• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मार्टिन स्कोर्सिस फिल्म
२०७६ मङ्सिर ७ शनिबार १२:०१:००
फिल्म

फिल्म नै होइनन् सुपरहिरो फिल्म

२०७६ मङ्सिर ७ शनिबार १२:०१:००
मार्टिन स्कोर्सिस फिल्म

अक्टोबरको सुरुमा बेलायतमा रहँदा मैले एम्पायर म्यागजिनलाई एउटा अन्तर्वार्ता दिएको थिएँ । मलाई मार्भेल मुभी (सुपरहिरो पात्र भएको सिनेमा) बारे एउटा प्रश्न सोधियो । मैले जवाफ दिएँ । मैले यस्ता केही फिल्म हेरेँ र कुन निष्कर्षमा पुुगेँ भने ती मेरा लागि होइनन् । मलाई लाग्यो, ती मनोरञ्जन स्थल (थिम पार्क) को नजिक छन्, सिनेमाको होइन । अन्त्यमा लाग्यो, ती सिनेमा नै होइनन् । 

केही मान्छेले मेरो जवाफको अन्तिम पाटोलाई लिएर मार्भल सिनेमाप्रति घृणाका आँखाले हेरेको भन्दै त्यसलाई अपमानजनक मानेका छन् । मेरो कुरालाई कसैले यति हलुका पाराले लिन्छ भने यसमा मेरो भन्नु केही छैन ।

कतिपय फ्रेन्चाइज फिल्म (शृंखलाबद्ध फिल्म) गजबको प्रतिभा र कला भएका मान्छेले पनि बनाएका छन् । ती फिल्म तपाईं स्क्रिनमा हेर्न सक्नुहुन्छ । मलाई त्यसले रुचि जगाउन नसक्नु व्यक्तिगत कुरा हो । म भर्खरको ठिटो हुँदो हुँ वा ढिलो बुढो हुँदो हुँ त यस्ता फिल्ममा म उत्साहित हुन्थेँ होला वा आफँै पनि यस्ता फिल्म बनाउँथेँ कि ! फिल्म बनाउँदा म पाको भइसकेको थिएँ । सिनेमा कस्तो हुन्छ र हुन सक्छ भन्नेबारे ममा सिनेमाको सेन्स विकसित भयो । हामी पृथ्वीमा बस्नेका लागि यो अलौकिक संसार त्यत्तिकै टाढा थियो, जति धु्रवताराबाट पृथ्वी ।

मेरा लागि र मैले प्रेम अनि सम्मान गर्ने मेरो समयका फिल्मकारका लागि सिनेमा नयाँ उद्घाटन हो । सौन्दर्यशास्त्रीय, भावनात्मक र आध्यात्मिक उद्घाटन । यो मानिसहरूका बारेमा हो । मान्छेको जटिलता, तिनका विरोधाभाषी र कहिलेकाहीँ विसंगत प्रकृतिका बारेमा हो । एकअर्कालाई तिनले पु¥याउने चोट, तिनले गर्ने प्रेम र आपसी जम्काभेटका बारेमा हो । 

धेरै फिल्म आज तत्कालीन उपभोगका लागि बनेका पक्का फास्टफुड हुन् । तीमध्ये कतिपय फिल्म प्रतिभाशाली व्यक्तिका समूहद्वारा राम्ररी बनाइएका पनि छन् ।

यो खासमा स्क्रिनमा हुने अनपेक्षित कुरासँगको जम्काभेट हो । जीवनमा आइलाग्ने कुरालाई यसले नाटकीकरण र व्याख्या गर्छ । कलाका स्वरूपमा जे सम्भावना छ, त्यसलाई अतिरेक गर्छ । त्यही हाम्रा लागि मुख्य कुरा हो । यो कलाको स्वरूप हो । वेला–वेलामा यस्तो विवाद उठ्छ । अतः हामी सिनेमा भनेको साहित्य, संगीत वा नृत्यबराबरको विधा हो भन्छौँ । अनि हामीले बुझ्यौँ कि कला विभिन्न स्थानमा भेटिन सक्छ, अनेक स्वरूपमा । साम फुलरको ‘द स्टिल हेल्मेट’ वा इंगमार बर्गम्यानको ‘पर्सोना’ वा जेने केलीको ‘इट अलवेज फेयर वेदर’ वा जँ ल्युक गोदाको ‘भिभरे सा भी’ अथवा डन सिजलको ‘द किलर्स’ मा जस्तै । अथवा हिचककको फिल्ममा जस्तै । मलाई लाग्छ, तपाईं हिचककलाई आफैँमा एक अनेक शृंखला मान्न सक्नुहुन्छ । अथवा उनी हाम्रा फ्रेन्चाइज हुन् । हिचककका हरेक नयाँ फिल्म एउटा उल्लेख्य घटना हो । एउटा पुरानो थियटरमा उनको ‘रियर विन्डो’ हेर्नु असाधारण अनुभव थियो । यो यस्तो घटना थियो, जसमा दर्शक र सिनेमाको रसायन ठ्याक्कै मेल खाएको थियो । यो बिजुली चम्काउने खालको थियो ।

हिचककका केही फिल्म मनोरञ्जन पार्कजस्तै थिए । मलाई लाग्छ, उनको ‘स्ट्रेन्जर्स अन अ ट्रेन’को क्लाइमेक्स सच्चा मनोरञ्जनको पार्कमा रामरमाइलो गर्दै चक्कर लगाउँछ । ‘साइको’ फिल्म मैले प्रदर्शनको सुरुको दिनै मध्यरातको सोमा हेरेको थिएँ । त्यो अनुभव अविस्मरणीय छ । दर्शक अचम्मित र उत्साहित थिए । उनीहरू कतै निराश देखिएनन् ।

साठी वा सत्तरी वर्षपछि पनि हामी तिनै फिल्म हेर्छौं र अचम्मित हुन्छौँ । हामी त्यही थ्रिल र ऐंठनतिर फर्केका हौँ त ? मलाई त्यस्तो लाग्दैन । ‘नर्थ बाई नर्थवेस्ट’को सेटिङ अचम्मित तुल्याउने खालको छ । तर, त्यो गतिशील र सुन्दर कम्पोजिसनको बिरासतभन्दा बढी केही होइन । अथवा केरी ग्रान्टको पात्रको कटिङजस्तै जुन कथाको केन्द्रमा दुःखद भावनालाई बाहेक गरी लिइएको हुन्छ । 

‘स्ट्रेन्जर्स अन अ ट्रेन’ एउटा दस्ताबेज हो । तर, यो दुई प्रमुख चरित्रबीचको ‘इन्टरप्ले’ पनि हो । रबर्ट वाकरको कायल पार्ने भूमिकाले अहिले हामीलाई हल्लाइरहन्छ । कोही भन्छन्, ‘हिचककको फिल्म उस्तै–उस्तै छन् । सायद यो सत्य हो । हिचकक आफैँ यसमा अचम्मित थिए । तर, आजका फ्रेन्चाइज फिल्मको उस्तै स्वरूप तैपनि अरू नै केही हो । मैले बुझेसम्म सिनेमालाई परिभाषित गर्ने तत्वहरू मार्भल सिनेमामा छन् । त्यहाँ के छैन भने नयाँपन छैन । रहस्य र औचित्यपूर्ण भावनाको खतरा छैन । जोखिममा केही कुरा छैन । यी फिल्म केही विशेष चाहनालाई सन्तुष्ट प्रदान गर्न बनाइन्छन् । तिनको डिजाइन नै निश्चित विषयवस्तुमा फरकपना देखाउन गरिएको हुन्छ ।

ती शृंखला सिनेमा हुन्, तर ती विषयवस्तुका पुनर्निर्माण हुन् । यिनमा हरेक कुरा औपचारिक तरिकाले स्वीकृत हुन्छन्, किनभने यिनमा अर्को फरक तरिका नै हुँदैन । यही आधुनिक फिल्म फ्रेन्चाइजको स्वभाव हो । अर्थात् बजार निश्चित भएको, दर्शक पाउने ग्यारेन्टी भएको, जाँच पड्ताल भएको, संशोधन गरिएको, पुनः जाँचिएको र पुन संशोधन गरिएको । उपभोगका लागि उपयुक्त ठहरून्जेल यो क्रम जारी रहन्छ ।

तर, पौल थोमस एन्डरसन, क्लेर डेनिस, स्पाइक ली, अरी अस्टर क्यादरिन बिगेलो वा वेस एन्डरसनका फिल्म भने ठ्याक्कै त्यस्ता होइनन् । यीमध्ये कसैका पनि फिल्म हेर्दा म पूरै नयाँ कुरा पाउँछु । यिनले केही अनपेक्षित कुरा दिन सक्छन् र अनुभवको नयाँ क्षितिजमा पु¥याउँछन् । चल्ने तस्बिर र ध्वनिमा कथा भन्ने मेरो तरिका विस्तृत छ । तिम्रो तरिका के हो ? सुपरहिरो फिल्म र अरू शृंखलाबद्ध फिल्मलाई किन अनुमति दिँदैनौ ? तपाईं मलाई यस्तो सोध्न सक्नुहुन्छ । कारण साधारण छ । यो देशमा र संसारभरि नै ठूला स्क्रिनमा हेर्ने हो भने फ्रेन्चाइज फिल्म नै पहिलो रोजाइ बन्छ । फिल्म प्रदर्शनका लागि जोखिमपूर्ण समय हो यो । अहिले त स्वतन्त्र थियटरहरू असाध्यै कम मात्रामा छन् । समीकरणले कोल्टे फेरिसकेको छ । प्राथमिक डेलिभरी सिस्टम उस्तै भएको छ । 

मैले बुझेसम्म सिनेमालाई परिभाषित गर्ने तत्वहरू मार्भल सिनेमामा छन् । त्यहाँ के छैन भने नयाँपन छैन । रहस्य र औचित्यपूर्ण भावनाको खतरा छैन । जोखिममा केही कुरा छैन । यी फिल्म केही विशेष चाहनालाई सन्तुष्ट प्रदान गर्न बनाइन्छन् ।

मैले एकैजना पनि फिल्मकार भेटेको छैन, जसले ठूला स्क्रिनका लागि विशाल दर्शकसामु ठूला थियटरमा चलाउने फिल्म बनाउन नचाहेको होस् । त्यसमा म स्वयं पर्छु । म त्यस्तो व्यक्तिका रूपमा बोल्दै छु, जसले भर्खरै नेटफ्लिक्सका लागि फिल्म पूरा गरेको छ । यसले, मात्र यसले हामीलाई ‘द आइरिस म्यान’जस्तो हामीले चाहेका फिल्म बनाउन अनुमति दिन्छ । त्यसका लागि म सदैव आभारी छु । हामीकहाँ थियट्रिकल विन्डो छ । यो ठूलो कुरा हो । लामो समयसम्म म ठूला स्क्रिनका लागि फिल्म बनाउन चाहन्छु त ? अवश्य चाहन्छु । तर, कोसँग मिलेर फिल्म बनाउँछु भन्ने कुरासँग वास्ता नगरी । तथ्य कुरा के हो भने अधिकांश मल्टिप्लेक्सका स्क्रिनमा फ्रेन्चाइज फिल्मकै भिड हुन्छ ।

तपाईं यसलाई आपूर्ति र मागको कुरा मात्र हो भन्नुहुन्छ र मान्छेले चाहेजस्तो आपूर्ति गर्ने भन्नुहुन्छ ।

भने म त्यसमा सहमत छैन । यो कुखुरा पहिला कि अन्डा पहिला उत्पत्ति भयो भन्ने सवालजस्तै हो । मान्छेलाई एउटै कुरा मात्र दिइयो र निरन्तर एउटै कुरा बेचियो भने उनीहरू पछि पनि त्यही कुरा चाहन्छन् । के तिनीहरू घर गएर आफूले चाहेजस्तो फिल्म नेटफ्लिक्स, आइट्युन्स वा हुलुमा हेर्न सक्दैनन् ? तपाईं यसरी पनि त तर्क गर्न सक्नुहुन्छ । अवश्य । जहाँकहीँ तर ठूला स्क्रिनमा जहाँ फिल्मकारहरू आफ्ना फिल्म हेरियोस् भन्ने चाहना राख्छन् । 

बीस वर्षयता सिनेमाको व्यापार हरेक मोर्चामा फरक भएको छ । चोर शैलीमा देखिएको खराबभन्दा खराब परिवर्तन के हो भने आज जोखिम मोल्ने साहसको उन्मूलन नै भएको छ । धेरै फिल्म आज तत्कालीन उपभोगका लागि बनेका पक्का फास्टफुड हुन् । तीमध्ये कतिपय फिल्म प्रतिभाशाली व्यक्तिका समूहद्वारा राम्ररी बनाइएका पनि छन् । यति भईकन पनि सिनेमाका अनिवार्य तत्व तिनमा हुँदैनन्, अर्थात् त्यहाँ कलाकारको धु्रवीकृत दृष्टिकोणको अभाव हुन्छ । प्रस्ट छ, यस्तोमा एउटा व्यक्तिगत कलाकार सबैभन्दा जोखिमपूर्ण तत्व हो ।

सिनेमा अनुदान प्राप्त कलाको स्वरूप हो अथवा यस्तो पहिलेदेखि नै थियो भन्ने कुरामा मैले जोड दिएको होइन । हलिउडमा स्टुडियो सिस्टम जिउँदोजाग्दो छ, व्यापार चलाउने मान्छे र कलाकारबीचको तनाव उस्तै गम्भीर छ । तर, यो उत्पादनशील तनाव हो, जसले यहाँ महानतम फिल्महरू दिएका छन् । बब डायलनको भाषामा भन्ने हो भने तीमध्ये सर्वश्रेष्ठ ‘हिरोइक र भिजनरी’ स्वरूपका छन् ।

अब त्यो तनाव गायब भयो । अब त व्यापारमा कलाको प्रश्न र सिनेमाको इतिहासप्रति पूरै बेवास्ता छ । त्यो डरलाग्दो गरी भताभुंगे र मालिकमय छ । स्थिति यस्तो छ, दुःखपूर्वक भन्नुपर्छ, त्यहाँ दुइटा क्षेत्र छन् । एउटा, संसारभरि व्याप्त ध्वनि र दृश्ययुक्त मनोरञ्जन अनि दोस्रोचाहिँ सिनेमा । वेला–वेलामा ती एकअर्कामाथि हाबी हुन्छन् । तर, त्यो पनि अब त लगभग दुर्लभ भइसक्यो । मलाई डर छ, एउटाको आर्थिक प्रभुत्व अर्कोलाई किनारीकृत गर्न र अस्तित्व नै संकुचित पार्न प्रयोग गरिँदै छ ।

सिनेमा बनाउन सपना देख्ने जोकोही अथवा जो यहाँ पाइला राख्न चाहन्छ, उसका लागि आज कलाप्रति संवेदनाविहीन र क्रूर बन्ने परिस्थिति छ । यी शब्द लेख्नुपर्दा मभित्र डरलाग्दो उदासी भरिएको छ ।