• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डोरिस लेस्सिङ
२०७६ माघ २५ शनिबार ०८:३८:००
अनुवाद

ठूलो सहर जाने बाटो

अफ्रिकी कथा

२०७६ माघ २५ शनिबार ०८:३८:००
डोरिस लेस्सिङ

ल ६ बजे होइन, आधारातमा छुट्यो । कारिन्दाको गल्तीप्रति जानसेनको मनमा पैदा भएको झोंक ऊ काउन्टरबाट मोडिनुभन्दा पहिले नै सामसुम भइसकेको थियो; यसबारे उसले साँच्ची नै पर्वाह गरेन । ऊ एक सातादेखि धनी साथीहरूको संगतमा रहेर तिनकै आँखाले विनम्रतासाथ सहरलाई नियालिरहेको थियो । अहिले, ६ घन्टादेखि जोहानेसबर्गको सुक्खा र बेलगाम हावालाई सोभैm आपूmमाथि प्रहार गर्न दिन ऊ फुक्का भएको थियो । ऊ स्टेसनको चमेनागृहमा पस्यो । चमेनागृह चम्किला खैरा भित्ता भएको र टेबलहरू लहरै सजाइएको रित्तो ठाउँ थियो । ऊ सुन्तला रंगको कडा चियाको कप सामुन्ने बस्यो ।

कुनै खास उद्देश्यमा नबाँधिएको यात्रीको स्वप्नशील मनोदशामा भएको हुँदा ऊ त्यस्तो नाटकको दर्शक थियो, जसले उसको ध्यान खिच्न सकेन । यसो आफ्नै सुरले सडकमा, मानिसहरूको बीचमा घुमफिर गर्दै यस सहरमा उनीहरू के कस्ता रहेछन्, उनीहरूमा अरू सहरहरूमा नभएको त्यस्तो बिरलाकोटी गुण के रहेछ भन्ने कुरो अनुभूत गर्न खोज्ने हेतुले ऊ बाहिर निस्कने धुनमा थियो— कारण उसको के विश्वास थियो भने प्रत्येक ठाउँमा एउटा राक्षसले वास गरेको हुन्छ, जसले त्यहाँका बासिन्दाका आँखा र स्वरमार्पmत आपूmलाई अभिव्यक्त गर्छ । ठीक त्यही वेला उसले कसैले ‘यो ठाउँ खाली हो’ भनी सोधेको सुन्यो । ऊ अनायास फरक्क फक्र्यो, कारण त्यो स्वरमा एउटा त्यस्तो गुण थियो, जसको छनक यसै पाइहालिन्छ । दुईवटी केटी उसको छेउमा उभिए, अनि त्यो ऊसँग बोल्ने केटी उसको प्रत्युत्तरको प्रतीक्षा नगरीकन थपक्क बसी । कोठामा थुप्रै खाली टेबल थिए । उसले टिमिक्क परेको, छोटो, कालो पोसाक, काँचका कैयौँ सिक्री र अग्ला कुर्कुच्चा भएका, चम्किला, काला जुत्ता लगाएकी थिई ।

ऊ आफ्नो रंगहीन कपाल टाउकामा मसक्क बेरेकी अग्ली, चौडा जिउ भएकी केटी थिई । तर, उसको कपालको सतह चहकिलो हुनाले त्यो धातुझैँ टल्किइरहेको थियो । उसले तत्काल चुरोट सल्काई र आफ्नी सँगिनीलाई भनी, ‘बस न ।’ अर्की केटी लजाउँदै जानसेनका छेउको मेचमा थुचुक्क बसी । त्यो मानिस ऊतिर ट्वाल्ल नहेरी रहन सकेन किनभने ऊ उसले प्रत्याशा गरेभन्दा एकदमै फरक थिई । त्यो केटीले उसका आँखा छल्दै आफ्नो अनुहार अर्कातिर फर्काई । थल्थले, बालसुलभ र गर्धनमा फिका रंगको कपालका मोटा झुप्पा लत्रेकी त्यो केटीले बुट्टे किनारा भएको पूmलबुट्टे पोसाक र आफ्ना घामले डढेका खाली खुट्टामा चेप्टा, सेता स्यान्डल लगाएकी थिई । उसको अनुहारमा सानो कुकुरको जस्तो आनन्दी मैत्रीभाव थियो । दुवै केटीका चौडा सपाट गाला र निधारले उनीहरू डच पुर्खाका सन्तान हुन् भन्ने झल्काउँथे । ती दुवैका आँखा सस्याना र नीला थिए, यद्यपि एक जोडा आँखा बलौटे आँखीभुइँले घेरिएका थिए भने अर्को जोडा आँखामा चाहिँ गाजल लगाइएको थियो ।

महिला बेरा आदेश लिन आई । जानसेनको मनमा त्यो सानी केटीप्रति कति चर्को खुल्दुली पैदा भयो भने ऊ त्यहाँबाट हट्दै हटेन । ‘तपाईं के लिने ?’ उसले सोध्यो । ‘ब्रान्डी,’ पाको उमेरकी केटीले हत्तपत्त भनी । ‘दुई ब्रान्डी,’ उसले अगाडि भनी र आफ्नी बहिनीप्रति अर्को अधीर दृष्टि फाली । तिनीहरू दिदी–बहिनी हुन् भन्ने कुरामा कुनै शंका थिएन ।

‘मैले क्रिसमसमा आमाले दिएको सेतो मदिराबाहेक ब्रान्डी कहिल्यै खाएकी छैन,’ आश्चर्यका साथ कित्कित् हाँस्दै सानी केटीले भनी । ठूली केटीले हरेस खाएको भावमा, सासले बोलेझैँ गरी ‘हे भगवान्, मलाई यसबाट रक्षा गर’ भन्दा ऊ लाजले खुम्चिई ।

‘म आज बिहान जोहनेसवर्ग आएकी हुँ,’ सानी केटीले जानसेनसँग विश्वासिलो पाराले भनी, ‘तर, लिल्लाले यतै जीविकोपार्जन गरेको एक वर्ष भयो ।’

‘हे भगवान् !’ लिल्लाले फेरि भनी । ‘मैले तँलाई के भनेकी थिएँ ? हैन, मैले भन्या कुरा तैँले सुनिनस् ?’ त्यसपछि कुरा सम्हाल्दै जानसेनतिर फर्केर पेसेवर ढंगले मुस्कुराउ“दै उसले भनी, ‘कोरा केटी ! मैले यो कुरा भनेँ भने तपाईं नपत्याउनुहोला । यहाँ आउँदाखेरि म पनि कोरा थिएँ, तर मारीको दाँजोमा भने....’ ऊ रिसाहा ढंगले हाँसी ।

‘तपाईं पहिले जोबर्ग जानुभएको छ ?’ मारीले उही आफ्नो विश्वासिलो छाँटले सोधी ।
‘तँ त्यही ठाउँ भएर जाँदै छेस्,’ लिल्लाले मारीलाई पुलुक्क हेर्दै भनी । ‘हेर्ने ढंग थाहा भए तैँले सजिलै त्यो ठाउँ ठम्याउन सक्नेछेस् ।’
‘तपाईंको कुरा एकदम सही हो,’ जानसेनले भन्यो ।
‘तपाईं भोलि जाने होला, कसो ?’ लिल्लाले सोधी ।
‘आज राति,’ जानसेनले भन्यो ।

लिल्लाका आँखा अनायासै जानसेनबाट हटेर घरी एकजना लोग्नेमानिसको अनुहारमा र घरी अर्कोको अनुहारमा सर्दै आफ्नो सेरोफेरोमा चक्कर मार्न थाले । ‘मध्यरातमा,’ त्यो आइमाईका अनुहारको भाव परिवर्तन भएको देख्ने हेतुले जानसेनले भन्यो ।

‘समय मनग्गे रहेछ,’ मुस्कुराउँदै उसले भनी ।

‘लिल्लाले मलाई बाइस्कोप हेर्न जान दिने वाचा गरेकी छिन्,’ मारीले आँखा ठुल्ठूला पार्दै भनी । उसले स्टेसनको चमेनागृहवरिपरि हेरी । अनि उसको हेराइको पाराले गर्दा जानसेनले त्यसलाई फरक ढंगले हेर्न खोज्यो, तर सकेन । उसका दृष्टिमा त्यो त झल्ला लुगा लगाएका र उच्चाटलाग्दा मानिसहरूले भरिएको उस्तै खाली, धुस्रोफुस्रो र फोहोर खालको ठाउँ थियो । सडकमा बर्बराइरहेकी बूढी आइमाईलाई देखेर वा पूmल फुलेको वृक्ष देखेर जसरी बालकका आँखा भय वा आनन्दले विस्फारित हुन्छन्, उसलाई त्यस्तै अनुभूति भयो । हैन, बालकले परीकथाकी कति कपटी कुटिनी देख्यो ? उसले कस्तो दिव्य वृक्ष देख्यो ? मारी विस्मययुक्त मोहकतासाथ मुस्कुराइरहेकी थिई ।

‘ज्यादै राम्रो,’ जानसेनले भन्यो, ‘हामी फिलिम हेर्न जाऔँ ।’

लिल्लाले आफ्नो नीलो आँखाको दृष्टि जानसेनबाट मारीतर्फ सार्दै हिसाबकिताब गरी । ‘तपाईं मारीलाई लैजानोस्,’ आफ्नी बहिनीलाई बेवास्ता गर्दै उसले सोभैm जानसेनलाई भनी । ‘यो कोरा छे, तर यो सिक्दै छे ।’ भयाक्रान्त दृष्टि लिएर मारी आधा उठी । ‘तिमी मलाई छाड्न पाउन्नौ ।’

‘हे भगवान् !’ स्वीकारसूचक ढंगले लिल्लाले भनी । ‘ठीक छ, बस् बच्ची । तर हेर्, मैले एकजना साथीलाई भेट्न जानु छ । मैले तँलाई भनेकी थिएँ नि ।’
‘तर, म त यसै पो आएकी हुँ ।’
‘ठीक छ, ठीक छ । बस् भन्या । उहाँले तँलाई टोक्नु त हुन्न नि ।’
‘तिम्रो घर कहाँ हो ?’ जानसेनले सोध्यो ।
मारीले उसले कहिल्यै नसुनेको ठाउँको नाम बताई ।
‘त्यो ठाउँ ब्लोयमफोन्टियनदेखि धेरै टाढा छैन,’ लिल्लाले कुरो खुलाई ।
‘घर कस्तो छ नि ?’
‘सानो छ,’ मारीले भनी ।
‘तिम्रा बा के काम गर्छन् ?’
‘रेलवेमा काम गर्छन्,’ लिल्लाले हत्तपत्त भनी ।

‘उनी कामदारका नाइके हुन्,’ मारीले भनी अनि लिल्लाले आँखा पर्लक्क मास्तिर पल्टाउँदै सुस्केरा हाली ।

जानसेनले रेलवे लाइनको लहरै, अनेकौँ कोससम्म पैmलिएका कामदारका फु गरे ढल्लान् कि जस्ता साना कटेराहरू देखेको थियो, जहाँ टुक्राटाक्री बगैँचाहरूका छेउका रेलवे लाइनहरूमा लुगा पिट्दा सेतो फिँज उठ्थ्यो र केटाकेटीहरू चित्कार गर्दै एक चामत्कारिक नगर छिचोलेर अर्को नगरतिर जाने रेललाई बाई–बाई गर्न झुत्ती खेल्दै दगुर्थे ।

‘आमा रूढिवादी छिन्,’ मारीले भनी । उसले रूढिवादी भन्ने शब्द सावधानीसाथ भनेकी थिई । त्यो उसको आफ्नै होइन, लिल्लाको शब्द थियो । ऊ जसरी यसलाई मन पराएरै छाड्छु भन्ने अठोटका साथ ब्रान्डीको चुस्की लिन खोज्दै थिई, उसै गरी त्यो शब्दको पनि स्वाद लिँदै थिई । तर, त्यो भावनाचाहिँ पूरापूर उसैको थियो; उसभित्रको वर्षौंदेखिको निराशा आनन्दमा विस्फोटित हुन तम्तयार थियो । ‘हामी जोबर्ग नगइदिए हुन्थ्यो भन्ने उनको चाहना छ । केटीहरूले त्यहाँ जानु बेठीक हो भनेर उनी भन्छिन् ।’

‘तिमी भागेर आएकी हौ त ?’ जानसेनले सोध्यो ।
बालिकाको अनुहारमा आश्चर्यको भाव छायो ।

‘हैन, म भागेकी हुँ भनेर तपाईंले कसरी लख काट्नुभो ?’ उसले लिल्लातिर न्यानो प्रशंसायुक्त मुस्कान छाड्दै जानसेनलाई सोधी ।

‘मेरी दिदीले मलाई पैसा पठाइदिइन् । मसँग त फुटेको पैसोसम्म पनि थिएन । म आमा र बासँग एक्लै थिएँ, अनि मेरा दाजुभाइहरूचाहिँ तामाखानीमा काम गर्दै थिए ।’

‘बुझेँ ।’ जानसेनले त्यो एक्ली केटीलाई रेलवे लाइननेरको सानो घरमा कुखुराको रेखदेख गर्दै र खाना पकाउँदै, फेसनको प्रचार गर्ने कागजहरूतिर ट्वाल्ल परेर हेर्दै, दगुर्दै गएर बाई–बाई गर्दै चिच्याउने उमेर पार गरिसकेकी हुनाले घरमै बसेर रेल गएको हेर्दै, रेलका झ्यालमा भएका भाग्यमानी मानिसहरूलाई गहिरो डाहासाथ क्वारक्वार्ती नियाल्दै र हप्तैपिच्छे लिल्लाले पठाएका चिठी पढ्दै गरेको देख्यो ।

‘एउटा अड्डामा मेरो जागिर छ । मेरा नयाँ लुगा छन् । मेरा तन्नेरीले मलाई भने....’ उसले टेबलको उतातिरका ती दुईवटी बडाबडा सक्षम अनुहार, बलिष्ठ र स्वस्थ शरीर भएका दक्षिण अफ्रिकाली सुन्दर र जवान आइमाईलाई हे-यो र सोच्यो — अँ, दिनदिनै यस्ता घटना घटिरहन्छन् । उसले आफ्नो घडी यसोक्क हे¥यो अनि मारीले अनायासै भनी, ‘बाइस्कोप हेर्ने समय छ, होइन ?’

‘तँ र तेरो बाइस्कोप,’ लिल्लाले भनी । ‘म तँलाई भोलि दिउँसो लैजाउँला ।’ उसले उठेर सहसा जानसेनलाई भनी, ‘आउने हो ?’ अनि ऊ ढोकातिर लागी । जानसेन अनकनायो र मारीको अनिश्चित, तर मैत्रीपूर्ण मुस्कानको पछि लाग्यो ।

ती तीनजना बाहिर सडकमा निस्के । अलि पर रंगीन चम्किला बत्तीहरूका झिना किनाराहरूबीच फिल्मी हिरो–हिरोइनहरूले एक–अर्कालाई चुम्बन गरिरहेको ठूलो सेतो बिल्डिङ चम्कियो । ठाँटिएका मानिसहरूको लहर भव्य संगमर्मरका खुट्किलाहरूमाथि उक्ल्यो, जहाँ युनिफर्म लगाएका सानदार मानिसहरूले तिनको स्वागत गरे । गहिरो गरी मारीको अनुहार हेरिरहेको जानसेनले त्यहाँ त्यस्तो दृश्य देख्यो । लिल्लाले हाँसेर भनी, ‘मारी, हामी घर जाँदै छौँ । यी फिल्महरू खास केही होइनन् । फिल्महरू हेर्नुभन्दा त गर्नुपर्ने असल कुरा त अरू नै पो छन् ।’ उसले जानसेनतिर यसोक्क आँखा झिम्क्याई ।

तिनीहरू काँठको दुईकोठे फ्ल्याटमा गए । त्यो माकको सुनौलो मन्डी भन्ने खाद्यान्न पसलमाथि थियो । त्यहाँ झ्यालको फल्याकमा आरु, सुकेका फल, लुगा लगाएका गुडियाहरू र सुती कपडाका थानहरू राखिएका थिए । फ्ल्याटमा नयाँ फर्निचर थिए । त्यहाँ सिसीहरू र एउटा रेडियो भएको खुला दराज थियो । रेडियो घन्किइरहेको थियोः ‘अथवा तिमी तारामा पिङ खेल्न, घैलामा हालेर चन्द्रमाका किरणहरू घर ल्याउन र अहिलेभन्दा धनी बन्न चाहन्थ्यौ कि ...’

‘मलाई गीतका शब्दहरू मन परे,’ कोमल आनन्दसाथ सुन्दै मारीले जानसेनलाई भनी । लिल्लाले भनी, ‘मलाई माफ गर्नुहोला, मैले मेरो साथीलाई फोन गर्नु छ,’ यसो भनेर ऊ बाहिर गई ।

मारीले भनी, ‘लौ पिऔँ ।’ उसले सावधानीसाथ त्यसो भनेकी थिई । जिब्राको टुप्पो दाँतको बीचमा राखेर उसले ब्रान्डी खन्याई, अनि पानी हाली । ऊ गिलास लिएर जानसेननेर गई र गिलास उसका छेउमा राखिदिँदै असचेत विजयसूचक ढंगले मुस्कुराई । त्यसपछि उसले भनी, ‘पख्नोस् है ।’ अनि ऊ सुत्ने कोठाभित्र पसी । जानसेन ठूलो मेचको आरामदायी गद्दामा जिउलाई सहज पार्दै बस्यो । यहाँ आएकोमा ऊ आफैँलाई दिक्क लागेको थियो । हैन, ऊ किन यहाँ आएको हो ? यसबाट के फाइदा छ ? उसले छेउको काठमाथिको ऐनामा आपूmलाई हे¥यो । ऊ जीर्ण, अनुग्रही अनुहार भएको, खैरो सुट लगाएको र ज्यादै कुरूप मेचमा असजिलोसँग बसिरहेको अधबैँसे सज्जनका रूपमा त्यहाँ देखियो । तर, मारीले उसलाई हेर्दा के देखी ? ऊ आफ्ना चौडा खुट्टामा काला चम्किला जुत्ता र टिमिक्क परेको रातो पोसाक लगाएर र आफ्नो बोधो र इमानदारीयुक्त अनुहारमा रंगरोगन लगाएको चिटिक्क परेको अनुहार लिएर झट्टै आई । ऊ आपूmले देखेको लिल्लाको बसाइको नक्कल गर्दै आफ्नो टाउको र कुमको छाँट मिलाएर उसको सामुन्नेमा बसी । तर, उसले आफ्ना खुट्टाको छाँट मिलाउन भने बिर्सिएकी हुँदा उसका खुट्टा स्कुले केटीका खुट्टाझैँ उसका अगाडि पसारो परे ।

‘लिल्लाले मलाई उनका लुगा लाए हुन्छ भनेकी थिइन्,’ आफ्नी दिदीको दयाभावको अडेस लाग्दै उसले भनी । ‘आफ्नै कोठा लिन पुग्दो पैसा नकमाउन्जेलसम्म मैले यहीँ बसे हुन्छ भनेर आज उनले भनेकी छिन् । तैँले छिटै नै मनग्गे कमाउँछेस् भनेर उनले भनेकी छिन्,’ उसले सास दबाएर भनी, ‘हाम्री आमा रिसले आगो होलिन् ।’

‘होलिन् नि त,’ जानसेनले शुष्क ढंगले भन्यो, र मारीले प्रतिक्रिया स्वरूप मुन्टो फर्काएको उसले देख्यो । त्यो केटीले उसका राता घाँघरहरू ओछ्याई र आफ्नो रंगीन साँझको प्रतीक्षा गर्दै विनम्रतासाथ ऊतिर फर्किई ।

लिल्ला आफ्ना व्यवहारपटु, विनोदी दृष्टि आफ्नी बहिनीबाट जानसेनतिर सार्दै भित्र पसी र मुसुक्क हाँस्दै उसले भनी, ‘म एकैछिनलाई बाहिर जाँदै छु । म झट्टै आइहाल्छु । मेरा साथी मलाई घुमाउन लैजाँदै छन् ।’

साथी भित्र आयो र उसले लिल्लाको हात समात्यो । ठूलो दारको, घामले डढेको त्यो सुन्दर पुरुष मारीतिर फर्केर रोमाञ्चकारी ढंगले मुस्कुरायो । उसले आफ्ना आँखामा कस्तो प्रशंसाभाव लिएर प्रत्युत्तर जनाई भने उसले आपूmलाई हेर्दा त्यस्तो भाव नदेखेको कुरा जानसेनले बुझ्यो । ‘अहा, अहा,’ मारीप्रति सहज स्नेह बर्साउँदै त्यो तन्नेरीले भन्यो, ‘तिमी छिटो सिक्ने खालकी रहिछ्यौ, यो कुरा मैले बुझेँ ।’

‘हामी फर्किइहाल्छौँ,’ लिल्लाले मारीलाई भनी । ‘मैले भनेको कुराको हेक्का राख्नू नि ।’ त्यसपछि उसले विक्रेता महिलाले झैँ जानसेनलाई भनी, ‘यो कमसल छैन । यसलाई यहाँ घरमा कुनै किसिमको पीरमर्का आइलाग्नेछैन ।’ त्यो तन्नेरीले लिल्लालाई अँगालो मा¥यो र अर्को हात लम्काएर भित्ताको फल्याकबाट गिलास लियो । ब्रान्डी खन्याउँदै ऊ रेडियोसँगै गुनगुनायो, ‘छायादार कुनामा, सुसाइरहेका खोलामा...’ उसले मुन्टो पछिल्तिर झट्का-यो, स्वाट्ट ब्रान्डी पियो, जानसेन र मारीतिर हेरेर मुस्करायो, यसोक्क आँखा झिम्क्यायो अनि भन्यो, ‘भेट्दै गरुँला है । टेबल घडीलाई दम दिन र बिरालालाई बाहिर लखेट्न नबिर्सनुहोला ।’ बाहिर सिँढीको बिसौनीमा उसले र लिल्लाले गाए, ‘घैलामा हालेर चन्द्रमाका किरणहरू घर ल्याउन र अहिलेभन्दा धनी बन्न चाहन्थ्यौ कि ...’ तल सडकमा नपुगुन्जेलसम्म उनीहरूले गाइरहे । कारको ढोका ढ्याम्म लाग्यो र इन्जिन गज्र्यो । फुत्त झ्यालमा गएर मारीले अमिलो स्वरमा भनी, ‘लौ, तिनीहरू त फिल्म हेर्न पो गए ।’

‘मलाई त त्यस्तो लाग्दैन,’ जानसेनले भन्यो । ऊ आँखीभुइँ गाँठा पार्दै जिम्मेवारीको भावनाले भरपुर भएर झ्यालबाट फर्किई । ‘रक्सी थप्नुहुन्छ कि ?’ लिल्लाले आपूmलाई भनेको कुरा सम्झिँदै उसले भनी । जानसेनले नकारसूचक ढंगले मुन्टो हल्लायो र आलस्यले थिचिँदै ऊ पलभर स्थिर भएर बस्यो । त्यसपछि उसले भन्यो, ‘मारी, तिमीले मेरा कुरा सुन्नुपर्छ ।’ ऊ कर्तव्यपरायणतासाथ अगाडि झुकी र सुन्न तयार भई । तर, उसले त्यो अर्को लोग्नेमानिसमा देखेजस्तो न्यानो, उदार, हँसिलो र गायनप्रिय तन्नेरीमा जस्तो चीज उसमा केही पनि देखिन । जानसेनले आफ्नो जिब्रोमा थुप्रै शब्दहरू तम्तयार पा¥यो, तर ती शब्द उसलाई मन परेनन् अनि उसले प्वाक्क भन्यो, ‘मारी, आज राति मलाई तिमीलाई घर फिर्ता पठाउन मन छ ।’ त्यो केटीको अनुहार सपाट भयो । ‘हैन मारी, तिमीले मेरा कुरा साँच्ची नै सुन्नुपर्छ ।’ आफ्नो लोसे प्रतिकारको पर्दाभित्रबाट उसले विनम्रतासाथ सुनी । उसले आफ्नो करुणाभावको मृदुतासाथ बडो सावधानीपूर्वक शब्दहरू प्रयोग ग¥यो, अनि ती शब्दहरू आपूm र मारीका बीचको शून्यमा निरर्थकतामा विलीन भएको देख्यो । त्यसपछि ऊ त्रूmर र हतास भयो किनभने उसले उसलाई आफ्ना कुरा सुनाउनैपर्ने खण्ड परेको थियो । उसले भन्यो, ‘यस खालको जीवन जति मोजमस्तीको देखिन्छ त्यति मोजमस्तीको हुँदैन ।’ अनि थप्यो, ‘संसारभरि हजारौँ केटी सजिलो बाटो रोज्छन् किनभने तिनीहरू मूर्ख हुन्छन्, अनि पछि गएर तिनीहरू पछुताउँछन् ।’ त्यो केटीका आँखाका ढकनी लत्रिए, अनि उसले आफ्ना खुट्टाका नयाँ अग्ला कुर्कुच्चे जुत्ता हेरी र त्यो मानिसबाट मनमनै पन्छिई । उसले रन्डी र वेश्याजस्ता शब्दहरू सुनायो, तर गाली गर्ने शब्दको रूपमा बाहेक उसले ती शब्दहरू कहिल्यै सुनेकी थिइन । तसर्थ, उसले ती शब्दको साइनो आपूmसँग जोड्न सकिनँ । ऊ घरीघरी भन्न थाली, ‘मेरी दिदी टाइपिस्ट हुन् । अड्डामा उनको जागिर छ ।’

उसले झोंक्किँदै भन्यो, ‘हैन, तिमीलाई टाइपिस्टको तलबले यस्तो ठाँटका साथ जिउन पुग्ला जस्तो लाग्छ ?’
‘उनको भलाद्मी साथीले उनलाई चिजबिज दिन्छ नि त — ऊ उदार छ भनेर उनी मसँग भन्थिन्,’ मारीले सन्देहसाथ भनी ।
‘मारी, तिमी कति वर्षकी भयौ ?’

‘अठाह्र,’ आफ्नो चायाँ परेको गठिलो पाखुरो फर्काउँदै उसले भनी, जुन पाखुरामा लिल्लाका चुराको टलक देखाप-यो ।
‘पच्चीस वर्षकी हुँदा तिमी बाहिर सडकमा फेला पर्ने जुनसुकै लोग्नेमानिसलाई टिप्दै होटेलतिर लगिरहेकी हुनेछ्यौ...’

‘होटेल’ भन्ने शब्द सुनेर त्यो केटीका आँखा विस्फारित भए । ऊ कहिल्यै पनि होटेलमा गएकी छैन भन्ने कुराको जानसेनलाई हेक्का भयो । उसको दृष्टिमा होटेल भन्ने चिज सिनेमाको पर्दामा देखिने कुनै मनोहर वस्तु थियो ।
‘तीस वर्षको उमेरमा तिमी बुढी आइमाई हुनेछ्यौ ।’

‘लिल्लाले मलाई म तिम्रो हेरचाह गरुँला भनेकी छिन् । उनले दिलैदेखि मसँग वाचा गरेकी छिन्,’ जानसेनको रुखोपनाबाट आतंकित भएकी मारीले भनी । तर, उसले भनेका कुराको उसका लागि कुनै अर्थ थिएन, रत्तिभर थिएन । सके वेश्या भन्ने शब्दको अर्थ के हो भन्ने कुरा मारीलाई थाहा नहोला भन्ने उसलाई लाग्यो । लिल्लाले उसलाई बताएका कुराहरूको अर्थ त उसका लागि केवल सहरका आनन्दहरूको कसरी उपभोग गर्ने भन्ने पाठ मात्र थियो ।

जानसेनले भन्यो, ‘म यहाँ किन आएको हुँ, तिमीलाई थाहा छ ? तिम्री दिदीको चाहना के छ भने तिमी आफ्ना लुगा फुकालेर ओछ्यानमा पल्ट अनि ...’ ऊ अडियो । जानसेनमाथि एकाग्र भएका मारीका आँखा विस्फारित भए । डरको कारणले होइन, तर एउटी सानी केटीको चिन्ताग्रस्त तल्लीनताको कारण त्यसो भएको थियो, जसलाई आफूले उचित तरिकाले व्यवहार गरिनँ कि भन्ने औडाहाले पिरोलेको थियो । उसका हात उसको पेटीका खिपतिर सरे अनि ऊ खिप खोल्न थाली ।

जानसेन उठ्यो अनि उसले फर्निचरहरूबाट र भुइँबाट मारीका लुगा बटुल्यो । सुत्ने कोठामा गएर उसले सुटकेस खोज्यो अनि आफ्ना सरसामान त्यसमा हाल्यो । ‘आज राति म तिमीलाई रेलमा चढाइदिन्छु,’ उसले भन्यो ।

‘मेरी दिदीले तपाईंलाई त्यसो गर्न दिनेछैनन्,’ अताल्लिँदै उसले भनी, ‘उनले तपाईंलाई रोक्नेछिन् ।’

‘तिम्री दिदी खराब केटी हुन्,’ जानसेनले भन्यो । अनि बल्ल मारीको अनुहारमा डरको लहर देखेर ऊ छक्क प¥यो । मारीको चित्तमा उसका सारा जरुरी व्याख्यानहरूको भन्दा ‘खराब केटी’ भन्ने ती दुई शब्दको बढी असर परेको थियो ।

‘तपाईंले यस्ता कुरा गर्नु हुँदैन,’ रुन थाल्दै मारीले भनी, ‘तपाईंले अरूलाई कहिल्यै खराब केटी भन्नु हुँदैन ।’ ती स्पष्टतः उसकी आमाका शब्द थिए, र ती शब्दले उसको हृदय चिरिने गरी प्रहार गरेका थिए । ऊ रुँदै कुनै प्रकारको प्रतिरोध नगरीकन कोठाको बीचमा मूर्तिवत् उभिइरही । जानसेनले उसको पाखुरो आफ्नो पाखुरोमुनि अँगाल्यो र उसलाई भुइँतलातिर डो¥यायो । ‘मारी, छिटै नै असल लोग्नेमानिससँग तिम्रो विवाह हुनेछ,’ उसले वाचा ग-यो, ‘तिमीले सधैँ त्यो रेलवे लाइनको छेउमा बस्नुपर्नेछैन ।’

‘मैले बाबाहेक कहिल्यै अर्को लोग्नेमानिसलाई भेटेकी छैन,’ फेरि उसको पाखुरोमा आफ्नो पाखुरो रगेड्न थाल्दै उसले भनी ।

ट्याक्सीसम्म नपुगुन्जेल जानसेनले मारीलाई कसिलोसँग अँठ्यायो । मारी आफ्नो मनचिन्ते सहर पछिल्तिर छुट्दै गएको दृश्य हेर्दै ट्याक्सीको सिटमा कुक्रुक्क परेर बसी । स्टेसनमा मारीलाई दरिलो पकडमा राखेर जानसेनले उसका लागि टिकट किन्यो, उसलाई पाँच पाउन्ड रकम दियो अनि उसलाई रेलको डिब्बामा पु-याएर भन्यो, ‘तिमी मलाई घृणा गछ्र्यौ भन्ने कुरा मलाई थाहा छ । तर, मैले जे गरेँ, त्यो सही रहेछ भन्ने कुराको तिमीलाई एक न एक दिन चेत खुल्नेछ, अनि तिमी खुसी हुनेछौ ।’ मारी फिस्स हाँसी र जाडोले कठ्यांग्रिएको सानो जन्तुले झैँ उदास दृष्टिले झ्यालबाहिर टुलुटुलु हेर्दै ऊ आफ्नो सिटमा डल्लो परी ।

स्टेसनबाट बाहिर जानलाग्दा जानसेनले मारीलाई अग्ला कुर्कुच्चे जुत्ता लगाएर आफ्नो कुममाथि रहस्यमय दृष्टि फाल्दै हतास पाराले हाँसझैँ ढल्किँदै गरेकी देख्यो । ती दुईका आँखा जुधे । अनि ऊतिर क्षमा याचनाकारी मुस्कान फाल्दै मारी कुलेलम ठोकी । हातमा खुकुलोसँग पाउन्डका नोटहरू समातेर ऊ भिडलाई चिर्दै मनचिन्ते सहरको झिलिमिली, प्रेम र रमाइला सडकहरूतिरको बाटो नाप्न मरिहत्ते गर्दै थिई ।

अनुवाद : खगेन्द्र संग्रौला