• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विवश पोखेरल काठमाडाैं
२०७६ असोज १८ शनिबार १०:४६:००
साहित्य

द्विविधा

२०७६ असोज १८ शनिबार १०:४६:००
विवश पोखेरल काठमाडाैं

कविता

पोहोर साल 
प्रेम दिवसमा उसले मलाई
गुलाफको एउटा सुन्दर फूल दिई र भनी,
‘हाम्रो प्रेम बाँचिरहोस्’ 

श्रद्धाले लिएँ 
उसले दिएको प्रेमिल फूल 
र पोखेँ आफ्नो विचार,
‘म फूललाई होइन, बोटलाई माया गर्छु’ 

उपहारमा मैले 
आफ्नै आँगनमा हुर्काएको 
गुलाफको एउटा हरियो बोट दिएँ उसलाई
र भनेँ, ‘यसलाई जतन गरेर जोगाउनू
यो बोटबाट फुलाउनु तिमीले
प्रेमको प्रगाढ फूल’

ओठमा जुनेली मुस्कान फक्राएर
ऊ मुसुक्क हाँसी र चुमी
फूलजस्तै आफ्ना कोमल ओठले
काँडैकाँडा भएको फूलको बोट

धेरैपछि उसलाई भेटेँ र सोधेँ, ‘गुलाफ सञ्चै छ ?’
ऊ चकमन्न भई
सालिकजस्तै अचल र स्थिर भई
झरी पर्न लागेका आकाशजस्तै
रसिला भए उसका आँखा
पूर्णिमाजस्ती ऊ औँसीजस्तै अँध्यारी भई 
र मुटु नै निचोरेर भनी उसले,
‘माफ गर 
मैले तिम्रो प्रेमलाई जोगाउन सकिनँ’ 

काँडैकाँडाबीचको गुलाफजस्तै
अथवा हिलोमा फुलेको कमलजस्तै
मुटुमा रोपेर माया टुसाउन गाह्रो हुन्छ
सायद तिमीले 
मैले दिएको गुलाफको बोटमा
पानी हाल्यौ, मल हाल्यौ
हालिनौ त्याग, समर्पण र माया
सम्भवतः त्यसैले म¥यो त्यो निर्दोष पूmल

मौन मौन  मौन
एउटा अभियुक्तजस्तै
प्रेमको इजलासमा निःशब्द सावित भई ऊ
र स्वीकार गरी आफ्नो पराजय

यसपल्ट पनि प्रेम दिवसमा
जिस्काउँदै फेरि सोधेँ उसलाई,
‘गुलाफ सञ्चै छ ?’

मुसुक्क हाँस्दै भनी उसले, 
‘बिन्ती लज्जित नबनाऊ
गुलाफजस्तै प्रेम बगरमा होइन
माटो र मनमा फुल्दो रहेछ ÷मुटुमा फुल्दो रहेछ 
त्याग, समर्पण र विश्वासमा फुल्दो रहेछ
मसँग साँच्चै रहेनरहेछ 
प्रेम टुसाउने त्यो मुटु
प्रेम फुल्ने त्यो मन’

भैगो अब म दिन्नँ तिमीलाई
कुनै प्रेम दिवसमा
कतै किनेर ल्याएको गुलाफको पूmल

मेरो अन्तिम आग्रह
पहिलो पराजय, जीवनको अन्तिम पराजय होइन
एक पल्ट हारे पनि  म  जित्छु प्रेमयुद्ध
मात्र एकपल्ट फेरि देऊ
त्यस्तै काँडैकाँडा भएको अर्को गुलाफको बोट
जहाँ अब पक्कै फुलाउनेछु, प्रेमको सुन्दर पूmल

यति वेला म बडो द्विविधामा÷तनावमा छु 
सोचमग्न छु
र हेरिरहेछु उसको टिठलाग्दो अनुहार
मेरा प्रियजनहरू नढाँटी भन्नुस्
म उसलाई दिऊँ कि नदिऊँ, फेरि अर्को गुलाफको बोट ?