• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
द इकोनोमिस्ट
२०७९ पौष २ शनिबार ०६:५५:००
अनुवाद

यौन स्वास्थ्यबारे खुल्दै छ समाज

२०७९ पौष २ शनिबार ०६:५५:००
द इकोनोमिस्ट

अमेरिका, जर्मनी र स्पेनका पुरुषहरूमा गरिएका सर्वेक्षणअनुसार करिब २० प्रतिशत पुरुष आफ्नो यौन जीवनको कुनै न कुनै कालखण्डमा इरेक्टाइल डिस्फंक्सन (इडी) अर्थात् यौन उत्तेजना नहुने समस्याबाट पीडित हुने गर्छन् । हुन त, यस्तो समस्या महिलामा पनि हुन्छ । सर्वेक्षणहरूले देखाएअनुसार लगभग आधाजसो बेलायती महिलाले यौन समस्याको अनुभव गर्छन् । उनीहरूले कुनै वर्ष यस्तो समस्या तीन महिनाभन्दा बढी समयसम्म अनुभव गरेको पाइयो । अनुसन्धाताहरूले क्यानडामा गरिएको अध्ययनमा ४०–५९ उमेर समुहका झन्डै ४० प्रतिशत महिला र ३० प्रतिशत पुरुषमा न्यून कामेच्छा, सहवासको समयमा दुखाइको अनुभव, उत्तेजना नहुने समस्या, चरम आनन्दमा पुग्न कठिनाइजस्ता कुनै न कुनै प्रकारको यौन समस्या रहेको पाए ।


यो हलुका विषय होइन
यी समस्यामा सहयोग पाउन गाह्रो छ । यौन स्वास्थ्य उपचारका भरमार सेवा यी समस्याको तुरुन्तै हल दिन असफल छन् । जुन पुरुषको समस्या शारीरिक नभई मनोवैज्ञानिक हुन्छ उसलाई अधिकांश चिकित्सकले भिएग्राजस्ता औषधि उपचारका रूपमा सिफारिस गर्ने गर्छन् । चिकित्सकसँग यसको सिवाय अरू केही उपाय पनि छैन ।


लाज र अज्ञानताको कारण यौनसम्बन्धी समस्यामा धेरैजसोले कहिल्यै उपचारको खोजी गर्दैनन् । फ्रान्समा यौनसम्बन्धी समस्या भएकामध्ये केवल एकचौथाई व्यक्ति मात्रै चिकित्सककहाँ पुग्छन् । बर्ग नामक एक व्यक्तिले आफ्नो यौन कमजोरीको समाधान इन्टरनेटमा खोजेको र विभिन्नखाले चक्की र खुराक प्रयोग गरे पनि ती प्रभावहीन भएको बताए ।


यौन समस्यालाई अझै पनि लाज र संकोचले ढाकेका छन् । दुई–तीन दशकअघिसम्म मानसिक–स्वास्थ्यसम्बन्धी समस्याको पनि यस्तै हालत थियो । पीडित अक्सर उपचार खोज्न अनिच्छुक हुन्छन् भने अधिकांश चिकित्सक पनि यो समस्यालाई तुच्छ ठान्छन् । पश्चिम युरोपका उदारवादी मुलुकमा समेत यौन शिक्षा मुख्यतः यौन रोग वा अनिच्छित गर्भ रोक्नमै केन्द्रित छन् । यौन स्वास्थ्यप्रति समर्पित (डेडिकेटेड) क्लिनिकहरूले पनि सन्तुष्ट यौन सम्बन्ध राख्नमा समस्या भोगिरहेकाहरूलाई खासै प्राथमिकता दिएको पाइँदैन । सौभाग्यवश, यो प्रवृत्तिमा परिवर्तन हुन थालेको छ ।


यौन कमजोरी शरीरमा अन्यत्र केही गडबडी छ भन्ने पूर्वसंकेत पनि हुन सक्छ । इडी अधिकतर विशुद्ध मनोवैज्ञानिक हुन्छ, खासगरी युवा पुरुषहरूमा । तर, जननांग धमनीको संकुचनको कारण पनि यस्तो समस्या देखिन सक्छ । यस्तोमा यो मुटुसम्बन्धी समस्याको पूर्वचेतावनीको संकेत हो । यदि परिवारमा कोरोनरी आर्टरी डिजिज (मुटुको रक्त धमनीसम्बन्धी रोग)को इतिहास छ वा उक्त व्यक्तिले धूम्रपान गर्ने गरेको छ भने उसमा यौन समस्या(इडी) देखिनु मुटुरोगको पूर्वसंकेत हो । 


कहिलेकाहीँ यौन कमजोरी घातकभन्दा पनि कष्टप्रद हुन्छ । बेलायती विश्वविद्यालयको एउटा समूहले नाट्सल नामक दशकव्यापी यौन–स्वास्थ्य सर्वेक्षण सञ्चालन गर्छ । सन् २०१२ मा समाप्त भएको उसको पछिल्लो सर्वेक्षणमा यौनक्रियामा सक्रिय महिलामध्ये ७.५ प्रतिशतले सहवास पीडादायी हुने गरेको उल्लेख गरेका छन् भने २५ प्रतिशतले ‘धेरैजसो’ र ‘कम्तीमा ६ महिना’ यस्तो लक्षण सामना गरेको बताएका छन् ।


यौन कमजोरीसम्बन्धी सबै समस्या पूरै चिकित्सकीय प्रकृतिका हुँदैनन् । यौन इच्छामा तलमाथि आमसमस्या नै हो । नाट्सलको पछिल्लो सर्वेमा पार्टनर भएका ३८ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलाले आफ्नो जीवनमा यौनको मात्रा लगभग यथोचित रहेको बताएका थिए । बाँकी पुरुष र महिला दुवैैले आपूm अतृप्त रहने गरेको वा यौन अपुग रहेको बताएका थिए । धेरै अवस्थामा पार्टनरबीचको यौनेच्छामा अन्तरसहवासमा प्राप्त हुने आनन्दको स्तरमा हुने  अन्तरसँग सम्बन्धित पाइयो ।

यौन समस्यालाई अझै पनि लाज र संकोचले ढाकेका छन् । दुई–तीन दशकअघिसम्म मानसिक–स्वास्थ्यसम्बन्धी समस्याको पनि यस्तै हालत थियो । पीडित अक्सर उपचार खोज्न अनिच्छुक हुन्छन् भने अधिकांश चिकित्सक पनि यो समस्यालाई तुच्छ ठान्छन् । 


यो कुरा अर्थपूर्ण छ, यौनमा असन्तुष्ट मानिस निराश हुनुको अलावा विवाह र सम्बन्ध बिग्रनुको एउटा ठूलो कारण पनि हो यो । अमेरिका, डेनमार्क र भारतजस्ता विभिन्न देशको तथ्यांकअनुसार शारीरिक वा भावनात्मक घनिष्टताका समस्या २०–५० प्रतिशत सम्बन्धविच्छेदको प्रमुख कारण रहने गरेको छ । 
यौन कमजोरीले कामलाई पनि असर गर्छ । सन् २०१९ मा ब्राजिल, चीन, जर्मनी र स्पेनलगायतमा ५२ हजार पुरुषमाथि गरिएको अध्ययन प्रकाशित भयो । त्यो अध्ययनले इडी(यौन उत्तेजनासम्बन्धी गडबडी)को समस्या रहेका पुरुषमा कार्यालय नआउने दर उच्च रहेको र आए पनि उत्पादकत्वको दर उल्लेख्य रूपमा न्यून रहेको पायो । 


यौन उत्तेजना नहुने समस्यामा चिकित्सक र पीडित दुवै पक्षले लाजको अनुभव गर्ने भएकाले यिनको अक्सर उपचार नै हुँदैन । अन्य देशहरूको तुलनामा यौनबारे अधिक उदार नेदरल्यान्ड्समा समेत इडीका पीडितहरू डाक्टरले नै यसबारे कुरा सुरु गरिदिऊन् भन्न चाहने गरेको रोटरड्यामको युनिभर्सिटी मेडिकल सेन्टरका इमेरिटस प्रोफेसर तथा डच यौनरोगविद् वेएट गियानोटेन बताउँछन् । चिकित्सकहरू पनि अधिकतर यसबारे कुरा गर्न अनिच्छुकै रहने गर्छन् । डा. गियानोटेन पीडितले आफ्नो यौन समस्याबारे राम्रोसँग खुलस्त नगर्ने बताउँछन् । मिनेसोटा विश्वविद्यालयमा यौन विषय अध्यापन गर्ने क्रिस्टेन मार्क यो विषय पढाउँदा धेरैजसो समय एकोहोरो भटभट्याउँदैमा जाने गरेको बताउँछन् । 


यदि लज्जालाई हटाउन सकियो भने यसका प्रशस्तै उपचारहरू छन् । केही चिकित्सक ‘माइन्डफुलनेस’का सत्र सिफारिस गर्छन् । यो विधिले मनलाई चिन्ता उत्पन्न गर्ने कुराबाट ध्यान अन्यत्र मोड्न सहयोग गर्छ । इरेक्टाइल डिसफंक्सनका लागि प्रख्यात औषधि भिएग्राको पेटेन्ट अधिकार सन् २०२० बाट समाप्त भइसकेको छ । यसको अर्थ बजारमा अब यो औषधिका सस्ता संस्करण सर्वत्र उपलब्ध छन् । महिलामा महिनावारी सुक्ने समयमा पनि यौन कमजोरीहरू देखापर्छन् । धनी मुलुकका महिलाहरूले दशकौँ पहिलेदेखि हर्माेन प्रतिस्थापनको थेरापीमा पहुँच पाएका छन् । हर्माेन प्रतिस्थापनले महिनावारी सुक्ने वेलामा देखापर्ने हट फ्लस र अनिद्राका अलावा रजनोवृत्तिका लक्षणबाट छुट्कारा पाउन पनि सहयोग गर्छ । 


अधिकतर यौनेच्छाको स्तर यसबाट प्राप्त हुने आनन्दको स्तरसँग सम्बन्धित हुन्छ । इन्डियाना विश्वविद्यालयको हालैको अर्काे यौन स्वास्थ्य सर्वेक्षणले अमेरिकी पुरुषले सहमतिको सहवासमा लगभग ८५ प्रतिशत समय चरम सुख प्राप्त गर्ने गरेको र महिलामा यो दर ६३ प्रतिशत रहेको पायो । यो अन्तरका अधिकांश कारण सामान्य वा स्वस्थ सहवास के हो भन्नेबारेका गलत धारणासँग बढी सम्बन्धित रहेको डाक्टरहरूको बुझाइ छ । यौनबारे खुलेर कुरा गर्न कठिन भएकाले अधिकांश मानिस हलिउड वा पोर्न उद्योगका उपाय अवलम्बन गर्छन् । तर, वास्तविक जीवनमा तिनको अनुवाद सम्भव हुँदैन । 


कुन देशमा कस्तो सुविधा ?
यौन कमजोरीजन्य समस्याहरूको व्यापकताका बाबजुद धेरै कम देशले मात्रै यसको उपचारलाई आफ्नो नियमित प्राथमिक स्वास्थ्य हेरचाहको हिस्सा बनाएका छन् । फ्रान्स प्रसवोत्तर महिलाहरूको पक्षमा देखिन्छ । बच्चा जन्माउँदा महिलाको प्रजनन अंगको मांसपेशीमा समस्या सिर्जना हुने गर्छ । यसले महिलाहरूलाई बच्चा जन्माएपश्चात् लामो समय यौन सम्बन्ध राख्नबाट रोक्न सक्छ । फ्रान्सेली महिलाहरूलाई पेल्भिक फिजियोथेरापिस्टसँग अपोइन्टमेन्टको प्रबन्ध मिलाइएको छ । अक्सर यो थेरापी बच्चा जन्मिएको ६ हप्तापछि सुरुवात गरिन्छ ।

यौन कमजोरीजन्य समस्याहरूको व्यापकताका बाबजुद धेरै कम देशले मात्रै यसको उपचारलाई आफ्नो नियमित प्राथमिक स्वास्थ्य हेरचाहको हिस्सा बनाएका छन् 


नेदरल्यान्डले अपांगता भएका व्यक्ति (जस्तै प्यारालाइसिसका बिरामी)हरूलाई विशेष तालिमप्राप्त यौनकर्मीहरूसँग यौन सम्पर्कको कक्षा लिन अनुमति दिन्छ । (पहिले यो सेवाको खर्च सामाजिक सुरक्षणले कभर गथ्र्याे तर, सामाजिक खर्चमा कटौतीपछि भने अब यो सेवा निःशुल्क उपलब्ध छैन ।)केही सरकारले यौन स्वास्थ्योपचारलाई जत्तिकै प्राथमिकता यौन आनन्दलाई पनि दिन सुरु गरेका छन् । (यस नयाँ दृष्टिकोणलाई कोभिड– १९ लकडाउनले थप प्रेरित ग¥यो)। नेदरल्यान्डले परिवारका सदस्यहरूबीच सम्पर्क प्रतिबन्धित हुँदासमेत अविवाहित नागरिकहरूलाई आफ्ना ‘सेक्स साथी’सँग भेट्न अनुमति दिएको थियो । आइरिस स्वास्थ्य अधिकारीहरूले चाहिँ आफ्ना नागरिकलाई हस्तमैथुनका लागि सिफारिस गरे । कोलम्बियाको स्वास्थ्य मन्त्रालयले यौन खेलौना र सहमतियुक्त साइबरसेक्स प्रयोगबारे दिशानिर्देश जारी गरेको थियो ।


सरकारी अधिकारीहरूबाट सेक्स टिप्स लिन नचाहनेहरूका लागि सेक्स टोय (यौन खेलौना) उद्योगले अवसर प्रदान गरेका छन् । ग्राहकहरूको परिवर्तित झुकावलाई ध्यानमा राख्दै र आफ्नो छविसमेत सुधार्ने मनसायसमेतले सेक्स टोय उद्योगले आफ्ना उत्पादनलाई ‘वेलनेस डिभाइसेस’ (आनन्दका उपकरण)का रूपमा प्रस्तुत गर्न थालेका छन् । फलस्वरूप, यो उद्योग तीव्रगतिले उकालो लाग्दो छ । अमेरिका, बेलायत र फ्रान्सका २५–३० प्रतिशत वयस्कले सेक्स टोय प्रयोग गर्ने गरेको कन्सल्टेन्सी फर्म पिडब्लुएसको तथ्यांकले देखाउँछ । अमेरिकाको चेन औषधि विक्रेता बालग्रिन्स र उसको बेलायती शाखा बुट्सले आफ्ना वेबसाइट्समा पीडानाशक औषधि ब्रुफिन, नक्कली परेलासँगै डिल्डोज (नक्कली लिंग) र भ्राइवेटर राखेका छन् । सन् २०१६ मा ११ अर्ब डलरबराबर रहेको सेक्स टोय बजारको आकार सन् २०२१ मा बढेर १९ अर्ब डलर पुगेको पिडब्लुसीको तथ्यांक छ ।


एप्स अर्काे लोकप्रिय विकल्प हो । इरेक्टाइल डिसफंक्सन भएका व्यक्तिका लागि व्यायाम, शिक्षा र समर्थन समूह उपलब्ध गराउने एप मोजो निकै लोकप्रिय छ । मनोवैज्ञानिक कारणले गर्दा यौन कमजोरीको समस्याबाट गुज्रिरहेका मोजोका धेरैजसो प्रयोगकर्ताले ६ हप्तामै सुधार साक्षात्कार गर्ने बर्गको अनुभव छ । स्पानिस स्टार्टअप माइहिक्सेलले शीघ्र स्खलन समस्याको एप आधारित समाधान प्रस्तुत गर्छ । जर्मनीले स्टार्टअप हेलोबेटर निर्मित एउटा एपलाई योनी दुखाइको उपचार सिफारिस गर्न अनुमति दिएको छ । यसका प्रयोगकर्ताले सेवाबापतको भुक्तानी आफ्नो स्वास्थ्य बिमाबाट गर्न सक्छन् ।


यौनको बारेमा कुरा गर्न वर्जित विपन्न मुलुकमा भने यसबारेका जानकारी प्राप्त गर्न कठिन छ । यद्यपि, भारतमा फिल्म मेकर परोमिता भोराले सुरु गरेको ‘एजेन्ट अफ इस्क’ नामक बेवसाइट यो अभाव पूरा गर्ने एउटा प्रयास हो । यसमा यौनसम्बन्धी हास्यव्यंग्यात्मक भिडियो, कमिक्स र अन्य मनोरञ्जक सामग्री पस्किइन्छन्, जसमा सेक्स र हस्तमैथुनजस्ता कुराका समर्थन समावेश हुन्छन् । यो साइटले वार्षिक हस्तमैथुन कविता प्रतियोगिता गर्नुका साथै आममानिसले पठाएका यौनेच्छा र यौनबारेका कथा पनि प्रकाशित गर्छ । परोमिताका अनुसार यो साइटमा आउने अधिकांश प्रतिक्रियामा ‘ए म मात्रै होइन रहेछ... यस्तो महसुस गर्ने अरू पनि त रहेछन्’ भन्ने खालको हुने गर्छ ।


केही विज्ञहरूचाहिँ रोकथामको समाधान पस्किन्छन् । सम्पन्न मुलुकका अधिकांश किशोर–किशोरीलाई विद्यालयमा यौन शिक्षाका कक्षा दिइन्छ । तर, ती कक्षा यौन रोग तथा अनिच्छित गर्भधारणजस्ता कुराबाट कसरी बच्न सकिन्छ भन्नेमै केन्द्रित हुने गरेका छन् । ती कक्षामा पनि यौन आनन्दको चर्चा अक्सर अनुपस्थित हुन्छ । विपन्न स्थानमा त यो विषयमा कुनै छलफल नै हुँदैन ।


मोजोका प्रयोगकर्ता बर्ग विद्यालयमा दिइने यौन शिक्षाको उद्देश्य यथार्थपरक हुनुका साथै कम्तीमा स्वास्थ्य, यौनानन्द र सम्भावित समस्याहरूलाई समेट्ने हुनुपर्छ भन्छन् । ‘यस्तो शिक्षाले किशोर–किशोरीहरूलाई सेक्स फिल्ममा जस्तो हुँदैन भनी बुझाउने लक्ष्य राख्नुपर्छ । साथै, एक जवान र स्वस्थ मानिस भएर पनि तपाईंमा यौनजन्य कमजोरी हुन सक्छ । तर, यसको मतलव खराबी नै भने होइन । योजनाअनुसार नहुनु यौनको सवालमा सामान्य विषय हो ।’ 
अनुवाद : नारायण सिवाकोटी