• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मीनराज बसन्त
२०७९ मङ्सिर १९ सोमबार १२:४४:००
खेल

वर्ल्डकप खेल्ने ३२ राष्ट्र : अर्थतन्त्र कसको कति ?

२०७९ मङ्सिर १९ सोमबार १२:४४:००
मीनराज बसन्त

अहिले सर्वाधिक चर्चाको विषय हो, कतारमा जारी फिफा विश्वकप–२०२२ । १९ नोभेम्बरदेखि सुरु भएको फिफा विश्वकप २०२२ जारी छ । विभिन्न छनौट प्रक्रिया पूरा गरेका ३२ वटा समूहले भाग लिएका छन् । यी ३२ समूहले ३२ वटै देशको प्रतिनिधित्व गर्छन् । यद्यपि वेल्स र इंग्ल्यान्ड संयुक्त राज्य (युके) अन्तर्गतका दुई राज्य मानिन्छन् । यिनै देशबारे त्यहाँको अर्थतन्त्र, सामाजिक स्थिति, मुद्रास्फीतिलगायतका विषयमा यहाँ चर्चा गरिएको छ ।

 

सबैभन्दा बढी जिडिपी
अमेरिका : २३ ट्रिलियन
जापान : ४.९४ ट्रिलियन डलर छ
जर्मनी : ४.२२ ट्रिलियन अमेरिकी डलर
युके (इंग्ल्यान्ड) : ३.२१ ट्रिलियन छ ।
फ्रान्स : २.९४ ट्रिलियन अमेरिकी डलर
क्यानडा : १.९९ ट्रिलियन अमेरिकी
ब्राजिल : १.६१ ट्रिलियन छ
अस्ट्रेलिया : १.५४ ट्रिलियन
स्पेन : १.४३ ट्रिलियन
मेक्सिको : १.२९ ट्रिलियन अमेरिकी डलर
दक्षिण कोरिया : १.८ ट्रिलियन छ
नेदरल्यान्ड : १.०२ ट्रिलियन छ ।

 

सबैभन्दा कम जिडिपी
सेनेगल : २७.६३ बिलियन 
केमरुन : ४५.२४ बिलियन डलर
ट्युनिसिया : ४६.८४ बिलियनको
उरुग्वे : ५९.३२ बिलियन अमेरिकी डलर
सर्बिया : ६३.०७ बिलियन
कोस्टारिका : ६४.२८ बिलियन डलर
क्रोएसिया : ६७.८४ बिलियन डलर
घाना : ७७.५९ बिलियन डलर

 

अन्य देशः

अर्जेन्टिना : ४९१.४९ बिलियन
कतारको : १७९.५७ बिलियन अमेरिकी डलर
बेल्जियम : ५९९.८८ बिलियन डलर
डेनमार्क : ३९७.१ बिलियन छ
इक्वेडर : १०६.१७ बिलियन अमेरिकी डलर
इरान : २३१.५५ बिलियन डलर
साउदी अरब : ८३३.५४ बिलियन
पोल्यान्ड : ६७४.०५ बिलियन
मोरक्को : १३२.७३ बिलियन अमेरिकी
स्विट्जरल्यान्ड : ८१२.८७ बिलियन
पोर्चुगल : २४९.८९ बिलियन अमेरिकी डलर

 

अर्जेन्टिना
मेस्सीको देश भनेर चिनिने अर्जेन्टिनाको पछिल्लो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४९१.४९ बिलियन डलर छ । सन् २००० मा २८४.२ बिलियन रहेको जिडिपी सन् २०१७ मा उच्च बिन्दु ६४३.६३ बिलियन डलरमा पुग्यो । त्यसपछि सन् २०२० सम्म ओरालो बाटो समात्यो । त्यसपछि अद्यापि उकालो लाग्ने क्रममा छ । 


अर्जेन्टिनाको पर क्यापिटल पछिल्लो (सन् २०२१) जिडिपी १०७२९.२ छ । सन् २००० मा ७७०८.१ रहेकामा त्यसको दुई वर्षपछि अर्थात् सन् २००२ मा पर क्यापिटल सबैभन्दा कम २५९३.४ मा झ¥यो । त्यसपछिको यात्रा लगभग शिखरकै रह्यो । सन् २०१७ मा त सर्वाधिक उच्च पर क्यापिटल १४६१३ सम्म पुग्यो । तर, यो सधैं टिकिरहेन । त्यसपछि ओरालो झर्दै फेरि माथि चढ्ने यात्रा जारी छ । 

 

सन् २०२१ मा त्यहाँको जिडिपी ग्रोथ वार्षिक १०.३ प्रतिशत छ । सन् २००९ मा माइनस ५.९ प्रतिशतमा पुगेको वृद्धिदर सन् २०२० मा माइनस ९.९ सम्म पुगेको थियो । यस्तै विद्युत्को पहुँच शतप्रतिशत र नवीकरणीय स्रोतबाट विद्युत् उत्पादन सन् २०२१ मा १.९ प्रतिशत छ । 

 

अस्ट्रेलिया
नेपालको भन्दा पनि कम ढाइ करोडभन्दा बढी जनसंख्या रहेको अस्ट्रेलियाको कुल जिडिपी १.५४ ट्रिलियन अमेरिकी डलर छ । सन् २००७ सम्म बिलियनमा रहेको जिडिपी २००८ मा ट्रिलियनमा उक्लियो । त्यसको अर्को वर्ष पुनः बिलियनमा झर्‍यो । तर, सन् २०१० भने निरन्तर  ट्रिलियनमा उक्लिएको हो । त्यसैगरी अस्ट्रेलियाको जिडिपी पर क्यापिटल ५९९३४.१ डलर छ, जुन २०१२ मा उच्च ६८ हजार २७ पुगेको थियो । यहाँको वार्षिक जिडिपी ग्रोथ १.५ रहेको छ । उपभोक्ता मूल्यमा मूल्यवृद्धि २.९ र सरकारको ऋण जिडिपीको ६९.४ प्रतिशत छ ।

 

कतार
कम जनसंख्या भएर पनि फिफा विश्वकप २०२२ को आयोजक देश कतारको अर्थतन्त्र बलियो छ । छोटो समयमा अर्थतन्त्र बलियो बनेको देशमध्ये एक हो कतार । कतारको कुल गार्हस्थ्य उत्पादन १७९.५७ बिलियन अमेरिकी डलर रहेको छ । जबकि सन् २००० मा जम्मा १७.७६ बिलियन डलर थियो । यस्तै पछिल्लो जिडिपी पर क्यापिटल ६१ हजार २७६ रहेको देखिन्छ । तर, रोचक के भने, दुई दशकअघि पनि त्यहाँको जिडिपी पर क्यापिटल २९ हजार ९७६ थियो । कतारको वार्षिक जिडिपी ग्रोथ १.५ प्रतिशत रहेको वल्र्ड बैँकको तथ्यांक छ । 

 

आइएलओका अनुसार कतारमा बेरोजगारदर पनि अति न्यून ०.३ प्रतिशत छ । २.३ मुद्रास्फीति रहेको देशमा हरित भूमि शून्य प्रतिशत छ । तर, कतारले आन्तरिक स्रोतको ४४६ प्रतिशत शुद्ध पानी निकासी गर्छ । 

 

बेल्जियम
एक करोड १५ लाख ८७ हजार ८८२ जनसंख्या रहेको बेल्जियमको कुल जिडिपी ५९९.८८ बिलियन डलर छ । सन् २००० पछि २०१४ मा ५३५.३९ बिलियनसहित उच्च बिन्दुमा थियो । त्यसपछि गिरावट आई सन् २०१८ मा ५४३.३५ बिलियन डलरमा पुग्न सफल भयो ।बेल्जियमको जिडिपी पर क्यापिटल ५१७६७.८ छ, जुन सन् २००० मा २३,०९८.९ हजार डलर थियो । वार्षिक जिडिपी ग्रोथ ६.२ छ भने मुद्रास्फीति, कन्जुमर प्राइस २.४ प्रतिशत रहेको वल्र्ड बैँकको तथ्यांकले देखाउँछ ।

 

ब्राजिल
प्राकृतिक स्रोतमा पहिलो धनी ब्राजिलको जनसंख्या २१ करोड ३९ लाख ९३ हजार ४४१ छ । वार्षिक ०.७ प्रतिशतको जन्मदर रहेको ब्राजिलको कुल जिडिपी भने १.६१ ट्रिलियन छ । यस्तै जिडिपी पर क्यापिटल ७५१८.८ रहेको छ, जुन सन् २०११ मा सर्वाधिक १३२४५.४ हजार डलर थियो । यस्तै वार्षिक जिडिपी वृृद्धिदर ४.६ प्रतिशत रहेको देखिन्छ । तर, त्यहाँको बेरोजगारीदर भने कुल श्रमशक्तिको १४.४ प्रतिशत रहेको आइएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को तथ्यांक छ । दुई दशकमा वर्षमा उपभोक्ता मूल्यमा ब्राजिलकोे मुद्रास्फीति सबैभन्दा बढी सन् २००३ मा १४.७ प्रतिशत थियो । तर, सन् २०२१ मा आइुपग्दा घटेर ८.३ प्रतिशत पुगेको छ । त्यहाँ कुल भूमिको ५९.४ प्रतिशत भागमा वनजंगल फैलिएको छ, जुन सन् २००० मा ६५.९ प्रतिशत थियो । 

 

क्यानडा
क्यानडाको कुल गार्हस्थ्य उत्पादन १.९९ ट्रिलियन अमेरिकी डलर छ । करिब तीन करोड जनसंख्या रहेको देशको जिडिपी पर क्यापिटल ५२०५१.४ रहेको छ । सन् २००० मा यस्तो जिडिपी पर क्यापिटल २४२७१ डलर थियो । सन् २००८ सम्म निरन्तर बढेको पर क्यापिटल सन् २००९ मा केही खस्कियो । त्यसपछि पुनः उक्लन थालेको हो । बीचमा पुनः गिरावट आएपछि सन् २००९ भन्दा मुनि आएन । 

 

क्यानडाको पछिल्लो जिडिप ग्रोथ वार्षिक ४.६ प्रतिशत रहेको देखिन्छ, जहाँ उपभोक्ता मूल्यमा मूल्यवृद्धि ३.४ प्रतिशत छ । जिडिपीको कुल १.६ प्रतिशत (सन् २०२० का अनुसार) वैदेशिक लगानी रहेको देशमा सरकारको ऋण भने जिडिपीको ७२.१ प्रतिशत छ । 

 

कोस्टारिका
झन्डै साढे एकाउन्न लाख जनसंख्या रहेको कोस्टारिकाको पछिल्लो जनसंख्या वृद्धिदर ०.९ प्रतिशत छ । त्यहाँ २१ हजार आप्रवासी छन् । कोस्टारिकाको पछिल्लो जिडिपी ६४.२८ बिलियन डलर छ । यस्तै जिडिपी पर क्यापिटल १२,५०८.६ र वार्षिक वृद्धिदर ७.६ प्रतिशत छ । आइएलओका अनुसार कुल श्रमशक्तिकोे १८ प्रतिशत जनसंख्या बेरोजगारीको चपेटामा छ । उपभोक्ता मूल्यमा मूल्यवृद्धि १.७ प्रतिशत छ भने जिडिपीको व्यक्तिगत रेमिट्यान्स प्राप्ति ०.८ प्रतिशत छ । 

 

क्रोएसिया
सन् २०१८ मा रुसमा आयोजित फिफाको उपविजेता क्रोएसियामा करिब ३९ लाख मानिस  बसोबास गर्छन् । यही क्रोएसियाको जनसंख्या  वृद्धिदर माइनस ३.७ प्रतिशतले घटेको छ ।६७.८४ बिलियन डलर जिडिपी रहेको यस देशको जिडिपी पर क्यापिटल भने १७३९८.८ डलर छ । यस्तै जिडिपीको वार्षिक वृद्धिदर १०.४ रहेको वल्र्ड बैँकको तथ्यांक छ । कोस्टारिकामा मुद्रास्फीति पनि जम्मा २.६ प्रतिशत छ । कुल भूमिको ३४.७ प्रतिशत वनजंगल र शतप्रतिशत विद्युत्को पहुँच छ । यस्तै केन्द्रीय सरकरको ऋण जिडिपीको १०५.४ प्रतिशत छ । 

 

केमरुन
सन् २००० पछि केमरुनको जिडिपी बढिरहेको छ । बीचमा आंशिक गिरावट देखिए पनि यात्रा उकालोकै छ । दुई करोड ७२ लाख भन्दा बढी जनसंख्या रहेको देशको पछिल्लो जिडिपी ४५.२४ बिलियन डलरको छ । त्यहीँ जिडिपी पर क्यापिटल जम्मा १६६१.७ डलर छ । वार्षिक जिडिपी ग्रोथ ३.५ प्रतिशत, कुल श्रमशत्तिक्तको ३.९ प्रतिशत बेरोजगारी, २.३ प्रतिशम मुद्रास्फीति रहेको केमरुनमा वनजंगलको भूभाग कुल भूमिको ४३ प्रतिशत छ ।  विद्युत्को पहुँच जम्मा ६४.७ प्रतिशत छ भने व्यक्तिगत इन्टरनेट प्रयोग ३८ जनसंख्याको ३८ प्रतिशत छ ।      

                                                                                                  

डेनमार्क
डेनमार्कको कुल गार्हस्थ्य उत्पादन ३९७.१ बिलियन छ । सन् २००० मा १६४.१६ बिलियन रहेको जिडिपी सन् २०२१ मा ३९७.१ बिलियन पुगेको छ । विश्वव्यापी कोरोना महामारीअघि सन् २०१८ मा त्यहाँको जिडिपी ३५६.८४ बिलियन थियो । तर, सन् २०१९ मा ३४७.५८ बिलियन डलर पुग्यो । सन् २०१४ बाट निरन्तर ओरालो लागेको जिडिपी सन्२०१५ बाट उकालो त लाग्यो । तर, त्यसलाई भेट्टाउन सन् २०१८ नै कुर्नुपर्‍यो डेनमार्कले । 

 

यस्तै डेनमार्कको पर क्यापिटल जिडिपी ६७,८०३ छ  । २१ वर्षअघि अर्थात् सन् २००० मा ३०,७३४.५ बाट निरन्तर उकालो लागेर सन् २००८ मा उच्च बिन्दुमा अर्थात् ६४,३२२.१ मा पुग्यो । त्यसपछि उतारचढाव भोग्दै सन् २०२१ मा ६७,८०३ पुगेको छ । यस्तै डेनमार्कको वार्षिक जिडिपी ग्रोथ ४.७ रहेको वल्र्ड बैँकको तथ्यांक छ । यस्तै मुद्रास्फीति, कन्जुमर प्राइसमा वार्षिक १.९ छ  । 


इक्वेडर
फिफामा सहभागी अर्को मुलुक हो, इक्वेडर । यसको जिडिपी १०६.१७ बिलियन अमेरिकी डलर छ भने जिडिपी पर क्यापिटल ५९३४.९ डलर छ । इक्वेडरको पछिल्लो जिडिपी ग्रोथ वार्षिक ४.२ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । एकदमै न्यून ०.१ प्रतिशत मूल्यवृद्धि रहेको देशमा बेरोजगारीदर श्रमशक्तिको ६.४ प्रतिशत छ । कुल भूभागको आधाभन्दा बढी भूमि हरित छ भने विद्युत् पहुँच ९८.८ प्रतिशतमा छ । यहाँ प्रत्यक्ष वैदेशिक लगानी जिडिपीको जम्मा १.१ प्रतिशत छ। 

इरान
फिफा विश्वकप–२०२२ मा सहभागी टिम इरान मुस्लिम देश हो । आठ करोड ५० लाख २८ हजारभन्दा बढी जनसंख्या रहेको देश इरानको पछिल्लो कुल जिडिपी २३१.५५ बिलियन डलर छ । यस्तो जिडिपी सन् २०१२ मा ६४४.०४ बिलियन अमेरिकी डलर थियो । त्यसपछि घट्ने क्रम बढेको हो । यस्तै जिडिपी पर क्यापिटल २७५६.७ रहेको छ । सन् २००० पछि २०१२ मा सर्वाधिक उच्च ८५२५.८ पुगेको थियो थियो । 


वल्र्ड बैँकको रिपोर्टअनुसार पछिल्लो वार्षिक जिडिपी ग्रोथ १.८ रहेको छ । कुल श्रमशक्तिको ११.५ प्रतिशत बेरोजगारीदर रहेको देशमा मुद्रास्फीति पनि चर्को छ । उपभोक्ता मूल्यमा इरानको मुद्रास्फीति ३०.६ प्रतिशत छ । यहाँ हरित क्षेत्र कुल भूमिको जम्मा ६.६ प्रतिशत छ । 


सेनेगल
सेनेगल जनसंख्यामा झन्डै दुई करोड र जिडिपीमा २७.६३ बिलियन अमेरिकी डलर भएको देश हो । सन् २००० मा यस्तो जिडिपी जम्मा ६.१ बिलियन थियो । तर, यसको बढ्ने क्रम जारी रह्यो । सेनेगलको अहिलेको जिडिपी २१ वर्षपछिकै उच्च हो । यस्तै त्यहाँको जिडिपी पर क्यापिटल १६०६.५ डलर छ भने वार्षिक ग्रोथ ६.१ प्रतिशत छ । बेरोजगारदरको कुरा गर्दा सन् २०२१ मा कुल श्रमशक्तिको ३.७ प्रतिशत छ । तर, यो दर सन् २०११ मा चरम अवस्थामा १०.४ प्रतिशत पुगको थियो । 
यसैगरी सेनेगलको मुद्रास्फीति २.५ प्रतिशत, वैयक्तिक विप्रेषण प्राप्ति (पर्सनल रेमिट्यान्स, रिसिभ्ड) १०.५ प्रतिशत छ । कुल जनसंख्याको ७० प्रतिशत विद्युत्को पहुँचमा रहेको देशमा कुल भूमिको ४१.९ प्रतिशत वनजंगल (हरित) छ । यहाँ प्रत्यक्ष वैदेशिक लगानी जिडिपीको ७.५ प्रतिशत छ ।


नेदरल्यान्ड

नेदरल्यान्ड बलियो अर्थतन्त्र भएको देश हो । जिडिपी पर क्यापिटल ५८ हजार ६१ रहेको देशको पछिल्लो कुल जिडिपीचाहिँ १.०२ ट्रिलियन छ । सन् २००० देखि २०२० सम्म त्यहाँको जिडिपी बिलियनमा थियो । त्यसपछि ट्रिलियनमा उक्लिएको हो । वार्षिक जिडिपी ग्रोथ ५ प्रतिशत रहेको देशमा बेरोजगारीदर भने श्रमशक्तिको ४ प्रतिशत छ । त्यहीँ मुद्रास्फीति २.७ प्रतिशत, पर क्यापिटल कार्बन उत्सर्जन ८.४ मेट्रिक टन, जंगल क्षेत्र कुल भूमिको ११ प्रतिशत र आन्तरिक स्रोतको वार्षिक शुद्ध पानी निकासी ७४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । नेदरल्यान्डका ९७ प्रतिशत जनताले स्वच्छताको उपयोग गर्छन् । 


युके (इंग्ल्यान्ड, वेल्स)
६ करोड ७३ लाखभन्दा बढी जनसंख्या छ युकेमा । जहाँको वार्षिक जनसंख्या वृद्धिदर ०.४ प्रतिशत छ । यही देशको जिडिपी ३.२१ ट्रिलियन छ । यस्तै पछिल्लो जिडिपी पर क्यापिटल ४७ हजार ३३४.४ छ । तर, सन् २००७ मा पर क्यापिटल जिडिपी ५० हजारभन्दा बढी थियो । ०७ पछि कहिले ओरालो त कहिले उकालोको यात्रा तय गरेको छ । 


यस्तै युकेको जिडिपी ग्रोथ ७.४ प्रतिशत छ भने वा बेरोजगारदर ४.५ प्रतिशत रहेको वल्र्ड बैँकको तथ्यांक छ । साथै त्यहाँ उपभोक्ता मूल्यमा  मुद्रास्फीति २.५ प्रतिशत छ । सन् २०११ मा यस्तो मुद्रास्फीति ३.९ प्रतिशतमा पुगेको थियो । केन्द्रीय सरकारको ऋण जिडिपीको १९०.८ प्रतिशत छ । 


अमेरिका
३३ करोड १८ लाख ९३ हजारभन्दा बढी जनसंख्या रहेको संयुक्त राज्य अमेरिका विश्वकै शक्तिशाली देश मानिन्छ । यो देशको जिडिपी २३ ट्रिलियन अमेरिकी डलर छ भने जिडिपी पर क्यापिटल ६९ हजार २८७.५ छ । कोरोनाकालमा पनि अमेरिकाको अर्थतन्त्रमा खासै फरक नपरेको वल्र्ड बैँकको तथ्यांकले देखाउँछ । 
वार्षिक जिडिपी ग्रोथ ५.७ रहेको देशमा बेरोजगारदर पनि कुल श्रमशक्तिको ५.५ प्रतिशत छ । उपभोक्ता मूल्यमा वार्षिक ४.७ प्रतिशत मुद्रास्फीति, पर क्यापिटल कार्बन उत्सर्जन १४.७ मेट्रिक टन र कुल भूमिको ३४ प्रतिशत भूभाग वन क्षेत्र छ । अमेरिकी सरकारको ऋण जिडिपीको १६१.६ प्रतिशत रहेको देखिन्छ । त्यहाँको ९८ प्रतिशतले जनताले स्वच्छताको उपयोग गरेको वल्र्ड बैँकको तथ्यांकले देखाएको छ । 


साउदी अरेबिया
तीन करोड ५३ लाख ४० हजारभन्दा बढी जनसंख्या रहेको खाडी मुलुक साउदी अरेबियाको कुल जिडिपी ८३३.५४ बिलियन अमेरिकी डलर छ । कोरोनाकालमा (सन् २०१९–०२०) मा करिब १०० बिलियन डलर जिडिपी घटेको थियो । यस्तै त्यहाँको जिडिपी पर क्यापिटल २३ हजार ५८५.९ डलर छ । जिडिपी ग्रोथ भने वार्षिक ३.२ प्रतिशत रहेको छ । 


साउदी अरेबियामा बेरोजगारदर पनि उस्तै छ । आइएलओका अनुसार कुल श्रमशक्तिको ७.४ प्रतिशत बेरोजगारदार छ । यस्तै उपभोक्ता मूल्यमा मूल्यवृद्धि ३.१ छ भने वनजंगलको क्षेत्र जम्मा ०.५ प्रतिशत छ । 


मेक्सिको
फिफामा सहभागी देश मेक्सिकोको पनि अर्थतन्त्र बलियो मानिन्छ । वल्र्ड बैँकका अनुसार त्यहाँको जिडिपी १.२९ ट्रिलियन अमेरिकी डलर छ । तर, सन् २०१४ मा यस्तो जिडिपी १.३२ ट्रिलियन थियो भने सन् २००० मा ७५६.७१ बिलियन थियो । 


मेक्सिकोको जिडिपी पर क्यापिटल ९९२६.४ डलर छ । जबकि सन् २०१४ मा १०९२८.९ हजार डलर थियो । मेक्सिकोको वार्षिक जिडिपी ग्रोथ ४.८ प्रतिशत छ । 
श्रमशक्तिको ४.४ प्रतिशत बेरोजगारीदर, ५.७ मुद्रास्फीति र वैयक्तिक रेमिट्यान्स प्राप्ति जिडिपीको ३.९ प्रतिशत छ । पर क्यापिटल ३.५ मेट्रिक टन कार्बन उत्सर्जन हुने देशको वन क्षेत्र घटेको छ । सन् २००० मा ३५ प्रतिशत रहेको वन क्षेत्र पछिल्लो समयमा ३३.८ मा झरेको छ । यस्तै केन्द्रीय सरकारको ऋण जिडिपीको १९.१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।


पोल्यान्ड
युरोपियन युनियनअन्तर्गतकै अर्को देश पोल्यान्डको जिडिपी भने ६७४.०५ बिलियन अमेरिकी डलर छ । यस्तै जिडिपी पर क्यापिटल १७८४०.९ रहेको छ । यस्तो जिडिपी पर क्यापिटल वार्षिक ५.७ प्रतिशतको वृद्धि हो । सन् २००२ मा बेरोजगारदर १९.९ प्रतिशत रहेकामा पछिल्लो समय यस्तो दर ३.४ प्रतिशत छ । 
पोल्यान्डमा कुल भूमिको ३१ प्रतिशत वन क्षेत्र छ । यहाँ प्रत्यक्ष वैदेशिक लगानी जिडिपीको २.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । 


फ्रान्स

फ्रान्सको कुल गार्हस्थ्य उत्पादन २.९४ ट्रिलियन अमेरिकी डलरको छ । यस्तो जिडिपी २१ वर्षअघि सन् २००० मा १.३७ ट्रिलियन थियो । त्यसयता बढिरहेको जिडिपी सन् २००८ सम्म बढेर २.९३ ट्रिलियन पुग्यो । त्यसपछि सुरु भयो निरन्तरको ओरालो यात्रा । जिडिपीमा २००८ को गति पक्रिन फ्रान्सलाई १३ वर्ष लाग्यो । 
फ्रान्सको जिडिपी पर क्यापिटल ४३ हजार ५१८.५ छ भने वार्षिक जिडिपी ग्रोथ ७ प्रतिशत रहेको छ । यति मात्रै होइन, बेरोजगारी पनि उस्तै छ फ्रान्समा । श्रमशक्तिको आठ प्रतिशत बेरोजगारीदर र मुद्रास्फीति १.६ प्रतिशत रहेको तथ्यांक छ । साथै जिडिपीको १२३.४ प्रतिशत सरकारी ऋण रहेको तथ्यांकमा उल्लेख छ ।


ट्युनिसिया
वल्र्ड बैँकको तथ्यांकअनुसार ट्युनिसियाको जिडिपी ४६.८४ ट्रिलियनको छ । सवा करोड जनसंख्या रहेको देशको जिडिपी पर क्यापिटल भने ३९२४.३ छ  । २१ वर्षमा सन् २०१४ मा यो सर्वाधिक उच्च ४५४४ डलर थियो । त्यसपछि गिरावट आउने र केही लय समात्ने क्रम जारी छ । त्यहाँको वार्षिक जिडिपी ग्रोथ ३.३ प्रतिशत रहेको छ भने बेरोजगारीदर १६.८ प्रतिशत छ । यस्तै ट्युनिसियामा मुद्रास्फीति ५.७ प्रतिशत र सरकारी ऋण जिडिपीको ४२.५ प्रतिशत रहेको छ । सुखद कुरा के भने, ट्युनिसियाको वन क्षेत्र क्रमशः बढ्दै गइरहेको छ, जुन अहिले कुल भूमिको ४.५ प्रतिशत क्षेत्र छ । 


स्पेन 
जिडिपी पर क्यापिटल ३०११५ डलर रहेको स्पेनको जिडिपी १.४३ ट्रिलियन अमेरिकी डलरको छ । दुई दशकको बीचमा एकपटक सन् २००८ मा स्पेनको जिडिपी सर्वाधिक १.६३ ट्रिलियन पुगेको थियो । यस्तै सोही वर्ष जिडिपी पर क्यापिट पनि सर्वाधिक ३५५१० डलर पुगेको थियो । त्यसपछि उतारचढावको शृंखला जारी छ । वार्षिक ५.१ जिडिपी ग्रोथ रहेको स्पेनमा सन् २०२१ को रिपोर्टअनुसार मुद्रास्फीति ३.१ प्रतिशत छ । यहाँको सरकारी ऋण भने जिडिपीको कुल १४० प्रतिशत छ । 


जर्मनी
करिब साढे आठ करोड जनसंख्या रहेको जर्मनीको कुल गार्हस्थ्य उत्पादन ४.२२ ट्रिलियन अमेरिकी डलर छ । वल्र्ड बैँकको तथ्यांकअनुसार जिडिपी पर क्यापिटल ५०८०१ डलर छ । जिडिपी ग्रोथ वार्षिक २.९ प्रतिशत छ भने बेरोजगारीदर ३.५ प्रतिशत छ । त्यहाँ उपभोक्ता मूल्यमा मुद्रास्फीति ३.१ प्रतिशत छ । ३२ प्रतिशत भूभाग हरित क्षेत्र रहेको जर्मनीमा प्रत्यक्ष वैदेशिक लगानी जिडिपीको ३.७ प्रतिशत रहेको देखिन्छ । 


जापान
सूर्योदय र साकुराको देश भनेर चिनिने देश हो जापान । फिफामा सहभागी ३२ टिममध्ये एक जापानको जनसंख्या १२ करोड ५६ लाख ८१ हजार ५९३ छ । यहाँको जिडिपी ४.९४ ट्रिलियन डलर छ भने जिडिपी पर क्यापिटल ३९२८५ हजार डलर छ । २१ वर्षअघि पनि जापानको जिडिपी पनि अहिलेको जत्तिकै थियो । त्यहाँको वार्षिक जिडिपी ग्रोथ १.६ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । जापानमा पछिल्लो मुद्रास्फीति माइनस ०.२ प्रतिशत छ भने बेरोजगारीदर २.८ प्रतिशत । कुल भूमिको ६८.४ प्रतिशत वन क्षेत्र रहेको देशको सरकारी ऋण भने २१६.३ ट्रिलियन छ । 


मोरक्को
पश्चिमी अफ्रिकी देश मोरक्को अर्थतन्त्र पनि बलियो छ । एकाध वर्षलाई छोड्ने हो भने पछिल्लो दुई दशकमा यसले राम्रै प्रगति गरिरहेको छ । त्यहाँको पछिल्लो जिडिपी १३२.७३ बिलियन अमेरिकी डलर छ । जबकि जिडिपी पर क्यापिटल ३४९६ डलर छ । साथै वार्षिक जिडिपी ग्रोथ ७.४ प्रतिशत रहेको वल्र्ड बैँकको तथ्यांक छ । उपभोक्ता मूल्यमा १.४ प्रतिश मुद्रास्फीति रहेको मोरक्कोमा वन क्षेत्र कुल भूमिको १२.९ प्रतिशत छ । केन्द्रीय सरकारको ऋण भने जिडिपीको ५५.६ प्रतिशत छ ।


सर्बिया
फिफा विश्वकपमा सहभागी हुने अर्को टिम हो सर्बिया । करिब सात करोड मानिसको बसोबास रहेको देशको जिडिपी ६३.०७ बिलियन अमेरिकी डलर छ, जुन दुई दशककै उच्च जिडिपी हो । यस्तै जिडिपी पर क्यापिटल ९२१५ डलर छ भने वार्षिक जिडिपी ग्रोथ ७.४ प्रतिशत छ । आश्चर्य त के छ भने सन् २००० मा जिडिपी पर क्यापिटल जम्मा ९१४.८ थियो । वल्र्ड बैँकको तथ्यांकअनुसार सर्बियाको पछिल्लो मुद्रास्फीति ४.१ छ भने बेरोजगारीदर ११.८ छ । यस्तै सर्बियामा पर क्यापिटल ६.६ मेट्रिक टन कार्बन उत्सर्जन हुने गरेको छ । 

स्विट्जरल्यान्ड
एक करोड पनि जनसंख्या नभएको युरोपियन युनियनअन्तर्गतको देश स्विट्जरल्यान्डको जिडिपी आश्चर्यलाग्दो छ । ८१२.८७ बिलियन जिडिपी रहेको देशको जिडिपी पर क्यापिटल ९३ हजार ४५७ डलर छ । यस्तै वार्षिक ग्रोथ ३.७ प्रतिशत छ । उपभोक्ता मूल्यमा ०.६ प्रतिशत मुद्रास्फीति छ भने कुल भूमिको ३२.१ प्रतिशत हरित क्षेत्र छ । साथै केन्द्रीय सरकारको ऋण जिडिपीको २०.५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । 


पोर्चुगल
रोनाल्डोको देश भनेर चिनिने पोर्चुगल जनसंख्या पनि करिब डेढ करोड हाराहारी छ । यही देशको जिडिपी २४९.८९ बिलियन अमेरिकी डलर छ । दुई दशक बढीको अवधिमा सन् २००८ मा सर्वाधिक २६३.४२ बिलियन डलर पुगेको थियो । यस्तै पोर्चुगलको जिडिपी पर क्यापिटल २४२६२.२ डलर छ । वार्षिक जिडिप ग्रोथ ४.९, बेरोजगारीदर ६.६, मुद्रास्फीति १.३ र प्रत्यक्ष वैदेशिक लगानी जिडिपीको १.७ छ । 


घाना
पश्चिम अफ्रिकी मुलुक घानाको कुल जिडिपी ७७.५९ बिलियन डलर छ । जहाँको जिडिपी पर क्यापिटल २४४५.३ रहेको वल्र्ड बैँकको तथ्यांकले देखाउँछ । 
जिडिपीको वार्षिक ग्रोथ ५.५ भएको घानामा मुद्रास्फीति भने १० प्रतिशत छ । यो देशमा जिडिपीको कुल २.७ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । 


उरुग्वे
३४ लाख ८५ हजारभन्दा बढी जनसंख्या रहेको देशको जिडिपी ५९.३२ बिलियन अमेरिकी डलर छ । तर, सन् २०१८ मा त्यहाँको जिडिपी ६४.५२ बिलियन थियो । यस्तै जिडिपी पर क्यापिटल १७०२० रहेको छ, जुन वार्षिक ग्रोथ ४.४ प्रतिशत हो । घानामा उपभोक्ता मूल्यमा ७.७ मुद्रास्फीति छ । साथै कुल भूमिको ११.६ प्रतिशत भूमिमा वन क्षेत्र फैलिएको छ । यो देशको सरकारी ऋण जिडिपीको ६०.४ प्रतिशत छ । 


कोरिया
जिटुजीअन्तर्गत रोजगारीको आकर्षक बनेको दक्षिण कोरिया फिफमा सहभागी अर्को समूह हो । यो देशको जिडिपी १.८ ट्रिलियन छ । सन् २०१८ मा यो १.७२ ट्रिलियन थियो । यस्तै कोरियाको जिडिपी पर क्यापिटल ३४ हजार ७५७.७ डलर छ । २.५ मुद्रास्फीति रहेको देशको सरकारी ऋण भने कुल जिडिपीको ४६.६ प्रतिशत रहेको वल्र्ड बैँकको तथ्यांकमा उल्लेख छ ।