• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
बिल गेट्स
२०८० पौष ७ शनिबार ०८:२३:००
अनुवाद

एआईको भविष्य

२०८० पौष ७ शनिबार ०८:२३:००
बिल गेट्स

यो वर्ष पहिलोपटक मैले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई कामका लागि प्रयोग गरेँ, केबल नवीनताको रूपमा भने होइन । मलाई लाग्छ कि धेरै मानिसका लागि एआई सत्य हो । हामी अहिले ठूलो प्राविधिक संक्रमणको सुरुवातमा छौँ । यो एक रोमाञ्चक र भ्रामक समय हो । एआईले आगामी वर्षलाई कसरी आकार दिन्छ भन्ने विषय अनिश्चितताले भरिएको छ । तर, उत्पादनमा सुधार गर्न र शिक्षा, मानसिक स्वास्थ्य सेवा र अन्यमा पहुँच विस्तार गर्न कसरी एआई प्रयोग गर्न सकिन्छ भन्ने कुरा पहिलेभन्दा अझै धेरै स्पष्ट छ ।


मेरो काम सधैँ मूल विचारमा आधारित छ, नवीनता प्रगतिको चाबी हो । त्यसैले मैले माइक्रोसफ्ट सुरु गरेँ । मेलिन्डा र मैले दुई दशकभन्दा अघि गेट्स फाउन्डेसन सुरु गरेका थियौँ । यही कारणले गत शताब्दीमा संसारभरको जीवनमा धेरै सुधार भएको छ ।


सन् २००० देखि विश्वमा पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुने बालबालिकाको संख्या झन्डै आधा घटेको छ र नवीनता यसको ठूलो कारण हो । वैज्ञानिकहरूले खोपहरू बनाउनका लागि नयाँ तरिका ल्याए, जुन छिटो, सर्वसुलभ र सुरक्षित थियो । उनीहरूले नयाँ डेलिभरी मेकानिजम विकास गरे, जसले संसारको सबैभन्दा दुर्गम ठाउँमा काम गर्‍यो र ती खोप धेरै बच्चासम्म पुग्न सम्भव बनायो । रोटाभाइरसजस्ता घातक रोगबाट बच्चालाई बचाउने नयाँ खोप सिर्जना गर्‍यो ।

एआईले हामीले यसअघि कहिल्यै नदेखेको गतिमा नयाँ आविष्कारको दरलाई तीव्रता दिन लागेको छ । अहिलेसम्मको सबैभन्दा ठूलो प्रभाव नयाँ औषधि उत्पादन गर्नु हो । एआई उपकरणले औषधि पत्ता लगाउने प्रक्रियालाई महत्वपूर्ण रूपमा गति दिन सक्छ र केही कम्पनीले यसअघि नै यी उपकरणलाई क्यान्सरको औषधिमा काम गरिरहेका छन् ।


सीमित स्रोत भएको संसारमा तपाईंले प्रभावलाई अधिकतम बढाउने तरिकाहरू खोज्नुपर्छ । खर्च गरिएको हरेक डलरबाट अधिकतम प्राप्त गर्ने कुञ्जी नै नवीनता हो । एआईले हामीले यसअघि कहिल्यै नदेखेको गतिमा नयाँ आविष्कारको दरलाई तीव्रता दिन लागेको छ । अहिलेसम्मको सबैभन्दा ठूलो प्रभाव नयाँ औषधि उत्पादन गर्नु हो । एआई उपकरणले औषधि पत्ता लगाउने प्रक्रियालाई महत्वपूर्ण रूपमा गति दिन सक्छ र केही कम्पनीले यसअघि नै यी उपकरणलाई क्यान्सरको औषधिमा काम गरिरहेका छन् । एआईमा गेट्स फाउन्डेसनको प्रमुख प्राथमिकता एड्स, क्षयरोग र मलेरियाजस्ता स्वास्थ्य समस्या (जसले विश्वको गरिबीलाई असर गर्छ)लाई सम्बोधन गर्न यी उपकरण पनि प्रयोग गरिन्छ भनी सुनिश्चित गर्नु हो ।


मलाई विश्वास छ कि न्यून र मध्यम आय भएका देशले आफ्नो जीवनस्तर सुधार्न एआईलाई प्रयोग गर्ने ठूलो सम्भावना छ । हालै सेनेगलको यात्राका क्रममा विकासशील देशका धेरै आविष्कारकसँग मेरो भेट भयो । उनीहरूले आफ्नै समुदायका मानिसलाई फाइदा हुने उद्देश्यका साथ अचम्मको एआई अनुसन्धान गरिरहेका छन् । तिनीहरूको धेरै काम अझै पनि विकासको प्रारम्भिक चरणमा छ, तर उनीहरूले यो दशकपछि ठूलो प्राविधिक समृद्धिका लागि खुड्किला तय गर्दै छ ।


मैले भेटेका टोलीहरूले एआईले एन्टिबायोटिक–प्रतिरोधी रोगजन्य एजेन्टहरूसँग कसरी लड्न सक्छलगायत विषयमा अनुसन्धान गरिरहेका छन् । विकासोन्मुख देशका नवप्रवर्तकले आफ्नै समुदायले भोगिरहेका केही ठूला चुनौतीको सामना गर्न एआईबाट मद्दत खोजिरहेको देख्दा म निकै प्रभावित भएँ । यो डरलाग्दो तथ्यांकलाई विचार गर्नुहोस्, प्रसव पीडा वा गर्भावस्थामा प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु हुन्छ । भारतीय टोलीले यो तथ्यांक सुधार गर्न एआई प्रयोग गर्ने अपेक्षा गरेको छ । यस्ता परियोजनाका लागि थुप्रै चुनौती छन् ।


आयोजनाबाट अधिकतम लाभ लिन हामीले पूर्वाग्रह र भ्रमलाई कसरी रोक्ने भन्नेलगायत एआईसँग सम्बन्धित केही व्यापक जोखिमलाई सम्बोधन गर्न आवश्यक छ । जब एआई प्रणालीले आत्मविश्वासका साथ केही दाबी गर्छ, त्यो केवल सत्य होइन । यो चिकित्सा सन्दर्भमा विनाशकारी हुन सक्छ । यद्यपि, केही अन्वेषकले भ्रम एआई प्रविधिमा निहित समस्या रहेको ठान्छन्, तर म सहमत छैन । म आशावादी छु कि समयसँगै एआई मोडेलहरूलाई काल्पनिकताबाट तथ्य छुट्याउनका लागि सिकाउन सकिन्छ । उदाहरणका लागि ओपनएआईले यस मोर्चामा आशाजनक काम गरिरहेको छ ।एआई उत्पादनहरू प्रयोग गर्ने मानिसलाई यो उपयुक्त छ भनेर हामीले सुनिश्चित गर्नुपर्छ । उदाहरणका लागि म सोमनासी नामक एआईमा आधारित शिक्षणबारे उत्साहित छु ।

 

आज परीक्षण भइरहेका एआई शिक्षा उपकरण मन छुने खालका छन् । किनभने तिनीहरू प्रत्येक शिक्षार्थीका लागि अनुकूल छन् । ‘सोमनासी’ले केन्याका विद्यार्थीलाई फाइदा दिनेछन् । यसलाई स्थानीय पाठ्यक्रमको साथसाथै सांस्कृतिक सन्दर्भलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसले गर्दा यसलाई प्रयोग गर्ने विद्यार्थीलाई परिचित महसुस हुन्छ ।


न्यून र मध्यम आय भएका देशमा कसरी नयाँ प्रविधि प्रयोग गर्ने भन्नेबारे सोचिरहेका धेरै अनुसन्धानकर्तालाई देखेर म उत्साहित छु । यदि हामीले अहिले स्मार्ट लगानी गर्‍यौँ भने एआईले विश्वलाई अझ समतामूलक बनाउन सक्छ । संयुक्त राज्य अमेरिकाजस्ता उच्च आय भएका देशको सामान्य जनसंख्या एआई प्रयोगको महत्वपूर्ण स्तरबाट केबल १८ देखि २४ महिना टाढा छन् । यो हामीले देखेको अन्य आविष्कारभन्दा धेरै छोटो समयमा धेरै ठाउँमा पुगेको छ । 

(सिएनएनबाट सुभाष शर्माको अनुवाद)