• वि.सं २०८२ बैशाख १० मंगलबार
  • Tuesday, 22 April, 2025
विपिन देव
२०८१ चैत २३ शनिबार ०८:५५:००
सम्झना

बिपीलाई गान्धीसँग भेटाउने डा. लोहिया

२०८१ चैत २३ शनिबार ०८:५५:००
विपिन देव

समाजवादी चिन्तक स्व. प्रदीप गिरि समाजवादमा अभिरुचि राख्ने अध्येतालाई डा. राममनोहर लोहियाको व्यक्तित्व र कृतित्वबारेको आलेख र अभिव्यक्ति दिन आग्रह गरिरहनुहुन्थ्यो । डा। लोहियाको दर्शनलाई चम्काउन उहाँले ‘समता’ नामक पत्रिकासमेत सम्पादन गर्नुभएको थियो । यसकारण डा। लोहिया र नेपालको प्रजातान्त्रिक आन्दोलनको अन्तरसम्बन्धबारे नयाँ पुस्ताले बुभ्mन आवश्यक देखिन्छ ।


डा. लोहियाको दार्शनिक पक्ष र नेपालसँग उनको सम्बन्ध आपसमा जोडिएको छ । डा. लोहिया २३ वर्षकै उमेरमा जर्मनीका नामुद अर्थशास्त्री जामर्वटको शोध निर्देशमा विद्यावारिधि गरी भारतीय स्वतन्त्रता संग्राममा होमिनुभएको थियो । सन् १८४२ मा ‘भारत छोडो’ आन्दोलन चुलिएका वेला डा. लोहिया र जयप्रकाश नारायण सप्तरी जिल्लाबाट स्वतन्त्रता संग्राममा परिचालित थिए । तत्कालीन राणा शासकले डा. लोहिया र जयप्रकाश नारायणलाई सप्तरी जिल्लाको हनुमाननगरको जेल चलान गर्दै अंग्रेजलाई सुपुर्दगी गर्ने तयारी गरेका थिए ।

 

नेपाली कांग्रेसका संस्थापक नेता रामेश्वरप्रसाद सिंहको विशेष सहयोगमा जेल तोडी डा। लोहिया र जयप्रकाश नारायणलाई मुक्त गराइएको थियो । डा। लोहियाले हनुमानगरको जेलमै रहँदा राणाविरोधी गतिविधिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने रामेश्वर बाबुलाई विश्वास दिलाएका थिए । प्रदीप गिरिका अनुसार हनुमाननगर प्रकरण नभएको भए ००७ सालमै प्रजातन्त्र आउने सम्भावना कम थियो ।

भारत स्वतन्त्र हुनेबित्तिकै डा. लोहियाले राणाशासनको विरोधमा दिल्लीस्थित नेपाली राजदूतावासअगाडि सत्याग्रह गर्दै गिरफ्तारी दिएका थिए । भारतीय स्वतन्त्रता संग्रामका अग्रणी व्यक्तित्व नेपालको प्रजातान्त्रिक आन्दोलनका कारण गिरफ्तार हुनु आफैँमा अद्भूत थियो । 

 

डा. लोहियाले त्यसपछि बिपी कोइरालासँगको सम्बन्ध र सम्पर्कलाई अधिक महत्व दिएको पाइन्छ । राणा शासकको नियत नै बिपीलाई सुन्दरीजलको आमरण अनशनमा सिध्याउनु थियो । बिपीको स्वास्थ्य अवस्था गम्भीर भइसकेको थियो । अनशन वास्तवमा गान्धीवादको प्रयोग थियो । कांग्रेस नेता गणेशमानजी र किशुनजीले डा। लोहियासँग भेटेर बिपीको जीर्ण स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । यसपछि डा. लोहियाले गणेशमान र किशुनजीलाई माहात्मा गान्धीसँग भेट गराउँदै बिपीको सत्याग्रहबारे अवगत गराएका थिए ।

 

भेटकै क्रममा गान्धीले आफ्ना  साहायक प्यारा लाललाई राणा शासकलाई दबाब पत्र लेख्न आदेश दिए । गान्धीको पत्रको अर्थ एक किसिमले नेपाली कांग्रेसको राणाविरोधी आन्दोलनलाई नैतिक बल दिनु र अन्तर्राष्ट्रियकरण गर्नु थियो । गान्धीको पत्रको अवज्ञा गर्ने सामथ्र्य राणामा थिएन । बिपीलाई गान्धीसँग भेट गराउने पनि डा. लोहिया नै थिए । बिपी र गान्धीबिचको भेट पूर्ण रूपले प्रजातान्त्रिक आन्दोलनमा केन्द्रित थियो । गान्धीको सहादतभन्दा ठिक दुई दिन पहिले बिपीले भेटेका थिए । भारत स्वतन्त्र हुनेबित्तिकै डा. लोहियाले राणा शासनको विरोधमा दिल्लीस्थित नेपाली राजदूतावास अगाडि सत्याग्रह गर्दै गिरफ्तारी दिएका थिए । भारतीय स्वतन्त्रता संग्रामका अग्रणी व्यक्तित्व नेपालको प्रजातान्त्रिक आन्दोलनका कारण गिरफ्तार  हुनु आफैँमा अद्भूत थियो । यसबारे भारतीय प्रमुख सञ्चार माध्यमले नेपालको आन्दोलनबारे सम्पादकीयसमेत लेखेका थिए । 


नेपाली कांग्रेसको राजनीतिक दस्ताबेजमा समाजवादप्रतिको दृष्टिकोण राख्न लोहियाले बिपीसँग निरन्तर विमर्श गरेको प्रदिप गिरिले विभिन्न समयमा उल्लेख गरेका छन् । सन् १९६३ पश्चात् नेपालको प्रजातन्त्रको पक्षमा लोहियाले भारतको सदनमा समेत चर्चा गरेका थिए । डा. लोहियाको व्यक्तित्वको अर्को पाटो उनको समाजवादप्रतिको नयाँ व्याख्या हो । लोहिया दर्शनले गान्धीवाद र माक्र्सवादलाई संयोजन गरेको देखिन्छ । बिपी चिन्तन धारामा डा। लोहियाको गहिरो प्रभाव देखिन्छ । गान्धीवादबाट पुलकित र पुष्पित भएका यी दुई विराट् व्यक्ति गान्धीको अध्यात्मिक पक्षबाट त्यति प्रभावित देखिँदैनन् । सामान्य भाषामा भन्ने हो भने डा. लोहिया र बिपी नास्तिक थिए ।

डा. लोहियाको व्यक्तित्वबाट प्रभावित भएर एफएम हुसैन, सर्वेदयाल सक्सेना, फेवेश्वरनाथ रेणुजस्ता कवि, कलाकार र चित्रकारले आफ्ना कालजयी रचना सार्वजनिक गरेका थिए । यस्तै बिपी कोइरालाले नेपाली साहित्यलाई एक नयाँ गोरेटो र दिग्दर्शन गरेका थिए । बिपी र डा. लोहिया सहरीकरण र उद्यौगीकरणको पक्षमा थिएनन् । यी दुई व्यक्तित्व सुमाकरको सिद्धान्त ‘स्मल इज ब्युटिफुल’बाट प्रभावित थिए । डा. लोहियाले आफ्ना कृति ‘इकनोमी आफ्टर माक्र्स’ र ‘मिसिङ प्वाइन्ट इन मार्क्ससिजम’को माध्यमबाट अर्थनीति सार्वजनिक गरेका छन् । यी कृतिलाई समाजवादको सूत्रको रूपमा व्याख्या गर्न सकिन्छ । डा. लोहियाले भारतको सन्दर्भमा माक्र्सवादलाई प्रश्नको घेरामा राखेका थिए । उनी वर्गीय संघर्षभन्दा जातीय संघर्षलाई जोड दिन्थे । नारीवादलाई अधिक चर्चा गर्ने डा। लोहियाद्वारा लिखित ‘सावित्री र दौप्रती’ पुस्तकमा भारतेली नारीलाई द्रौपदीजस्तै क्रान्तकारी र चतुर हुन आग्रह गरिएको छ ।


दार्शनिक धरातल
नेपाली कांग्रेसको राजनीतिक दस्ताबेजमा ‘समावेशी’ सिद्धान्तबारे चर्चा गरिएको छ । रणभुल्लमा रहेका नेपाली कांग्रेस आफ्ना दार्शनिक धरातललाई पुँजीकृत गर्न असमर्थ देखिएको छ । वर्तमान परिवेशमा नेपाली कांग्रेसले दार्शनिक धरातल बुझ्न आवश्यक देखिन्छ । बिपी कोइरालाको दर्शनलाई समयानुकूल र युगानुकूल रूपान्तर गरेर बुझ्न आवश्यक देखिन्छ । ५० को दशकमा दक्षिण एसियाको समाजवादका ताराका रूपमा डा. लोहिया, जयप्रकाश र बिपीलाई बुझिन्थ्यो । नेपालको सन्दर्भमा हरेक पार्टीले समाजवादलाई नाम र विशेषणको रूपमा प्रयोग गरे पनि यसको मौलिक पक्षमाथि व्यापक विमर्श भएको छैन । डा. लोहिया, बिपी र जयप्रकाश पार्टीभन्दा माथि हुन् । २३ मार्चको पुण्यतिथिमा महान् दार्शनिक र नेपालका सच्चा मित्र डा. लोहियालाई श्रद्धासुमन !