अशेष मल्ल वरिष्ठ रंगकर्मी हुन् । सडक नाटकदेखि स्टेज हुँदै नाटकघरसम्म आइपुग्दा मल्लले भोगेका अनुभूति रोचक र प्रेरणादायी छन् । उनै नाट्यकर्मी मल्लले आफ्नो नाट्ययात्राका रोचक घटना पवन बराइलीसँग यसरी सम्झिए :
किस्सा १
२०३६ सालको आन्दोलन चर्कियो । म त्यतिवेला विद्यार्थी नै थिएँ । देशभर नै आन्दोलन चर्किन थाल्यो । आन्दोलनका कारण पढाइ हुने कुरा भएन । आन्दोलन देशभरि सुरु भएपछि म धरान पुगेँ । त्यहाँ साहित्यिक साथीहरूसँग भेट भयो । त्यहाँ पनि कार्यक्रम भइरहेको रहेछ । कार्यक्रममा मैले एक्लै कविता वाचन गरेँ । मलाई पञ्चायतविरोधी भनेर चिन्थे । म धरान पुगेपछि घरतिर हल्लाखल्ला हुन थालेछ । केही दिन धरान बसेपछि बिहानै उठेर धनकुटातिर लागेँ । साँझ घर पुगेँ ।
ज्यान थकित थियो, सुतेँ । भोलिपल्ट सबैभन्दा पहिला आमा उठ्नुभयो । म उठिसकेको थिइनँ । आमा आत्तिँदै आउनुभयो । के भएछ भनेर बाहिर निस्किएँ । सेतो भित्तामा ‘चोर अशेष मल्ल, तुरुन्तै काठमाडौं फर्किहाल्, नत्र कारबाही गर्छाैं भनेर ठूलो अक्षरमा लेखिएको रहेछ । अघिल्लो राति मात्रै घरमा पुगेको छु । त्यसपछि त आमाले बस्नै दिनुभएन । तँलाई मार्छन् भनेर आमा कराउन थाल्नुभयो । त्यसपछि म काठमाडौं फर्किएँ ।
किस्सा २
साथीहरूले पत्रिकामा कथा–कविता लेखेको देख्थेँ । उनीहरूले मलाई अरूको नाटक कति गर्ने तिमी आफैँ नाटक लेख भन्न थाले । नाटक त लेख्ने, तर कसरी ? मलाई थाहा थिएन त्यसवेला । २०३२ सालको कुरा हो । धनकुटाको हात्तीखर्क भन्ने गाउँमा हाम्रो खेतबारी थियो । त्यहाँ बुबाले मलाई वेला–वेला पठाउँनुहुन्थ्यो । त्यहाँ हाम्रो खेती हेर्ने ‘बखते’ भन्ने मान्छे थिए । उनी परिवारसँग झगडा पनि गर्थे । मैले उनीहरू झगडा गरेको देख्थेँ । पछि उनीहरूकोे झगडालाई आधार मानेर नाटक लेखेँ । नाटकको नाम ‘तुवाँलोले ढाकेको बस्ती’ राखेँ । यो नाटकलाई हामीले धनकुटामा मञ्चन गर्यौँ । त्यही नाटक लिएर काठमाडौं आयौँ । हाम्रो झन्डै ४०–५० जनाको हुल थियो । भारी बोकेर आयौँ ।
म उठिसकेको थिइनँ । आमा आत्तिँदै आउनुभयो । के भएछ भनेर बाहिर निस्किएँ । सेतो भित्तामा ‘चोर अशेष मल्ल, तुरुन्तै काठमाडौं फर्किहाल्, नत्र कारबाही गर्छाैं भनेर ठूलो अक्षरमा लेखिएको रहेछ । अघिल्लो राति मात्रै घरमा पुगेको छु । त्यसपछि त आमाले बस्नै दिनुभएन । तँलाई मार्छन् भनेर आमा कराउन थाल्नुभयो । त्यसपछि म काठमाडौं फर्किएँ ।
त्यसवेला एकडेमीमा त्यो नाटक एक महिना चल्यो । दर्शकहरू पहिलोपटक टिकट काटेरै नाटक हेर्न आए । त्यसपछि टिकट काटेर नाटक हेर्ने प्रचलन सुरु भयो । यो नाटक हेर्न राजा वीरेन्द्रका परिवार पनि आएका थिए । नाटक मञ्चनबाट केही पैसा पनि जम्मा भयो । नाटक मञ्चनपछि सबै साथीहरू धनकुटा फर्किए । म काठमाडौंमै बसेँ । नाटकमा उठेको पैसा सबैले बाँडेका थियौँ । त्यही पैसाले घरमा सल्लाह नगरी नेपाली विषयमा एमए भर्ना भएँ । घरबाट एक पैसा नलिई पढेँ । बुबाआमालाई धेरैपछि मात्रै थाहा भयो, छोरा पढ्दै छ भनेर ।
किस्सा ३
२०३०–३१ सालतिरको कुरा हो । त्यतिवेला धनकुटामै नाटक गरेका थियौँ । त्यो नाटकमा एकजना साथी हिरोइन र म हिरोको भूमिकामा थियौँ । नाटकको दृश्य सकिएपछि हामी पर्दापछाडि बस्थ्यौँ । त्यसरी नै चार–पाँच दिन चलि नै रह्यो नाटक । एक दिन नाटकको दृश्य सकेर उनी र म पर्दापछाडि नै बसेका थियौँ । मेरो हातमा उनले एकदमै मोटो खाम दिइन् । मैले त्यहीँ खोल्न लागेको थिएँ । तर, उनले घरमा लगेर खोल्नू भनिन् । मैले त्यो खाम गोजीमा राखेँ । त्यो दिन नाटक सकेर घर फर्किएँ ।
घरमा लाल्टिन बालेर खाम खोलेर हेरेँ । त्यहाँ २५ पेजको प्रेमपत्र रहेछ । त्यसवेला किशोरावस्थामा नै थिएँ । त्यो प्रेमपत्रले म झस्किएँ । मलाई प्रेममा फस्नुहुन्न भन्ने लाग्यो । मलाई त भविष्यमा ठूलो कवि र नाटककार बन्नु थियो । मैले त्यो प्रेमपत्रको जवाफ दिइनँ । नाटक सकिएपछि उनलाई हामी अहिले नै यस्तोमा अलमलिनुहुँदैन भनेँ । त्यसरी नसोचेको भए यहाँसम्म आइपुग्दिनथेँ होला । मेरो विवाह हुन्थ्यो होला । धनकुटामै हुन्थेँ होला ।
किस्सा ४
दक्षिण एसियाली सडक महोत्सव गथ्र्याैं । भारतमा सडक नाटकका पिता भनेर चिनिएका बादल सरकारबाट महोत्सवको उद्घाटन गराउने योजना बनायौँ । तर, उनीसँग चिनजान थिएन । उनको नाम मात्रै सुनेको थिएँ । तर, उनैलाई ल्याउन मन लाग्यो । मेरो एकजना दीपक लोहोनी भन्ने साथी थिए । उनकी दिदी कलकत्तामा रहिछिन् । उनको बंगलीसँग बिहे भएको रहेछ । मैले दीपकलाई ‘तिम्रा भिनाजुलाई बादल सरकार भेट्टाउन सहयोग गर्न भन्नुपर्यो’ भनेँ । उनले भइहाल्छ नि, भिनाजुले धेरै सहयोग गर्नुहुन्छ भनिहाले । त्यसपछि म कलकत्ता एक्लै गएँ । बल्ल–बल्ल उनको घर पत्ता लगाएँ । तर, उनले बादल सरकारको नामसमेत सुनेका रहेनछन् । उनले धेरैलाई सोधे, कसैले पनि चिनेको छु भनेन । तीन–चार दिन भइसक्यो, कसैले पनि फेला पार्न सकेनन् । तर, मलाई बादल सरकार भेटेर निमन्त्रणा दिनु थियो ।
नाटक सुरु हुनुअघि बत्ती बालेर हातबाट तल राखेर गीत गाउँदै मञ्चन सुरु गरिन्थ्यो । ब्याडमिन्टनको कर्भ राख्ने बट्टालाई प्रयोग गरेर त्यसभित्र बत्ती राखिन्थ्यो । नाटक हेर्न दर्शक सबै आइसकेका थिए । नाटक सुरु हुन लागेको थियो । तर, बत्ती नै बलेन । किन बत्ती बलेन भनेर कर्भभित्र हात घुसारेको त नांगो बिजुलीको तार रहेछ । करेन्टको झट्काले नराम्रोसँग भुइँमा बजारिएँ ।
बादल सरकारलाई खोज्दा–खोज्दा हैरान भएँ । फेला पार्नै सकिएन । त्यहाँ एउटा स्कुलका शिक्षकचाहिँ कलाकार रहेछन् । बल्ल दीपकका भिनाजुले त्यो शिक्षक फेला पारेछन् । ती शिक्षकले उसलाई बादल सरकार बस्ने ठाउँ बताइदिएछन् । ट्रेनमा जानुपर्ने । त्यही रात ट्रेन चढियो । ८–९ बजे पुगियो बादल सरकार बस्ने ठाउँमा । खोज्दै जाँदा घर पत्ता लाग्यो । ६–७ तलाको घर रहेछ । माथिल्लो तलामा बस्दा रहेछन् । एकजना बुढो, केश सेतै फुलेको, झ्याप्प दारी पनि फुलेको । मैले त फोटो पनि देखेको थिइनँ । त्यहाँ उनी नाटकको रिहर्सल गर्दै थिए ।
हामीलाई देखेपछि उनी छक्क परे । मैले आफ्नो परिचय दिएँ । उसले म नै हो बादल सरकार भनेपछि मैले खुट्टा ढोगिदिएँ । उनी एकछिन छक्क परे । त्यो भेटका क्षण अझै याद छ, उनले मलाई क्रेजी(पागल) भने । उनले किन आएको भनेर सोधे । हामीले सडक नाटक महोत्सव गर्दै छौँ । तपाईंबाट उद्घाटन गराऊँ भनेर निमन्त्रणा दिन आएको भनेँ । त्यसपछि उनी छक्क परे । त्यो राति उनकै घरमा बसेँ । त्यसवेला उनीसँग सात दिन सँगैसँगै रहेँ ।
किस्सा ५
त्यसवेला नाटकका लागि हल पाउन पनि गाह्रो हुन्थ्यो । हल पाएपछि पनि नाटक सेन्सर हुन्थ्यो । त्यसवेला सिडिओ अफिसले नाटकका लागि सेन्सर गरेर सास्ती दिन्थ्यो । नाटकको स्क्रिप्ट पास गर्न अञ्चलाधीशकहाँ जानुपथ्र्याे । उनीहरूले सेन्सर गर्दा लाइनका लाइन नाटकको स्क्रिप्ट काटिदिन्थे । कहिलेकाहीँ त सेन्सर गरेर ४० पेजको नाटकलाई २० पेजमा घटाइदिन्थे । रातो मसीले कोरेको संवाद नभन्नू भनेर आदेश दिन्थे । यदि संवाद भनिहाले पुलिसले आएर लगिहाल्थे । यसरी थुप्रै नाटक मञ्चन गर्यौँ । मलाई बिस्तारै सेल्फ सेन्सर गर्नुपर्छ भन्ने लाग्यो । आफैँ सेन्सर गरेर नाटक लेख्न थालेँ ।
त्यसले मलाई फाइदा पनि गर्यो । चिप शब्दहरू प्रयोग नगरी सिम्बोलिक र बिम्ब प्रयोग गरेर लेख्न थालेँ । बिम्ब प्रयोग गरेर लेख्दा सिडिओ अफिसले खासै बुझ्दैनथ्यो । यही क्रममा ‘हामी वसन्त खोजिरहेछौँ’ भन्ने नाटक लेखेँ । वास्तवमा यसको अर्थ ‘हामी प्रजातन्त्र खोजिरहेछौँ’ थियो । त्यो नाटक सिडिओ अफिसले एक शब्द पनि काटेन । हामीलाई प्रजातन्त्र चाहिन्छ भन्न बिम्बात्मक रूपमा लेखिएको थियो । उनीहरूले बिम्बलाई बुझेनन् । मेरो सेन्सर नभएको त्यो एउटा मात्रै नाटक थियो ।
किस्सा ६
२०३८/३९ सालतिर हुनुपर्छ । हामी देशका विभिन्न सहरमा नाटक देखाउँथ्यौँ । मलाई अरूले भन्दा फरक काम गर्नुपर्छ भन्ने लाग्थ्यो । तर, मेरो अगाडि बालकृष्ण सम, विजय मल्ल हुनुहुन्थ्यो । उहाँहरूभन्दा फरक नाटक कसरी गर्न सक्छु ? भन्ने सोच्थेँ । हरेक नाटकमा नयाँ–नयाँ तरिका अपनाउन मन लाग्थ्यो । त्यही दौरान पोखरामा नाटक मञ्चन गर्नुपर्ने थियो । नाटकका लागि स्टेज आफैँले बनाउनुपथ्र्याे ।
नाटकको स्टेज पछाडिको कुरा हो । नाटक सुरु हुनुअघि बत्ती बालेर हातबाट तल राखेर गीत गाउँदै मञ्चन सुरु गरिन्थ्यो । ब्याडमिन्टनको कर्भ राख्ने बट्टालाई प्रयोग गरेर त्यसभित्र बत्ती राखिन्थ्यो । नाटक हेर्न दर्शक सबै आइसकेका थिए । नाटक सुरु हुन लागेको थियो । तर, बत्ती नै बलेन । किन बत्ती बलेन भनेर कर्भभित्र हात घुसारेको त नांगो बिजुलीको तार रहेछ । करेन्टको झट्काले नराम्रोसँग भुइँमा बजारिएँ । करेन्टले कसो ठूलो दुर्घटना निम्याएन । त्यसवेला ठूलो कालबाट जोगिएँ । एकछिनपछि उठेर फेरि नाटक गरेँ ।
किस्सा ७
हामी गाउँगाउँमा सडक नाटक देखाउँदै हिड्थ्यौँ । त्यही दौरान पाल्पा पनि पुगेका थियौँ । गाउँको नाम ठ्याक्कै याद भएन । नाटक बहुविवाहविरुद्धको थियो । चउरमा गाउँलेहरू नाटक हेर्न आएका थिए । हामी नाटक देखाइरहेका थियौँ । नाटक हेर्न आउने एकजना पुरुषले बहुविवाह गरेका रहेछन् । त्यहाँ उनका दुईजना श्रीमती पनि आएका रहेछन् । ती पुरुषलाई दुईजना महिलाले कुनामा लगेर भाकाभक कुट्न थाले । नाटक बिथोलिएर सबैजना त्यहाँ झुम्मिन थाले । हाम्रो नाटकले दिन खोजेको सन्देश र उनीहरूको जीवनको भोगाइ उस्तै रहेछ ।