• वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका
२०८० चैत १० शनिबार ०७:२५:००
साहित्य

मन परेका पाँच पुस्तकबारे प्राध्यापक उदय अधिकारी

२०८० चैत १० शनिबार ०७:२५:००
नयाँ पत्रिका

वान हन्ड्रेड 
इयर्स अफ सोलिट्युड :  ग्राबियल ग्रासिया माक्र्वेजको यो उपन्यासले बुन्डिया परिवारको कथामार्फत कोलम्बियाको समाजको चित्र प्रस्तुत गर्छ । गृहयुद्ध, आप्रवासनलगायत विषय गजबसँग प्रस्तुत गरिएको छ । ‘जादुयी यथार्थवाद’लाई यस उपन्यासले विश्वप्रसिद्ध बनायो । यसलाई विश्व साहित्यकै उत्कृष्ट उपन्यासमध्ये एक मानिन्छ ।

 

द गड अफ
स्मल थिंग्स् : अरुन्धती रोयको यो उपन्यासले १९९७ मा बुकर प्राइज पनि जितेको थियो । यसमा १९६० को दशकको केरलाको  राजनीतिको कथा निकै गजबसँग देखाइएको छ । 

 

मिडनाइटस् चिल्ड्रेन :  सलमान रुस्दी मलाई निकै मनपर्ने लेखक हुन् । उनी बुकर अफ द बुकर पनि हुन् । मिडनाइट चिल्ड्रेनमा १९४७ को भारत स्वतन्त्रतादेखि इन्दिरा गान्धीले संकटकाल लगाउँदासम्मको कथा मार्मिक रूपमा देखाइएको छ।

 

थिंग्स फल  अपार्ट :  चिनुआ अबेचेको यो उपन्यासले नाइजेरिया कसरी उपनिवेश बन्यो भन्ने कथा प्रस्तुत गर्छ । नाइजेरियाको भाषा कसरी सिद्धियो, संस्कृति कसरी मासियो, कसरी यहाँ इसाईकरण मौलायो र यहाँका मानिसले कसरी संघर्ष गर्नुपर्‍यो भन्ने देखाइएको छ ।  

 

अमेरिकाना :  चिमामान्दा अदिचीको यो उपन्यासले अमेरिका बसेर नाइजेरिया फर्किएको एक परिवारको कथा प्रस्तुत गर्छ । उनीहरूले अमेरिकामा खेपेको श्वेत सर्वोच्चतावादको मार र नाइजेरियाको उपनिवेशकालीन समयलाई गजबसँग चित्रण गरिएको छ ।