह बैठक भवन

प्रदर्शनीमा क्यानभाससँगै डिजिटल प्लेटफर्मको समेत प्रयोग गरिएको छ । ग्यालरीभित्र प्रवेश गर्दा यस्तो लाग्छ, त्यहाँका हरेक कुनाले कलाको माध्यमबाट प्रत्येक आगन्तुकसँग केही प्रश्न गरिरहेको छ । 

माइतीघरस्थित सिद्धार्थ आर्ट ग्यालरी


प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिने ट्रिएनाले कोरोना महामारीका कारण एक वर्ष ढिला भएको आयोजकको भनाइ छ । प्रदर्शनीमा कार्यशाला गोष्ठी, छलफल तथा विचारगोष्ठी पनि नियमित रूपमा भइरहेका छन् । सिद्धार्थ आर्ट फाउन्डेसन (एसएएफ)ले माघ २८ देखि सुरु गरेको प्रर्दशनी चैत १७ सम्म सञ्चालन हुनेछ । 

बौद्धस्थित तारागाउँ संग्रहालय
बौद्धस्थित तारागाउँ संग्रहालय