
अहिले ८१ वर्षको भएँ । म ००८ र ००९ सालदेखि साहित्यमा लागेको व्यक्ति हुँ । तर, सुरुवाती दिनमा एक्स्पोज हुन खोजिनँ । पहिला हामीले पट्ना युनिभर्सिटी मान्यतामा पढ्नुपथ्र्यो । त्यहाँ एमए पढ्न जाने विद्यार्थीहरूले ‘उकालो’ भन्ने पत्रिका निकाल्थे । त्यसमा मैले आर। एस मधुर नामबाट पहिलोपटक कविता छापेको थिएँ । त्यो कविता कसले लेख्यो भनेर कसैले थाहा पाएनन् । धेरै समयपछि एकजना साथीले पत्ता लगाएछन् । उनैले मलाई एक्स्पोज गराएका हुन् । मलाई चाँडै लेखुँ, चाँडै छापँ' भन्ने लोभ कहिल्यै भएन ।
पारिवारिक माहोलले गीतकार बनायो
म संयुक्त परिवारमा हुर्कन पाएँ । हाम्रो घरमा दैनिक महफिल हुन्थ्यो । साँझ परेपछि दुई अथवा तीन घन्टा सबै जम्मा भएर गानाबजाना हुन्थ्यो । कोही तबला, कोही हारमोनियम बजाउनुहुन्थ्यो । राति ९ बजेसम्म हुन्थ्यो । त्यसवेला नेपाली गीतभन्दा हिन्दी बढी गाइन्थ्यो । हिन्दीजस्तै नेपाली गीत पनि बन्छ होला नि भन्ने कुतूहल लाग्थ्यो । रेडियो खुल्यो । नेपाली गीतहरू एकदम कम थिए । नेपाली गीतहरूको अभाव भएकोले हाम्रै कलाकारहरूले हिन्दी गीत गाउँथे । त्यो समय लाइभ गाउनुपथ्र्यो । नेपाली गीत थिएन । त्यो भएपछि मलाई के लाग्यो भने हामीले पनि अलिकति मिहिनेत गरेर लेख्यौँ भने नेपाली गीत पनि त आउन सक्छ नि । त्यसपछि गीत लेख्न थालेको थिएँ । पढाइको सिलसिलामा नातिकाजी, नारायण गोपालहरूसँग भेट भएपछि रेकर्ड भयो ।
मेरो गीतबाट नारायण गोपालको गायन यात्रा, प्रेमध्वज गोल्ड मेडल पाए । ०१६ सालमा नातिकाजी, नारायण गोपाल जो मेरो सहपाठी थिए । नारायण गोपालले ६ वटा गीत रेकर्ड गराउन पाउने कोटा पायो । त्यसवेला कोलकातामा गीत रेकर्ड गराउनुपथ्र्यो । ती ६ वटै मेरो गीत ग¥यो । ए कान्छा, विछोडको पीडा, कुन्जमा गुन्जियोलगायत अरू तीनवटा युगल आँखाको भाका आँखैले, स्वर्गकी रानी, भो–भो नसोध रेकर्ड गरेपछि नारायण गोपाल चम्के । यसरी उनको गायन सुरुवात नै मेरो गीतबाट भएको हो । त्यसैगरी अञ्चलस्तरीय गायन प्रतियोगितामा प्रेमध्वजले ‘यो गोरेटो त्यो गाउँको’ भन्ने मेरो गीत गाएर अन्य १३ अञ्चलको गायकलाई पछि पार्दै गोल्ड मेडल पाए । त्यसमा संगीत प्रेम, माणिक रत्नको थियो ।
म दिमाग खाने कविता लेख्छु । मेरो कविताको टाइटल पनि विचित्रको हुन्छ । एघार पेजसम्मको कविता लेखेको छु । मोडर्न पोइटहरूमा लामो कविता लेख्ने पनि म नै हुँ ।
दिमाग खाने कविता लेख्छु
म दिमाग खाने कविता लेख्छु । मेरो कविताको टाइटल पनि विचित्रको हुन्छ । एघार पेजसम्मको कविता लेखेको छु । मोर्डन पोइटहरूमा लामो कविता लेख्ने पनि म नै हुँ ।
भारतमा मेरो कविता वाचन गर्न निम्ता आयो । जहाँ भारतका टप पोएट गिरिजाकुमार माथुर थिए । भारत–नेपाल मैत्रीसंघको सचिव ओमप्रकाश पनि थिए । अन्य भारतीय कविहरू थिए । त्यो कार्यक्रममा दशदेखि पन्ध्र मिनेट मैले सुनाएपछि उनीहरू चार–पाँचजनाले सुनाए त्यसपछि फेरि मेरो गरेर करिब तीनघन्टाको कार्यक्रम भएको थियो । नौ पेजको कविताको केही हरफ मात्रै सुनाएको थिएँ कवि गिरिजा माथुरले ‘आपका कविता विराट है’ भनेर प्रतिक्रिया दिएका थिए । त्यसको अपोजिट गीत एकदम नरम हुन्छन् । पत्रकार सबल प्रधानले आर्टिकल नै लेखेका छन्, ‘सफ्ट लिरिसिस्ट, टफ पोइट भनेर ।’
मैले आजसम्म जी हजुरी गरेको छैन
म जी हजुरी गरेर हिँड्ने व्यक्ति होइन । मैले कविता नै लेखेको छु । गणितीय रूपमा प्रमाणित त हुँदैन, तर हाम्रो देशमा यस्तै छ । ‘चाकडी इन्टु चुक्ली प्लस चाप्लुसी इजिकल्टु परम्परा ।’ हाम्रो मुलुक यस्तै परम्पराले चलेको छ । म यो सबैबाट टाढा छु । यो मानेमा म भुइँफुट्टा छु । र, म गीत, कविताहरूमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछु । यो कवितामा पनि नयाँ प्रयोग नै छ ।
पढाइमा समेत एक्स्पेरिमेन्ट
मैले एमएको पढाइ पूरा गर्दासम्म धेरैवटा विषय पढेँ । ज्योग्राफी र अप्सनल म्याथ लिएर एसएलसी पास गरेँ । आइए हिस्ट्री लिएर पढेँ । बिए पोलिटिकल साइन्स र नेपालीमा गरेँ । एमए इंग्लिस लिटरेचरमा गरेँ । यसरी मलाई हरेक क्षेत्रमा एक्स्पेरिमेन्ट गरेको छु । खाली साहित्यमा मात्रै नभएर आफ्नो जीवनमा समेत ।
झुट बोल्न जान्दिनँ
मलाई झुट बोल्न आउँदैन । अरूले बोलेको पनि मलाई मनपर्दैन । म के भन्छु भने झुटो बोल्नचाहिँ दुई वर्गलाई मात्रै सुहाउँछ । एक नेताहरू र अर्को व्यापारीहरू । नेताहरू झुट नबोले तिम्रो हाम्रो भोट कसरी बटुल्ने, व्यापारीहरू झुट नबोले कसरी नाफा खाने । यिनीहरू सीधा बोले त चल्दै चल्दैनन् । म भन्छु यिनीहरूले बाटो बिराउँदा तिमीहरू सही बाटोमा हिँड भनेर देखाउनुपर्ने तिमी–हामी नै फटाहा भए देश के हुन्छ । त्यो भएर झुट बोल्नुहुँदैन भन्ने मान्यता राख्छु ।
समालोचनामा हात हालिनँ
मैले नेपाली साहित्यको फाँटमा समालोचनामा हात हालिनँ । गजल, मुक्तक, हाइकु, कथा, निबन्ध, नाटक, गीत सबै लेखेको छु । तर, समालोचना कहिल्यै गरिनँ, किनभने आफ्नो स्वभाव पनि ठाडो छ । समालोचनामा आफूलाई जे लाग्छ त्यही लेख्नुपर्छ । सत्य तितो हुन्छ । त्यो भएकाले यो क्षेत्रमा हात हाल्न मन लागेन ।
गद्य लेख्न छाडे“
मैले गद्य लेख्न छाडेँ । किनभने, त्यो एकपटक लेखेर हुँदैन । लेखिसकेपछि थप दुई तीन तहमा जानुपर्ने हुन्छ । गीत, कविताचाहिँ एकैपटकमा फाइनल हुन्छ । त्यसले गर्दा आजभोलि मलाई गद्य लेख्न मन लाग्दैन, अल्छी लाग्छ । नेपाली नाटकको इतिहासमा पहलमान स्वाँर पहिलो नाटककार हुन् । समभन्दा पनि अग्रज त्यसपछि मात्रै बालकृष्ण समजीहरू हुन् । उहाँको नातिले मलाई पहलमान स्वाँर दीर्घसम्मान दिएका छन् । सबै विधाका लागि पुरस्कार, सम्मान पाएको छु । मैले प्राप्त गरेका पुरस्कार, सम्मान अनगिन्ती छन् । म गीतमा मात्रै सीमित छैन । हरेक विधाबाट पुरस्कार, सम्मान, कदर पाएको छु । मैले यो पाएँ त्यो पाएँ भन्नुभन्दा पनि यहाँ ९कोठाभरि राखिएका सम्मानपत्र, प्रमाणपत्रतिर ९औँल्याउँदै० भएका प्रमाणहरू हेर । म आफैँले यो गरेँ, त्यो गरेँ भनेर ढ्वाङ फुकेर हिँड्न मन लाग्दैन । मैले अहिले जापानिज छोटो कविताहरू लेखिरहेको छु । हाइकु, तन्काहरू । त्यसमा पनि नयाँ प्रयोग गर्न खोजिरहेको छु । क देखि त्र सम्म सिध्याउने विचार गरेको छु । त्यहीअनुरूप लेख्दै छु ।
गीत दुई प्रकारले लेख्छु
म गीत दुई प्रकारले लेख्छु । म हमिङको भरमा मात्रै पनि लेख्छु । मैले अम्बरजीसँग क्वायर गरेको छु । नातिकाजीले दिएको ट्युनका भरमा मैले आँखैमा रात गली, शीतमा तारा डुबे, बाटैमा आँधी चली, आशाका मूल उडे जुन योगेश वैद्यजीले गाउनुभएको हो । यो गीत पहिले बिएमा राखिएको थियो अहिले एमएको कोर्षमा राखिएको रहेछ । अरू पनि धेरै छन् मैले हमिङको भरमा लेखेका गीत । अर्को थिमअनुसार लेख्छु । थिम लिएर गीत लेखीमाग्न आउँछन् ।
जो–कोहीलाई गीत दिन्नँ
म गीत गाइदेऊ अथवा संगीत भरिदेऊ भनेर अहिलेसम्म कसैकहाँ गएको छैन । म त्यसरी गएको भए मेरा गीत यति राम्रा–राम्रा बन्दैन थिए भन्ने लाग्छ । गायकले खोज्दै आएको गीत गाउँदा जति शब्दको मर्मलाई महसुस गरेर गाउँछ, दिएको गीतमा त्यति गर्दैन भन्ने लाग्छ । संगीतकारको विषयमा पनि त्यति नै । चाहिएको चिज दिँदा त्यसको सदुपयोग हुन्छ । अर्को म कसैलाई गीत दिँदा पनि एकदम चुजी छु । जो–कोहीलाई म गीत दिँदा पनि दिँदिनँ । जसले शब्दको भाव बुझ्न सक्छ उसलाई मात्रै गीत दिन्छु । अर्को यथार्थ के पनि भने गाह्रो, साह्रो परेपछि मकहाँ आउँछन् । धेरैको अप्ठ्यारो टारेको छु । तर, उनीहरूले सम्झन्छन् लाग्दैन ।
सरल जीवनशैलीमा रमाउँछु
मलाई कहिल्यै पनि हाइफाई लाइफस्टाइलले प्रभाव पारेन । त्यस्तो भएको भए म कुनै जागिरमा हुन्थेँ हुँला । सरकारी जागिर खानका लागि भनसुन गर्नपथ्र्यो कि त पावरवाला हुनुपथ्र्यो । त्यसले गर्दा सरकारी जागिर खान मन लागेन । प्राइभेट जागिर खाएँ । मोरङ चिनी उद्योगमा । त्यसवेला कम्पनीमा तलब पाइन्थ्यो । त्यसवेलाको सेयर होल्डरहरू आधा नेपाली आधा भारतीय मारवाडी थिए । उनीहरूको मतभेद भएको वेला काम गर्न धेरै गाह्रो भएर दुई वर्षमै छोडेँ । बाउको होटेलमा भात खाएर पढाइलाई निरन्तरता दिएँ ।
मेरो जागिर नभएपछि धेरैले सोध्थे, घरकै मान्छेले पनि कराउँथे जीवन गुजारा कसरी गर्ने भनेर मैले भन्थेँ बाउको होटेलमा दालभात खाएर । त्यही सत्य थियो । मैले ०६९ सालको जगदम्बा श्री पुरस्कार पाएँ । त्यसवेला मलाई कमलमणिजी मेरो घरमै आएर जानकारी दिनुभएको थियो । कमलमणिजीले दौरा, सुरुवाल र टोपी लगाएर आउनुपर्छ भन्नुभयो । मैले सीधै भनेँ, ‘मसँग दौरा सुरुवाल त छैन ।’ उहाँले सुट भए पनि हुन्छ भन्नुभयो मसँग सुट पनि छैन । टोपीचाहिँ छ । टोपी लगाएर आउन सक्छु भनेँ । साधारण सर्टपाइन्टमा टोपी लगाएर गएँ । टाई बाँध्नुपर्ने भएकोले मैले सुट लगाइनँ । मलाई टाइ बाँध्न एकदम झ्याउ लाग्छ । मलाई सरल जीवनशैली मनपर्छ । त्यसरी नै जीवन बिताइरहेको छु ।
घमन्ड होइन, स्वाभिमान हो
मेरो स्वभाव एकदम ठाडो छ । मलाई लोलोपोतो मिलाएर कुरा गर्न आउँदैन । जे छ स्पष्ट बोल्छु । जसको कारण मलाई छुच्चो पनि भन्छन् । मलाई कसैले एटिट्युट दिएर बोलेको मन पर्दैन । जोकोही होस् म तत्काल प्रतिक्रिया दिन्छु । कसैले गल्ती गरे म तुरुन्तै औँल्याइदिन्छु । म सत्य बोल्छु । सत्य जहिल्यै तितो हुन्छ । गलतलाई गलतभन्दा अथवा आफूलाई कसैले होच्याउन खोज्दा प्रतिक्रिया दिनुलाई घमन्ड भन्छन् भने स्वाभिमान केलाई भन्छ रु त्यसैले म घमन्डी होइन, स्वाभिमानी हो ।
कुराकानी नुनुता राई