• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कृष्ण गाैतम
२०७६ श्रावण ४ शनिबार १०:२६:००
साहित्य

विश्वेश्वर जनै लगाउँदैन

२०७६ श्रावण ४ शनिबार १०:२६:००
कृष्ण गाैतम

(साहित्य सिद्धान्त, समालोचना तथा आख्यानहरूमा सुपरिचित लेखकको यो एक सूक्ष्म, सारगर्भित कथा हो । प्रजातन्त्रको गरिमामय मूल्यलाई उकास्दै यस कृतिले गणतन्त्रको अरुणोदयमा हामीलाई उभ्याइदिएको छ । त्यस अरुणोदयको झाँकी पेस गर्न यो ५८ वर्ष पहिलाको नेपाली इतिहासमा गएर २००७-१७ लाई केन्द्रीयता प्रदान गर्दै त्यसभन्दा अझ यता पनि आउँछ । सामन्तवादबाट प्रजातन्त्रवादतिर सङ्क्रमित हुन लागेको नेपाली सामाजिक, राजनीतिक, सांस्कृतिक इतिहासका पाइलाहरूको छवि यहाँ दर्शनीय छ । घाट पुगेको सामन्तवादको प्रतिनिधित्व गर्ने मुखिया प्रवृत्तिगत हिसाबले मरिसकेको छ, तापनि ऊ अझै आफ्नो हैकम देखाएर गाउँलेलाई त्रस्त पार्दछ । रघुनाथबाट जग्गा उछिट्याएर आफ्नो मान्छेलाई दिलाउने उसको प्रयत्न सफल हुँदैन । कथामा प्रजातान्त्रिक उज्यालाको स्थानीय प्रतीक हरि हो, राष्ट्रिय प्रतीक विश्वेश्वरप्रसाद कोइराला । एकतन्त्री शासन उखेलिए पनि त्यसको अर्को संस्करणका रूपमा पञ्चायत आयो, जो प्रजातन्त्रको घोर विरोधी थियो र जहाँ अभिव्यक्ति स्वतन्त्रता कुण्ठित थियो । लोकतन्त्र, गणतन्त्र आदिको रूपमा प्रजातन्त्र जीवित छ, जब कि एकतन्त्री, अधिनायकवादी शासनहरू यहाँ इतिहासका कुरा भइसके । यस कथाले तत्कालीन समाजको सानो तर सुन्दर झाँकी प्रस्तुत गर्दछ, जहाँ वातावरणको सम्यक् चित्रणका साथ पात्रका मनोवैज्ञानिक तथा वैचारिक खुल्दुलीहरू पनि अङ्कित हुन आएका छन् । यसको उल्लेख्य विशेषता के पनि हो भने कथाको पूर्वाद्र्धमा लेखक अलग छन् र उत्तराद्र्धमा तिनी आफैँ पनि पात्र भएर हामीलाई प्रभावित पार्छन् ।)

रघुनाथ ! तेरा बाबुले बारीको त्यो पाटो घोर्लेलाई छाडिदिन्छु, त्यति छाड्दैमा मेरो जग्गा सिद्धिने होइन, के ठूलो कुरा भो र भनेका थिए । तिमीहरूलाई मैले त्यो कुरा सुनाउन पाएको थिइनँ, उनी परलोक भइहाले । बाबुको वचन तँ काट्दैनस् भनेर मैले कागत लेखाइसकेँ, ल सही गरिदे’, कागत तेस्र्याउँदै मुखियाले भन्यो । रघुनाथ छाँगाबाट खसेझैँ अनुभव गर्दै निहुरेर बसिरहे । मुखिया पक्षको एउटा ठालूले रघुनाथलाई सल्लाह दियो– रघुनाथ, तिमीलाई बाबुले भनिसकेकै हुनुपर्छ, नत्र मुखिया बा त्यसो किन भन्नुहुन्थ्यो ? त्यति छाडिदियौ भने तिमीहरूबीचको झगडा शान्त हुन्छ, गाउँमा झगडा किन बढाउनु ? भन तिम्रो विचार के छ ? 

रघुनाथका बाबुले घोर्लेका बाबुबाट केही जग्गा लिएका थिए । तिनी जीवित छउन्जेल कुनै झगडा थिएन । जब रघुनाथका बाबुको मृत्यु भयो तब घोर्ले एक–दुई वर्षमै साँध सार्दै गयो र आखिर उनकै एउटा पाटामाथि नै उसले आफ्नो दाबी अघि सा-यो । मुखिया थियो धूर्त, जता खान पायो, त्यतै लाग्ने । घोर्लेबाट फाइदा उठाएपछि एउटा पूरै पाटो छाड्नका लागि रघुनाथमाथि दबाब दिन उसले गाउँका ठूलाठालू भनुँ वा उसका आसेपासेको बैठक बोलाएको थियो । रघुनाथ सीधा मान्छे थिए । घरजग्गाको व्यवहार तिनकै बाबुले गर्ने गर्थे । रघुनाथ बस्तुभाउ हेर्थे, खेतीपाती लगाउने काम गर्थे । तिनका छ र आठ वर्षका दुई छोरी थिए, दश वर्षको एउटा छोरो थियो । ठिक्कको परिवार सुखी परिवार ! रघुनाथको भाइ थियो हरि । उसले बिहेसिहे गर्ने चाख देखाएन । ऊ भन्ने गथ्र्यो– धत् बिहे पनि कोही गर्छ ? बेकारको अल्झो ! आमा सानै हुँदा मरेकी थिइन् । बाबुले उसलाई बिहेका निम्ति निकै जोड गरे, तर मान्दै मानेन । एउटा झोला बोकेर ऊ गाउँतिर लाग्थ्यो । चिठीपत्र र कागज लेखिदिने भएकाले र सहरका नयाँ–नयाँ खबर सुनाउने भएकाले उसलाई देखेपछि मानिस उत्सुकतापूर्वक बोलाउने गर्थे । 

२००७-२०१७ का बीच गाउँमा नयाँ–नयाँ विचारको प्रवेश सुरु भएको थियो । देश एकतन्त्री शासनबाट प्रजातान्त्रिक शासनको खोज गर्दै थियो । एकथरी अराजकता बढ्दै जाने अनुभव गर्दै डराइरहेका थिए । अर्काथरी नयाँ युगको उदय हुन लागेको बुझेर सुनौलो भविष्यको कल्पना गर्थे । हरि क्रान्तिका कथा भन्थ्यो र गाउँलेलाई दंग पाथ्र्याे, देशमा भएका क्रान्ति, हडताल र जुलुुसको बयान गर्दै एकतन्त्री शासनको पतनको चित्र कोथ्र्यो र त्यस्तो शासन फेरि फर्कन नसक्ने विश्वास गाउँलेलाई दिने गथ्र्यो । उसैले गाउँमा विश्वेश्वरप्रसादले २१ दिन अनशन बसेको कुरा पु¥याएको थियो । चुनाव भएपछि तिनै संसदीय व्यवस्थाका प्रथम प्रधानमन्त्री भनेर गाउँमा खबर छर्ने उही थियो । जनताले नरोजेको व्यक्ति प्रधानमन्त्री हुने दिन गए भन्ने उसको उद्घोष थियो । गाउँमा प्रजातन्त्र प्रति त्यत्रो विश्वास लिएर हिँड्ने केही पढेलेखेको व्यक्ति उही थियो । कांग्रेस सत्तामा आएपछि एकतन्त्री युग सकिएछ भन्ने विचार गाउँमा फैलँदै गयो । १५ सालभन्दा अगावै मानिसहरू राणायुग फेरि फर्कन सक्ने सपना देख्थे । कोही मोहनशमशेरको पुनरागमनमा विश्वस्त थिए । कोही बबरशमशेरको हातमा सत्ता आउँछ भन्ने सोच्थे । अरू कोही भने भरतशमशेर नै हाम्रा नेता हुन् भन्थे । तिनीहरूको सपना चुनावमा चकनाचुर भयो । 

कांग्रेस सत्तामा आयो । बूढापाकाहरू गोर्खा दलका अनुयायी थिए । तिनीहरू नयाँ जमातलाई रुचाउँदैनथे र त्यसलाई कांग्रेसी भए पनि नभए पनि कांग्रेसी बिल्ला भिराइदिन्थे । कम्युनिस्ट पार्टीको प्रभाव त्यस बखत उतातिर त्यति परिसकेको थिएन । एक–दुईजना कोही कम्युनिस्ट थिए भने पनि जातभात नमान्ने खालका भन्ने कारण दिएर तिनीहरू कांगे्रसी बिल्ला नै पाउँथे । 
बूढापाकाहरू सामन्ती प्रवृत्तिका पक्षधर थिए । ती जातभात, धर्मकर्म रीतिरिवाजमा विचलन ल्याउन चाहँदैनथे । गोर्खा दल परम्पराको समर्थक भएकाले तिनीहरूको झुकाउ त्यतै थियो र भोट पनि त्यतै दिने रुचि उनीहरूको थियो । यता नयाँ जमानाको रौनक खोज्नेहरू विश्वेश्वरप्रसाद कोइरालाको नाम लिन्थे । कांग्रेसीहरू भाँड हुन् भन्ने निकै ठूलो हल्ला गाउँमा फिँजिएको थियो । भर्खरका ठिटाहरू कांग्रेसको पक्षमा कराउँदै हिँडेको सुन्दा तिनीहरू चिढिन्थे र आफ्ना भाइभतिजा, छोराछोरी कसैलाई पनि त्यता नलाग्न कठोर आदेश जारी गर्थे । 
एउटा बूढाले भने– त्यो विश्वेश्वर जनै लगाउँदैन रे ! 
अर्काले भने– हो, त्यो कुखुरो खान्छ रे ! 
तेस्राले भने– के गर्नु, हामीले सहरमा देखेको उसकै पछाडि मान्छेको लुँडो, कस्तो जमाना आयो बा !
रक्सी त उसलाई गंगाजलै होला नि ? चौथाको भनाइ थियो । अस्ति जात्रामा विरोधीलाई कुटाउन तैँले रक्सी खुवाएर मत्त भएका मान्छे लगेको होइन, तँ पो कहाँ कम छस् र !  अर्काले थप्यो । मैले खाएको हो र खानेलाई पो खुवाएको त ! 
के थाहा तैँले पनि न खाइस् ! 
जे पायो उही नबोल्, म त सहने मान्छे होइन ! 
ए तिमीहरूलाई कुस्ती खेल्न मन लागेजस्तो छ, लड हेरौँ एकछिन रमाइलो ! अर्काले थप्यो ।
गाउँका मान्छे यस्तै गफ गर्थे, फुर्सदको समय बिताउँथे । 
जसले पनि जुत्ता सिउन हुने भएपछि चर्मकारहरू त बेकार हुने भए- कोही भन्थ्यो । लोहकारहरूलाई बाली मात्र बुझाउने काम भएन, अब काम अरूले नै गर्न हुने भएपछि – अर्को मान्छेको टिप्पणी थियो । हलो जोत्नेको काम पनि अब छिनिने भयो, पुरेत पनि पाइँदैन कि क्या हो ? तिनी हलो जोत्न हिँडे भने - अर्काले थप्यो । 
घरमा पूजा सकिएपछि पुरेतलाई हलो देखाएर जोत्ने काम पनि गरिदिनुप¥यो भन्नु पर्ला- अर्काको उद्गार थियो । 
महिलाका नाक, कान, आँखा धेरै चनाखा हुन्छन् । तिनीहरू हरिलाई देख्यो कि वरिपरिबाट घेर्थे र परिवर्तनका नयाँ कुरा सुन्न उत्सुक हुन्थे । हरिले घोषणा ग¥यो– अब महिलाहरूले पनि मत दिन पाउँछन् । यी मुखियाहरू त बाटाका काँडा हुन्, होस गरेर हिँड्नु है । महिलाहरू हाँस्थे, सोध्थे- अब सबै एकछत रे हो हरि ?
हरिले भन्यो– हो अब कोही ठूलो, कोही सानो भन्ने हुँदैन, सबैको आत्मा एउटै हो, सबै मान्छे बरोबर । एउटी बूढीले भनिन्– तिमी पो बिहे नै गर्दैनौ र सजिलो छ, हामी त लोग्ने बरोबर कसरी हुनु ? 
मलाई बोलाउनोस् न । दुवैलाई सँगै-सँगै राखेर खाना खुवाइदिन्छु– हरिको जवाफ थियो । बूढीले भनिन्– पहिला आपूm बिहे गरेर त्यसै गरी खाऊ न अनि पो हाम्रो पनि बाटो खुल्छ त । हुन्छ आमा, त्यो दिन पनि आउला- उसले जवाफ दियो । ्

२०१७ पुस १, प्रजातन्त्रको हत्या भएको कालो दिन, प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला गिरफ्तार ! विभिन्न दलका नेता, कार्यकर्ता सब जेलमा ! ०२०–२२ सालतिरको कुरा । म एक छात्र, बाटामा दुई–चारजना साथी लिएर हिँडेका वाचस्पति देवकोटासित भेट । देवकोटाले मलाई भने– यत्रो छात्र आन्दोलन चलिरहेछ, हामी त्यसै बस्न सुहाउँछ ?

लोहारका बाबुछोरी वनबाट गोल बोकेर घरतिर आउँदै थिए । बाटामा मुखिया भेट भयो । साथमा अरू दुईजना पनि थिए । मुखियाले भन्यो– ए लोहे, तँ वनबाट सित्तैमा गोल पोलेर ल्याउने, हामीसित भने बाली लिने ? कांगे्रसी आदेश थाहा छैन तँलाई ? अब यसो गर्न पाइँदैन, कोदाला, कोदाली अर्जाप्नका लागि तँँकहाँ ल्याइदिने फुर्सद मलाई छैन, तँ आफँै लिन आइज । मुखिया मिजार गाउँतिर जाने बाटो लाग्यो । एउटा बूढो मिजार आफ्ना धमिला आँखा फट्याएर जुत्ता सिउँदै थियो । मुखियाले उसलाई तर्साउँदै भन्यो– ए बूढा, कांग्रेसी आदेश थाहा पाइनस् ? विनाप्रमाणपत्र कमाउने यस्तो काम गर्न पाइँदैन, कि प्रमाणपत्र देखा कि भने मलाई एकजोर जुत्ता कोसेली चाहियो, नत्र तँ अब फेला पर्ने भइस् । 

लोहारले र मिजारले हरिसित गुनासो गरे । हरिले भन्यो– कांग्रेसलाई बदनाम गर्ने तŒव यिनै हुन् । तिमीहरू यस्तालाई कोसेली दिन्छौ, खेतालापात दिन्छौ, चाकरी देखाउँछौ अनि हेप्दैनन् यी खराब मान्छेले ? सकिन्छ कडा जवाफ दिनू, सकिँदैन जिल्याउने किसिमको बोली बोल्नू अथवा आफ्नो विवशता देखाएर उम्कनू । अस्ति मात्र त्यो मुखिया मेरो अगाडि प¥यो र निहुरिएर एउटै डल्लो पर्लाजस्तो भयो । अब त्यसको पतनका दिन आइसके । 
त्यसलाई फेरि उठ्नै नसक्ने गरी दण्ड दिने उपाय के होला ? ती दुईले सोधे । हरिले जवाफ दियो– कर्कलालाई बन्चरो ! जब जाडो आउँछ तब कर्कलो आफैँ गलेर÷सुकेर जान्छ, यत्ति हो । तिमीहरूले अडिएर बस्ने आँट गर्नुपर्छ । 
मुखियाको हातबाट रघुनाथको अगाडि कागत आइपुग्यो । कागत हावामा फर्फराउँदै आपूm निर्दोष रहेको सूचित गर्न खोज्थ्यो, तर मान्छे भने त्यही कागतले रघुनाथलाई अल्झाउने भयो भन्ने सोच्दै थिए । मुखियाको आदेश रघुनाथका छोराछोरीले पनि सुनेका थिए । त्यो बारीको उही पाटो थियो जहाँ ती बालक उफ्रन्थे, खेल्थे, बालीनालीको काममा बाबुआमालाई सघाउँथे । त्यस्तो पाटो छाडिदिनुपर्ने मुखियाको आदेश सुनेपछि तिनीहरूको मुख बाबुको जस्तै अँध्यारो भयो । 
त्यस पाटाको छेउमा एउटा अम्बाको र अर्को डुम्रीको बोट थियो । ती बालक त्यसमा चढ्थे र खेल्थे । अम्बा फलेपछि तिनीहरू रमाउँथे, अम्बा र डुम्री खान्थे, घरमा ल्याउँथे । डुम्री अम्बालाई उछिनेर पहिले लटरम्म फल्थ्यो र पहँेलपुर भएर पाक्थ्यो । घामका किरण छरिँदा डुम्रीको बोट गहनाले सिगारिएकी नयाँ दुलहीझैँ भएर चम्कन्थ्यो । बीचमा एउटा बूढो खनायाको बोट थियो जो बूढो भए पनि तन्नेरीझैँ भएर फल दिने गथ्र्यो । त्यसका लामा–लामा हाँगा थिए जहाँ ती बालक चढ्थे र खेल्ने गर्थे । अर्नाका सिङजस्ता, तेर्सिएका र घुमेका त्यसका हाँगामा ती बालक चढ्थे र गीत गाउँदै सोइसाला खेल्थे । गाउँका साथीहरू बोलाएर खेल्ने वृक्ष त्यही थियो । नौ–दशजना बालक चढ्दा पनि नरिसाउने त्यो बोट बालकद्वारा हल्लाइँदा सन्चो महसुस गथ्र्यो । त्योसमेत जाने भएपछि बालक दुःखित भएर बाबुको मुखतिर चियाउन थाले । बाबुले बारीको त्यो पाटो नदिने भनिदिए हुन्थ्यो भन्ने तिनीहरूको मनमा लाग्यो । 
केटो कुदेर गयो र काका हरिको हात समाउँदै बारीको पाटो घोर्लेको हातमा पुग्ने अवस्था आएको सूचित ग-यो । कागत तेस्र्याइसकेको कुरा सुन्दा हरिका आँखामा आगो बल्यो र ऊ हुर्दुराउँदै आयो । 
उसले कागत हातमा लिएर पढ्यो अनि भन्यो - तिमी को हौ मेरा दाइलाई जग्गा छोडिदिनका लागि कागतमा सही गर्न आदेश दिने ? के तिमी मोहनशमशेर हौ ? मोहनशमशेर हिँडिसके । अब गाउँका तिमीहरूजस्ता ठालूहरू लगारिने पालो आइसक्यो । राणा शासन गयो, राणाभन्दा ठूला हुन खोज्ने को हौ तिमी ? जग्गा छाड्नका लागि ठाडो आदेश दिने हैसियत तिमीले कहाँबाट पायौ ? मुखिया–सुखिया भनेर तिमी अब आदर पाउँदैनौ, ठीक–बेठीक छुट्याएर योग्यता देखाउने मान्छे नै अबको समयमा आदर पाउँछ । मुखियाको खान्की पाएको मान्छे हुँ भन्दैमा तिमीलाई अब कसले मान्छ ? जग्गा घोर्लेको हुँदो हो त घोर्लेका बाबु छँदा त्यो कुरा किन उठेन ? बाबु मरेपछि बाबुले बेचेको जग्गामा दाबी गर्न लगाएर घोर्लेलाई उचाल्ने तिमीजस्ता खराब मान्छे अब मुखिया हुन लायक छैनौ, बरू पन्छिएर बस्यौ भने तिम्रो भलो होला । 

मुखिया जुरुक्क उठ्यो, दुई–चारजना अरू पनि उठे । मुठी बाटेर जब उसले हरिलाई हानेको थियो तब फुत्त अर्कोतिर सरेर हरिले छल्यो । मुखियाको मुड्की खामामा गएर बज्रियो । उसले अर्को प्रहार के गरेको थियो त्यो गएर बिचारीको नाकमा लाग्यो । यता मुखिया खाँबोमा ठोक्किएर दुखेको मुड्की सुम्सुम्याउन थाल्यो, उता नाथ्री फुटेर रगत बग्न थालेपछि बिचारी नाक सम्हाल्न थाले । राजा विराटले पासाको प्रहार गरी युधिष्ठिरको नाथ्री फुटाइदिएका थिए । रगतको धारा बग्न लागेपछि सैरन्धी/द्रौपदीले सुनको पात्रमा त्यो रगत थापेकी थिइन् । युधिष्ठिरको रगत भुइँमा खस्दो हो त त्यो राष्ट्र खत्तम हुने थियो । अब बिचारीको नाकको रगतले कसलाई खतम गर्ने हो– हरिलाई, मुखियालाई, घोर्लेलाई अथवा गाउँलाई वा राष्ट्रलाई नै ? बिचारीलाई समातेर पाखा लागेका केही व्यक्तिका बीच यस्तो छलफल चल्यो । नाकको रगतले भुइँ भिजेको थियो । त्यहीँ एकजनाले भन्यो– तित्राको मुखै वैरी ! 
अर्काले सोध्यो– तित्रो को हो ? हरि कि मुखिया ? 
दुवै मुखाले, कसलाई तित्रो भन्नु ? 
जे भए पनि मुखिया, मुखियै हुन् उनलाई हरिले मुख छाड्न नहुने ! 
एउटाले भन्यो– मुखिया कम छन् ? बाटामा आइमाई भेटे भने इज्जतै जाने गरी जिस्क्याउँछन्, मुखिया भएर पो मान्छेले सहेका, नत्र ठोकिसक्थे । 
कागत लिएर हरि हिँड्यो । दुखेको रन्कामा हात सुम्सुम्याउँदै मुखियाले रघुनाथलाई धम्की दियो– हेर् रघुनाथ, त्यो तेरो भाइ हो, त्यसलाई तैँले नै तह लाउनुपर्छ, तह लाउन सक्दैनस् भने त्यसलाई तँैले घरमा राख्नु हुँदैन, निकालिदे र अहिले नै ल्याएर त्यो कागत मलाई दे नत्र तँ नै मेरो फेला पर्छस् । 
तब एउटा बूढाले हिँड्न लाग्दै भने– मुखिया बा, तपाईंजस्ताले त त्यस हरिलाई तह लाउन सक्नुभएन भने रघुनाथले उसलाई तह लाउन सक्ने कुरै भएन । रघुनाथको हातमा छ हरि ? ऊ त दुई गाँस खान त्यहाँ आउँछ र त्यसपछि कता हराउँछ कता ! अर्को मान्छेले सानो स्वरमा भन्यो–मिलाउने नै हो भने त हरि, रघुनाथ दुवैलाई राखेर चित्त बुझाएर पो काम गर्नुपर्छ, धम्की दिएर बलजफ्ती कागतमा सही गरिदे भन्नु मुखियाबालाई नसुहाउने कुरा हो । समाजका मान्छेको झुकाउ बिस्तारै रघुनाथतिर ढल्दै गयो । मुखियाका मान्छेले उसलाई त्यो कुरा सम्झाए । मुखियाले भित्र–भित्र आफ्नो हार भएको बुझ्यो, तर कड्कँदै नरेलाई आदेश ग-यो– जा जा जा त्यो कागत लिएर आ, पछि जे पर्छ गरौँला । नरेले भन्यो– मुखिया बा त्यो कागतले हामीलाई गर्छ के ? त्यो रघुनाथको सहीका निम्ति लेखिएको कागत हो, उतै गयो त हामीलाई के चिन्ता ? फेरि बैठक बोलाएर जे गर्नुपर्छ त्यही गरौँ । मुखिया हतार–हतार घरतिर लम्कियो । सभाकै एउटा मान्छेले बाटामा भन्यो– त्यो हरि ठूलाबडासित धकै नमानी बोल्छ, कुन दिन ठक्कर खाने हो– तित्राको मुखै वैरी ! 
हरिको घरको पारिपट्टि एउटा अग्लो डाँडो थियो जसको मध्यभाग केही सम्म थियो । अग्र भाग र पुछारको भाग भने भिराला थिए । झाडीले र पातला अग्ला रूखले वन हरियो देखिन्थ्यो जसको शिर बादलको सेतो टोपीले कहिले हँसिलो प्रतीत हुन्थ्यो, कहिले बादलकै कालो टोपी लगाएर रुन्चे भएको आभास दिन्थ्यो । पुछारमा एउटा खोलो बग्थ्यो जसको छाँगाको एक टंकार ध्वनिले मानिसलाई सावधानी दिने गथ्र्यो । त्यस डाँडामा मानिस घाँसपातका निम्ति जान्थे, गाईबाख्रा चराउन लैजान्थे, मायाप्रीतिमा डुबेर मनोगत भोक तृप्त गर्थे । त्यस डाँडामा तित्रा बस्थे र यथा समय तीनतारे तित्तिरीको गीत गाएर आफ्ना आकांक्षा पोख्दथे । साथीले हरिलाई भन्यो– हरि, तिमी तित्रालाई चारतारे चतुरो भन्न सिकाऊ न ? तित्राले त्यसो बोल्यो भने त मुखियाले डाँडैमा आगो सल्काइहाल्छ नि ! उसले हरिलाई फेरि भन्यो- त्यो माथिकी सपनालाई तिमीले चारतारे चतुरी भन्ने दिन आउँछ–आउँछ, किनभने तिम्रो नाम मात्रै सुन्दा पनि त्यो सपना भुतुक्क हुन्छे । अर्को साथीले थप्यो- भएर के गर्नु ? त्यसको अन्यत्र छिट्टै बिहे हुने पक्का भइसक्यो । 

आज मुखिया तीन–चारजनाको दलबलसहित तित्राको सिकार गर्न त्यही डाँडामा आयो । त्यहाँबाट हरिलाई, रघुनाथलाई ऊ सायद खिसी गर्न पनि चाहन्थ्यो किनभने त्यस डाँडाबाट हरिको घरको चहल–पहल सबै देखिन्थ्यो र बोलाए सुनिन्थ्यो पनि । तित्रा मार्दै पोलेर खाने र बाँकी रहे घरतिर लैजाने तिनीहरूको सुरसार थियो । जब तित्राको सुइँको पाएर सिकारी त्यतै लम्के, तब मुखिया बूढो नराम्रोसित चिप्ल्यो र तल खोलामा पुग्यो । घोप्टे पर्दा उसले खोलाको पानी पिउन भ्याएछ र प्राण अड्याएछ । बूढो हिँड्न नसक्ने भएपछि काठ काटेर स्टेचरजस्तो बनाई सँगै गएका मान्छेले बल्ल–बल्ल उसलाई बाटामा उकाले र अरू केही मान्छेलाई बोलाई घरतिर लगे । सिकार खेल्न गएको बूढो आफैँ सिकार भयो भन्ने हल्ला गाउँमा फिँजियो । 

२०१७ पौष १, प्रजातन्त्रको हत्या भएको कालो दिन, प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला गिरफ्तार ! विभिन्न दलका नेता, कार्यकर्ता सब जेलमा ! २०-२२ सालतिरको कुरा । म एक छात्र, बाटामा दुई–चारजना साथी लिएर हिँडेका वाचस्पति देवकोटासित भेट । देवकोटाले मलाई भने- यत्रो छात्र आन्दोलन चलिरहेछ, हामी त्यसै बस्न सुहाउँछ ? जाऔँ, बुझौँ के हुँदै रहेछ । म तिनकै साथ लागेँ । त्रिचन्द्र कलेजभित्र विद्यार्थी को भिड लागिसकेको रहेछ । आन्दोलनको कार्यक्रम बन्यो । व्यवस्थाको विरोधमा नारा उल्र्यो । प्रहरीले त्रिचन्द्र कलेज घेरे । भ्यान आइपुग्यो । हामीहरूलाई घोत्र्mयाइयो, मुन्ट्याउँदै भ्यानमा राखियो । मैले भनेँ– यो त अति भो, यसरी सासै फेर्न नमिल्ने गरी गाडीमा कोच्नु कस्तो व्यवहार ! 
मुखाले यही रहेछ, यसलाई अझ धकेल् । आदेशअनुसार एउटा सिपाहीले मलाई अझै खाँद्यो । म केही बोल्न खोज्दै थिएँ । देवकोटाले आफ्नै हात मुखमा लगेर न बोल्न संकेत गरे । त्यसबखत मलाई गाउँको घटनाको सम्झना भयो - तित्राको मुखै वैरी !
गर्मी याम, हामीहरू गोठजस्तो लामो टहरामुनि लगेर खाँदियौँ । देवकोटालाई अर्कोतिर लगिएछ । नजिकैको एउटा छात्रलाई मैले भनेँ– यहाँ त सास फेर्न पनि पाइँदैन क्या र ? एउटाले अर्को दण्डधारीलाई आदेश ग¥यो– यसलाई अझ उता लगेर खाँद् । त्यसले मलाई घिच्याउँदै अँध्यारो कुनामा ठेल्यो र भन्यो– ल मजासित सास फेर् । म त सिकारको प्राणी तित्रो पो भएछु । 

केही वर्षपछि म त्रि-चन्द्र कलेजकै प्राध्यापक हुन पुगेँ । पञ्चायतका पक्ष र विपक्षमा प्राध्यापकहरू तर्क-वितर्क गर्थे जसमा म पनि सम्मिलित हुन्थेँ । एक दिन अञ्चलाधीश कार्यालयबाट आदेश आयो– त्यहाँ उपस्थित हुन । म, विदुर पौडेल र कोशलराज रेग्मी तीनजना त्यहाँ हाजिर हुनुपर्ने आदेश थियो । सँगै गयौँ, बयान-सयान लिइयो र खप्की खुवाएर छाडियो । अर्थशास्त्रका एक वरिष्ठ प्राध्यापकले कलेजमा भने– तित्राको मुखै वैरी !
 गौतमजी आफूलाई लागेको कुरा भनिहाल्नुहुन्छ, त्यसकै परिणाम हो- अञ्चलाधीश कार्यालयमा उपस्थित हुनुपर्ने उर्दी !