• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली 
२०८१ जेठ १९ शनिबार ०६:३३:००
समाज

सगरमाथा बेसक्याम्प जान मन छ

यात्रा

२०८१ जेठ १९ शनिबार ०६:३३:००
पवन बराइली 

 

यो  पृथ्वी यति विशाल छ, जति घुमे पनि नसकिनेरहेछ । यो सुन्दर पृथ्वीमा घुम्न र हेर्न धेरै बाँकी छ । जति घुम्यो त्यति नै आनन्द लाग्छ । मान्छेलाई घुमेर कहिल्यै नपुग्दोरहेछ । मलाई भाग्यले साथ दियो, त्यसैले एक पैसा खर्च नगरी संसारका थुप्रै ठाउँ पुगेँ । कार्यक्रमको दौरानमा ५० देश घुमियो । म धेरै पो घुमेछु भन्ने लाग्यो । तर, मभन्दा पनि धेरै देश घुम्ने मान्छे पनि रहेछन् । एक सय ६० वटा देश घुमिसकेका मान्छे पनि छन् । त्यस्ता मान्छेको अगाडि म केही पनि रहेनछु भन्ने लाग्यो । 


म अफ्रिका गएको छैन । अफ्रिकाको जंगल टुर गर्न मन छ । त्यहाँको वन्यजन्तु हेर्दै आनन्द लिन मन छ । म दक्षिण अमेरिका पनि घुम्न पाएको छैन । दक्षिण अमेरिका पनि घुम्न पाए हुन्थ्यो भन्ने लाग्छ । चिली पनि घुम्न पाए हुन्थ्योजस्तो लाग्छ । घुम्नुपर्ने देश धेरै छन् । ती सबै घुमेर सकिँदैन होला । जिवा लामिछानेको देश–देशावर किताब पढ्दा आफू पनि घुमेजस्तो लाग्दोरहेछ । 

सगरमाथा चढ्न नपाए पनि बेसक्याम्पसम्म पुग्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यहाँ प्रकृतिको स्वाद बेग्लै हुन्छ होला ।


नेपालका पनि थुप्रै ठाउँ पुगियो । तर, मलाई सगरमाथा वेस क्याम्प जान मन छ । सगरमाथा चढ्न नपाए पनि बेसक्याम्पसम्म पुग्न पाए हुन्थ्योजस्तो लाग्छ । त्यहाँ पुग्दा प्रकृतिको स्वाद लिन पाइन्थ्यो । त्यहाँ प्रकृतिको स्वाद बेग्लै हुन्छ होला । हामी विदेश जान्छौँ । तर, विदेशीहरू नेपाल घुम्न आउँछन् । विदेशमा विकास छ, त्यहाँ राम्रो छ । हाम्रो देश त्यसै पनि राम्रो छ । केही नगर्दा पनि प्राकृतिक सुन्दरताले राम्रो छ । हामी विदेशमा सौन्दर्य हेर्न जान्छौँ । हामी विदेश जाँदा विकास हेरेर मख्ख पर्छौँ ।

 

त्यहाँको विकास र समृद्धिले छक्क पार्छ । यता हाम्रोमा विकास एकदमै ढिलासुस्ती छ । विदेशमा घुम्दा हाम्रो देश कहिले यस्तो हुन्छ होला भन्ने लाग्छ । पहिलेभन्दा केही हदसम्म राम्रो बन्दै गएको छ । हामीले विदेशबाट सिक्नुपर्ने ठाउँ धेरै छन् ।