• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दुर्गालाल श्रेष्ठ
२०७९ असार ४ शनिबार ०७:१३:००
साहित्य

बधाई छ बालेन तिमीलाई !

२०७९ असार ४ शनिबार ०७:१३:००
दुर्गालाल श्रेष्ठ

एक्लो छौ पनि यति छ अगम्य
बालेन ! तिम्रो एक्लोपन !
नेपालैको मुटु काठ्माडौं
सिद्ध भयो आजै पो झन् !

 

जे होस्, अब जाग्यो काठ्माडौं
तिम्रै अदम्य साहसले !
हुन्छ जरुर सुन हुन्छ फलाम
छोइसक्यो है पारसले !

 

अप्ठेराका शिरमै टेक्नु
लम्कनु हो गन्तव्य चुमी !
हामी तिम्रै पछिपछि छौँ है
अघिअघि मात्रै लाग तिमी !

 

बालेन–बिम्ब त छिटफुट हेर 
अन्त कहीँ पनि झुल्केछन् !
फिर्नै पो अब लाग्यो क्यारे
सिंगो राष्ट्रैको शुभदिन !