• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पवन बराइली
२०८० जेठ १३ शनिबार ०६:३२:००
फिल्म

आशालाग्दी अभिनेत्री

२०८० जेठ १३ शनिबार ०६:३२:००
पवन बराइली

एसएलसी दिनुअघि नै विनिता थापामगरले ‘इनसाइड द ब्रेन’ नाटकमा अभिनय गर्ने अवसर पाइन् । गुरुकुलमा मञ्चन भएको यो नाटकबाट वाहवाही बटुलेपछि उनले अभिनयमै लाग्ने सपना देख्न थालिन् । अहिले आएर उनी नेपाली फिल्मकै एक आशालाग्दी अभिनेत्रीका रूपमा चर्चामा छिन् । भर्खरै रिलिज भएको फिल्म ‘हल्कारा’ले उनलाई नयाँ उचाइ दिलाएको हो । यस फिल्ममा उनले श्रीमान्को चिठी कुरेर बसेकी एक युवतीको भूमिका निर्वाह गरेकी छिन् । 


सानोमा विनिता डान्स भनेपछि हुरुक्कै हुन्थिन् । बलिउडकी माधुरी दीक्षितको नृत्य उनलाई निकै मनपथ्र्यो । स्कुलमा सधैँ नृत्यमा प्रथम हुने गरेकी विनितालाई साथीभाइले भन्थे, ‘कलाकारिता गरेर के पाइन्छ ? तिमी राम्री छ्यौ, एयरहोस्टेज वा नर्स बन । पैसा र इज्जत दुवै मिल्छ ।’

 
सानैदेखिको सपना र साथीभाइ तथा आफन्तको सुझाबमध्ये के रोज्ने ? द्विविधामा रहेकी किशोरावस्थाकी विनितासँग अभिनय गर्ने क्रममा रंगकर्मी सुमन रायमाझीसँग भयो । ‘कलाकारले डाक्टर, पाइलट, पुलिस, नर्स, एयरहोस्टेज सबैको चरित्र निभाउन पाउँछन्,’ उनी भन्थे । रायमाझीबाट प्रेरित भएपछि विनिताले सर्वनाम थिएटरमा अभिनयको प्रशिक्षण लिन थालिन् । लगत्तै, राजकुमार पुडासैनीको नाटक ‘मृगतृष्णा’मा अभिनय गर्ने अवसर मिल्यो ।

यस अवधिमा विनिता थापामगरले अनुप बराल निर्देशित ‘दोख’, किरण श्रेष्ठको ‘येट एन अदर विन्टर’, ‘जम्प’लगायत फिल्ममा काम गरिन् । प्रतिष्ठित बुसान फिल्म फेस्टिबलमा छनोट भएको ‘येट एन अदर विन्टर’मा उनले आमाको भूमिकामा काम गरेकी थिइन् ।


यसपछि फिल्म ‘शून्य’का लागि अडिसन दिइन् । फिल्ममा अभिनय गर्न पाउँदा मन फुरुंग थियो । तर, यो फिल्म रिलिज भएन । रंगकर्ममा उनको सक्रियता जारी थियो र छ । ‘एक्टर्स स्टुडियो’ले निर्माण गरेको नाटक ‘ओ स्टार दुनियाँ’मा उनले एकैपटक दुईवटा चरित्र निर्वाह गरेकी थिइन् । तेस्रोलिंगी र घरमा काम गर्ने किशोरीको भूमिका थियो । उनको अभिनयलाई धेरैले तारिफ गरे । रंगमञ्चलाई हेर्ने उनको दृष्टिकोण पनि फराकिलो हुँदै गयो । ‘थिएटरले मलाई जिम्मेवार बनायो । आफैँलाई अब्जर्भ गर्ने मौका पाएँ । दुःखलाई महसुस गर्न पनि सिकायो,’ उनी भन्छिन् । 


‘कथा एक्सप्रेस’, ‘ब्रिफ क्यान्डल’ ‘दाँतको डोब’, ‘देउराल डाँडी’लगायत दर्जनौँ नाटकमा उनले अभिनय गरिसकेकी छिन् । यसबीच धेरै सिनेमा, म्युजिक भिडियो र टेरिसिरियलमा काम गर्ने ‘अफर’ आए । तर, चित्त नबुझेका स्क्रिप्ट र टिम उनले पन्छाइन् । ‘पैसाका लागि सबैखाले काम गरिनँ । स्क्रिप्ट पढेर चित्त बुझेपछि मात्रै काम गर्ने अडान लिएँ,’ उनी भन्छिन् । 


विनितालाई चलचित्रमा काम गर्ने उति रुचि थिएन । खासमा उनलाई नेपाली चलचित्र क्षेत्रसँग वितृष्णा थियो । त्यसमाथि मूलधारको सिनेमाको दबदबा मन परिरहेको थिएन । त्यसैवेला फिल्म ‘हल्कारा’ लागि आइस फल्स प्रोडक्सनले कलाकार खोजिरहेको रहेछ । ‘कलाकार उमेश तामाङले एउटा फिल्म छ, त्यसका लागि भिडियो अडिसन तयार गरेर पठाउनू भन्नुभयो,’ उनले सम्झिइन्, ‘त्यसपछि स्क्रिप्ट पढ्न थालेँ । पहिलो पृष्ठ पढ्नेबित्तिकै फिल्मको कथाले छोयो ।’ पूरै स्क्रिप्ट पढ्दासम्म उनी फिल्म गर्न तयार भइसकेकी थिइन् । 

भर्खरै रिलिज भएको फिल्म ‘हल्कारा’ले विनितालाई नयाँ उचाइ दिलाएको छ । यस फिल्ममा उनले श्रीमान्को चिठी कुरेर बसेकी एक युवतीको भूमिका निर्वाह गरेकी छिन् । 


त्यसपछि भिडियो अडिसन दिइन् । एक सातापछि पहिलो चरणको अडिसनमा पास भएको खबर आयो । झन्डै एक महिनापछि निर्माण टिमले फिल्ड अडिसनमा बोलायो । त्यहाँ, अभिनेता महेश त्रिपाठीसँग उनको केमेस्ट्री म्याच भयो । अन्ततः उनी ‘मिया’को भूमिकामा पक्का भइन् । मियाको पात्र र परिवेशमा भिझ्नका लागि उनले निकै मिहिनेत गरिन् । यो फिल्मबाट उनले धेरै आशा राखेकी थिइन् । तर, सुटिङ भएको झन्डै पाँच वर्षपछि केही साताअघि मात्रै यो फिल्म रिलिज भयो ।


यस अवधिमा उनले अनुप बराल निर्देशित ‘दोख’, किरण श्रेष्ठको ‘येट एन अदर विन्टर’, ‘जम्प’लगायत फिल्ममा काम गरिन् । प्रतिष्ठित बुसान फिल्म फेस्टिबलमा छनोट भएको ‘येट एन अदर विन्टर’मा उनले आमाको भूमिकामा काम गरेकी थिइन् । ‘जम्प’ रिलिज हुन बाँकी छ । फिल्म र नाटकमा अभिनयसँगै इन्डिपेन्डेन्ट फिल्ममेकरहरूको समूहमा मिलेर विनिताले सर्ट फिल्महरू पनि निर्माण गर्छिन् । भन्छिन्, ‘नेपाली सिनेमा क्षेत्र भाइरल र चर्चामा बढी विश्वास गर्छ । कला र अभिनयमा जीवन समर्पण गरेकाहरूलाई टिक्न गाह्रो छ । त्यसैले जीवनयापनका लागि केही गरौँ भनेर यो समूह निर्माण गरेका हौँ ।’ 


लामो प्रतीक्षापछि रिलिज भएको ‘हल्कारा’ समीक्षात्मक रूपमा उत्कृष्ट ठहरिए पनि व्यापार राम्रो हुन सकेन । हलले उपयुक्त समय नदिँदा राम्रा सिनेमा कोपभाजनमा परेको उनको गुनासो छ । उनी भन्छिन्, ‘हाम्रोमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति छ । हल्कारालाई विदेशी दर्शकले एप्रिसियट गरेका छन् । यसमा हामीले सफलता हासिल ग¥यौँ । तर, हाम्रै देशमा हलवालाले पर्याप्त सो दिएनन्,’ उनले भनिन् । 


कतिपय नाटक र सिनेमाबाट आफूले पाउनुपर्ने पारिश्रमिकसमेत नपाएको उनी बताउँछिन् । ‘नाटकले पैसा उठाएन भनिन्थ्यो, गाडीभाडा र खाजा खर्च खल्तीबाट झिक्नुपथ्र्याे,’ उनी स्मरण गर्छिन्, ‘मैले चार–पाँचवटा सिनेमाबाट पैसा पाएकी छैन । ती सिनेमामा मेरो सानो रोल थियो । त्यसैले पैसा पनि थोरै हुनु स्वाभाविक हो । चार–पाँच हजार नदिँदा फरक पर्दैन भन्ने उहाँहरूलाई लाग्यो होला । तर, मेरा लागि यो ठूलो पैसा थियो । यो मेरो मात्रै भोगाइ होइन । कलाकारितामा करिअर खोज्दै आउने नयाँ पुस्ताको भोगाइ हो । दुःख गरेर कलाकारितामा टिकेकी हुँ ।’


हिजोआज थिएटरलाई धेरैले सिनेमाको भ¥याङ बनाउन खोजेजस्तो उनलाई लाग्छ । ‘मानिसहरू सिनेमामा काम गर्ने लक्ष्य राखेका हुन्छन् । त्यसका लागि नाटक सिक्छन् । तर, सिनेमामा काम नपाएपछि निराश हुन्छन् । काम पाए पनि सानोतिनो रोल गर्दा पैसा र लोकप्रियता दुवै कम हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले पैसा र लोकप्रियताको लोभमा कलाकारितामा नआउनुहोला । यहाँ धेरै संघर्ष गर्नुपर्छ । कलाकारितालाई तपाईंले साधनाका रूपमा लिने हो भने आउँदा हुन्छ, संघर्षमा पनि सन्तुष्टि मिल्छ ।’