• वि.सं २०८२ जेठ ९ बुधबार
  • Wednesday, 21 May, 2025
डा. मीना उप्रेती
२०७६ मङ्सिर २८ शनिबार ०८:३१:००
समाज

विकल्पको खोजीमा विवाह संस्था

विवाह संस्था भत्किनुको अर्थ पुरुषहरू पनि भत्किनु हो

२०७६ मङ्सिर २८ शनिबार ०८:३१:००
डा. मीना उप्रेती

घुमन्ते समाजमा विवाह संस्था थिएन । त्यसवेला शारीरिक सम्बन्ध राख्न कुनै घेराबन्दी थिएन । त्यसवेला कुनै नियम–कानुन बनेको थिएन । त्यसवेला महिला र पुरुषमा अहिलेजस्तो कुनै विभेद थिएन । महिला र पुरुष आ–आफ्नो काम गर्थे ।  पुरुषहरू सिकारका लागि बाहिर जान थाले । त्यसपछि महिला र पुरुषबीचमा श्रम विभाजन देखिन थाल्यो ।

महिलाहरू एकै ठाउँमा बस्ने, पुरुषहरू घुम्ने, आउने गर्नाले पुरुषभन्दा महिलाको स्थायित्व देखिन थाल्यो । महिला जहाँ छन्, त्यही पुरुषले सिकार गरेको वस्तु लिएर आउन थाले । त्यो सिकारलाई महिलाले संकलन गरेर राख्न थाले । त्यसपछि बिस्तारै महिला र पुरुषबीच भावनात्मक सम्बन्ध झाँगियो । एक–अर्कामा माया बढ्न थाल्यो ।

शारीरिक सम्बन्धका लागि मात्र होइन, भावनात्मक रूपमा पनि दुईजना नजिक हुन थाले । बिस्तारै ‘मेरो’ भन्ने भावनाको विकास भयो । ठूलो समूहबाट मानिसहरू सानो समूहमा बस्न थाले । घुमन्ते जीवनबाट बिस्तारै स्थायी बसोवासमा बस्न थाले । स्थायी बसोवास गर्न थालेपछि परिवारको उत्पत्ति भयो । त्यसपछि नियम र कानुन बन्न थाल्यो । शारीरिक सम्बन्धको आधारमा पवित्र र अपवित्र भन्ने भावनाको विकास भयो । त्यहीबाट विवाह संस्थाको निर्माण भयो ।

महिलाका लागि सुखद समय 
घुमन्ते युगमा महिलाहरू शक्तिशाली थिए । पुरुषले ल्याएको सिकार न्यायपूर्ण तरिकाले महिलाले नै वितरण गर्थे । समाज सामन्तवादी चरणमा आउनुपूर्व महिलाहरू वितरक, व्यवस्थापकको जिम्मेवारीमा थिए । उनीहरू नै नेता थिए । उनीहरूले खानेकुरा कसरी बनाउने, कसरी दिने, कहाँ दिने, को बिरामी परेको छ, सम्पूर्ण व्यवस्थापकीय जिम्मा महिलाको थियो । बच्चा आमाको हुन्थ्यो । वंश कसले चिनाउने भन्ने कुरामा महिलामा आधारित थियो । त्यसैले आदिम समाज महिलाका लागि सुखद समाज थियो । विवाह संस्था कुनै बन्धनका रूपमा थिएन । बिस्तारै महिलाको त्यो भूमिका कमजोर हुँदै गयो । स्वतन्त्रता पुरुषको मुठ्ठीमा पर्दै गयो । 

विवाह महिलाका लागि दुःखद समय 
सामन्तवादको अवधिभर महिलाका लागि विवाह संस्था सुखद रहेन । बालविवाह, बहुविवाह, सतीप्रथा त्यही समयमा भयो । सामन्तवादमा विवाह नगरी शारीरिक सम्बन्ध राख्नु हुँदैन भन्ने जुन अवधारणा विकसित भयो, त्यसले विवाह गरेपछि महिला पुरुषको अधीनमा हुनुपर्ने बनायो । महिलाको स्वतन्त्रता पुरुषको अधीनमा बन्दी भयो । महिलाले बोल्न नपाउने भयो । विवाह समाज र परिवार पुरुषका लागि मात्र भयो । विवाह गरेपछि पुरुषले महिला, महिलाबाट जन्मिने बच्चा र सम्पत्तिमाथि नियन्त्रण ग-यो । यी तीनवटा खुट्टामा अडिएर पुरुष सबैभन्दा शक्तिशाली बन्यो । त्यसैले सामन्तवाद जन्मियो । धर्म, संस्कार पुरुषले पुरुषकै अनुकूलतामा बनायो । त्यसको सबैभन्दा ठूलो मार महिलामा प-यो ।

महिलाहरू १० वर्ष नपुग्दै विवाह गरी ५० वर्षसम्म बच्चा जन्माउने मेसिनमा परिणत भए । महिनावारी हुनुभन्दा अघि र विवाह गरेका महिलाले विद्रोह गर्नै सकेनन् । यति कडा नियम बनाए कि महिलाले त्यो बन्धन तोड्नै सकेनन् । किनभने त्यो बन्धन तोड्दा महिलाले मृत्युको सामना गर्नुपथ्र्यो । पुरुषबाट कि मारिन्थे, कि जिउँदै जलाइन्थे । त्यसपछि महिलाहरू भाग्यको भर पर्न थाले । श्रीमान्लाई देउताका रूपमा स्विकार्न धर्मले सिकायो । विवाह नभएको छोरीमान्छे ‘पापी’ हो भन्नै विवाह संस्थाको हिस्सेदार बन्न दबाब दिइयो । विवाहविरुद्ध बोल्यो भने पाप लाग्छ भन्दै धर्मको डर देखाइयो । त्यसपछि महिलाको स्वतन्त्रता खोसियो । ‘पोथी बास्नु हुन्न’ भनियो । ‘महिला हाँस्न हुन्न’ भनियो । आफूले जन्माएको बच्चा आफ्नो भएन । स्रोतसाधन आफ्नो भएन । महिलाहरूलाई निरीह बाँच्न विवश बनाइयो । त्यो निरीहताको पराकाष्ठा सामन्तवादको अन्तिम अवस्थासम्म रह्यो । 

५० को दशकपछि विवाह संस्था 
धर्मले राज गरुन्जेल सामन्तवाद समाजमा रह्यो । त्यतिवेला विवाह एकदमै बलियो भयो । विवाहको नियम–कानुन पुरुषलाई चाहिनेजस्तै बनाइयो । पछि, धर्ममा बिस्तारै खलबल आयो । र, खुकुलो हुँदै गयो । धर्ममा खुकुलोपन आउनुको कारण त्यसको केन्द्रबिन्दुमा छोरीहरू थिए । छोरीहरू परिवारमा बाबुसँग विद्रोह गर्न थाले । बाबुले हिजो विवाह गर भन्दा उनीहरू १० वर्षमै विवाह गर्थे । तर, अब त्यस्तो रहेन ।

छोरीहरू स्कुल, कलेज जान थाले, जागिर खान थाले । त्यसपछि विवाह संस्था बिस्तारै ओझेल पर्दै गयो । विवाह गर्दा पढाइ र जागिर खोसिने अवस्था बन्यो । सामन्तवादी समाजमा धर्मको आधारमा टिकेको विवाह संस्था अब धर्मराउन थाल्यो । घरबाहिर निस्किएकी छोरी स्वतन्त्र हुन थालिन् । विवाहको बन्देजले छोरीलाई छेकेन । छोरीहरू अघि बढ्न थाले । छोरी पढाउनुपर्छ भन्ने मान्यता पनि बढ्यो । हरेक देशमा महिलालाई शिक्षा दिनुपर्छ भन्ने भयो । यसले हाम्रो कानुनलाई पनि प्रभाव पा-यो । महिलाका लागि विशेष नीति नै बन्यो । 

महिला अघि बढ्नुको मतलब पुरुष पछाडि परेको होइन । महिलाहरू एककदम अगाडि आएका मात्र हुन् । महिला र पुरुषबीचको दूरी कम भएको छ । पुरुषलाई उछिनेर महिला अगाडि बढ्न अझै सकेका छैनन् । आमाको नामबाट नागरिकता दिने हो भने पुरुषभन्दा महिला माथि जान सक्छन् ।

सामन्तवाद र विवाह
सामन्तवादी समाजमा आइपुग्दा विवाह संस्थालाई जड प्रक्रियाका रूपमा अथ्र्याइयो । विवाह अनिवार्य प्रक्रिया बन(ाइयो । त्यो पछि धर्ममा परिणत भयो । धर्मले विवाह गर्नैपर्ने नियम बनायो । महिला पुरुषको स्रोत र साधन हुन् भन्ने बनाइयो । पुरुषले जे चाह्यो, महिलाले त्यही गर्नुपर्ने बनाइयो । पुरुषले आफूअनुकूल नियम बनाए, कानुन बनाए, धर्म बनाए ।

परिवार धान्न विवाह गर्नैपर्छ भन्ने परम्परा बसाए । विवाह सृष्टि चलाउन, वंश चलाउन गर्नैपर्ने नियम बसाए । शक्तिशाली भनिएको पुरुषले १० जनाभन्दा धेरै महिलालाई विवाह गर्न पाउने थिति बसाए । सामन्तवादमा यो स्वरूप चर्को देखियो । त्यो समाजमा खेतमा काम गर्ने मानिस चाहिन्थ्यो । अहिलेको जस्तो मेसिन थिएन । सन्तान धेरै भएपछि पुरुष शक्तिशालीमा गनिन्थ्यो । महिला भनेको विवाह गरेर ल्याएपछि बच्चा जन्माउने, घर व्यवहार धान्ने र पुरुषलाई सन्तुष्टि दिने रूपमा मात्रै सीमित गरियो । आदिम समाजमा महिलाहरूले प्राप्त गरेको स्वतन्त्रता सामन्तवादमा आइपुग्दा खोसियो । 

पुँजीवाद सुरु भएपछि विवाहमा धक्का
पुँजीवादी समाजको सुरुवातसँगै विवाह संस्थामा धक्का लाग्न थाल्यो । कृषि प्रधान समाजबाट हामी बजारतर्फ अघि बढ्यौँ । बजारको बिस्तारपछि किसानहरू मजदुरमा परिणत भए । महिलाहरू पुरुषसँगै काममा निस्कन थाले । पुरुष कमजोर हुनुको कारण यही हो । विवाहको परम्परामा धक्का लाग्न थाल्यो । अहिले विवाह संस्था साँच्चै संकटमा छ । विवाहलाई धक्का दिनु भनेको परिवारलाई धक्का दिनु हो ।

संकटमा विवाह
पश्चिमा देशमा एकल आमा भनेर खुलेआम हिँड्न सक्छन् । बच्चा जन्माउन विवाह नै गर्नुपर्छ भन्ने छैन । टेस्टट्युब बेबीको विकास भयो, यो भनेको पुरुषवादी सोचमा ठूलो धक्का लाग्नु हो । अहिले महिला पनि इजरायलमा गएर काम गर्न थाले । एकल महिला हुन सक्ने भयो । नियम–कानुनमा आएको परिवर्तन, श्रमको विभाजन, उत्पादनको साधनमा आएको फेरबदलले विवाह संस्था संकटमा छ । 

बहुदलपछि अन्तर्राष्ट्रिय बसाइसराइ बढ्यो । बाध्यता र ढिलो विवाहले पनि विवाह भत्किँदै छ । विवाहको नकारात्मक पाटो पनि छ । सम्पत्तिका लागि मात्रै विवाह गर्नेहरू पनि छन् । यो नकारात्मक कारणले पनि विवाह भत्किँदै छ । एकभन्दा धेरै सम्बन्धमा बस्ने महिला तथा पुरुषका कारण पनि विवाह भत्किँदै छ । एकभन्दा धेरैसँग सम्बन्धमा बस्ने प्रवृत्ति झनै डरलाग्दो छ । यसले विवाह मात्रै भाडिँदैन, समाज पनि भाडिँदै छ । 

विवाह संस्था बचाउन 
सामन्तवादी समाजको विवाहसम्बन्धी नियम आजको समाजमा अनुकूल भएन । जसले गर्दा विवाह कमजोर भयो । श्रम बजारमा आएको परिवर्तन अर्को कुरा हो । लाखौँ युवा बाहिर जानुको मतलब लाखौँ विवाहमा धक्का लाग्नु हो । नचाहेर पनि प्रविधिले विवाह संस्थालाई कमजोर बनाउँदै छ । विवाहको परम्परा जो उसको वंश धान्नसँग जोडिन्थ्यो, अब त्यो बिस्तारै भत्किन्छ । विवाहको सोचाइमा, नियम र कानुनमा यदि परिवर्तन नगर्ने हो भने समाजले त्यो आफैँ भत्काउँछ । महिलाको स्वतन्त्रतालाई सम्बोधन नगर्ने र श्रीमान्को इच्छा मात्रै सर्वोपरि ठानिरहने हो भने विवाह संस्था भत्किन्छ, भत्किन्छ । 

विवाहले महिलालाई परनिर्भर बनाउँछ । शिक्षा र जागिरले महिलालाई आत्मनिर्भर बनाउँछ । पुँजीवादले मेरो भन्न सिकाएको छ । मेरो हुन सिकाउनुको अर्थ परम्परागत विवाह र परिवार ध्वस्त हुनु हो । त्यो भत्किनुको अर्थ पुरुषहरू पनि भत्किनु हो । त्यसैले अब पुरुषले पनि सोच्न थाल्नुपर्छ, मैले विवाह गरेको मेरो लुगा धुन, खाना पकाउन होइन । पुरुषले यो बुझेन भने अब महिलाले बच्चा जन्माउनेवाला छैनन् । महिला आफूले चाहँदा मात्रै बच्चा जन्माउँछन् । यसले पितृसत्तामा धक्का दिन्छ । विवाह संस्थामा धक्का दिन्छ । 

अब हिजोकै स्वरूपमा विवाह संस्था रहँदैन । विवाहमा विकल्पहरू आउँछन् । पारिवारिक सम्बन्धमा परिवर्तन आउँछ । तर, समाजको महŒवपूर्ण संस्था विवाहलाई बचाउनुपर्छ । यसको अर्थ पुरानै स्वरूपमा बचाउनुपर्छ भन्ने होइन । विवाहसम्बन्धी पुरानो मूल्य–मान्यता, परम्परा, सोचलाई परिवर्तन गर्नुपर्छ ।

(समाजशास्त्री उप्रेतीसँग शान्ति तामाङको कुराकानी)