
म निदाएको छैन
जलिरहेछु
आज आफ्नै चितामा
बलिरहेछु
किन, दुख्छन् मुटुहरू
तिखा वचनले
आज आफ्नै छायाँसँग गलिरहेछु
चाहनाले शिखर चढेर
तल झर्दा
सपनाको मलामी
आफैँ जानुपर्दा
खै जीवन नै
के रहेछ र ?
धोका दिनेवालाको नै धेरै भर पर्दा
छामेनौ मुटु कि
देखेनौ चित्र
आफ्नो चित्र पनि
देख्यौँ कि पराईभित्र
एउटै मन्दिर यो
एकै छन् भगवानहरू
दियो बालेर
तिम्रै प्रगतिको कामना गरिरहेछु
छैनौ तिमी र पनि
छौ भन्ने विश्वासमा
एक तमास हुरी चलिरहेछ
जलेर खरानी मै भए पनि
एक झिल्को
तिमीभित्रै बलिरहेछ
धोका दिन्छ कहिलेकाहीँ
आफ्नै आँखाले
छाड्छ साथ कहिले
आफ्नै छायाँले
विचलित नहुनु तिमी
सुनेर अनेक कुरा
मायालाई सँगाल्न
मायाकै कुरा गरिरहेछु
छाम, हेर, चियाउ मभित्र
देख्छौ तिमी आफ्नै चरित्र
श्वास फेर्न छाडेर
को बाँचेको छ र यहाँ ?
म तिमीविना एक्लै मरिरहेछु