• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।